×

NMB BANK
NIC ASIA

संसदमा शेरबहादुर तामाङको प्रस्ताव : व्यावसायिक रूपमा कस्तुरी मृग पालनको कानून बनाऔं

जेठ १२, २०७९

NTC
Premier Steels

नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले हिमाली क्षेत्रको बफर जोनमा कस्तुरी मृग पालन सम्बन्धी नीति बनाउन संसद्मा प्रस्ताव गरेका छन् । 

Muktinath Bank

युवालाई पासपोर्ट थमाएर विदेशमा पठाउनुको सट्टा कस्तुरी फार्म खोल्न प्रेरित गर्नु देशको हितमा हुने उनले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारका वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा संशोधन प्रस्ताव राख्दै तामाङले कस्तुरीको फार्म खोल्ने कानून बनाउन प्रस्ताव गरेका हुन् ।
 
‘सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर ९० मा वन्यजन्तु पालनको विषय उल्लेख भएको देखिन्छ, धेरै पहिलेदेखि वन्यजन्तु पालनको बारेमा छलफल भएको हो । यसपटक कानून बनाएरै कस्तुरी पालनको नीति बनाऔं,’ तामाङले भने, ‘कस्तुरी पालन हिमाली निकुञ्जको बफर जोनमा गर्न सकिन्छ । युवालाई पासपोर्ट दिएर अरब खाडीमा पठाउनुभन्दा कस्तुरी पालनको लाइसेन्स दिएर बफर जोनको निश्चित जग्गामा कस्तुरी पालको फार्म बनाउने हो भने त्यहाँ पर्यटनको विकास हुनेछ, त्यसले नेपाललाई धेरै ठूलो उपार्जन हुनेछ ।’ 


Advertisment
Nabil box
Kumari

पूर्व कानूनमन्त्री समेत रहेका तामाङले वन्यजन्तु पालनको विषय जोडेर कस्तुरी पालनको कुरा जोडका साथ ल्याउन माग गरे । संसदमा दर्ता भएको गाँजा खेतीलाई नियमन गर्ने निजी विधेयक छिटो पारित गर्न उनले सरकारको ध्यानाकर्षण गराए । 

Vianet communication

‘युवालाई कृषिमा आकर्षण गराउन गाँजा खेतीलाई नियमन गर्ने विधेयक छलफलमा पारित गरौं । युवालाई हरियो पासपोर्ट च्यापेर खाडीमा होइन, हरियो गाँजाको बोट समाएर गाउँ पठाउन सकिन्छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x