×

NMB BANK
NIC ASIA

जुम्ला आयुर्वेद पाँच महिनादेखि प्रमुख विहीन

जेठ १२, २०७९

NTC
Premier Steels

आयुर्वेद स्वास्थ्य केन्द्र जुम्ला पाँच महिनादेखि कार्यालय प्रमुखविहीन हुँदा यहाँको दैनिक कामकाज प्रभावित भएको छ । केन्द्रका कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुस महिनामा सरुवा भएर गएपछि कार्यालय प्रमुख विहीन छ । 

Muktinath Bank

कार्यालय प्रमुख नहुँदा काम ठप्प भएको स्वास्थ्य केन्द्र वैद्य गोर्खबहादुर रावतले जानकारी दिए । “लामो समयदेखि कार्यालय प्रमुखको अनुपस्थितिले हामीले तलबसमेत खान पाएका छैनौैँ”, दुखेसो पोख्दै वैद्य रावतले भने, “कार्यालय प्रमुखको मागका लागि अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आएको छु ।” उनका अनुसार आठ दिनसम्म सामाजिक विकास मन्त्रालय धाउँदा पनि त्यसको सुनुवाइ हुन सकेको छैन । पुसयता आर्थिक कारोेबार सबै बन्द भएको हो । कार्यालय प्रमुख नहुँदा खरिद भएका औषधि प्रयोगशालाका सामग्री, फर्निचर खरिदको भुक्तानी हुन सकेको छैन । उपचार गर्न आएका सेवाग्राही औषधि तथा आवश्यक सामग्री नपाएर फर्किने गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आयुर्वेदलाई आवश्यक फर्निचर, ल्याबका सामग्री र औषधि खरिदको भुक्तानीसमेत हुन नसक्दा पूँजीगत तथा वित्तीय प्रगति शून्य भएको बताए । केन्द्रका अनुसार १० महिना कटिसक्दा कार्यालयको पूँजीगत काम मर्मत सम्भार, डिपीआर निर्माण तथा मर्मत, औषधि खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका काम हुन सकेका छैनन् । 


Advertisment
Nabil box
Kumari

वैद्य रावतका अनुसार मन्त्रालयले तलब, भत्ता, पोसाक, घरभाडा, बत्ती, बिजुली महसुल शीर्षक खर्च गर्नका लागि पत्र पठाएको थियो तर त्यस पत्रले करारका कर्मचारीले तलब नपाउने भएकाले समस्या भएको छ । सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक लक्ष्मीनारायण तिवारीले जुम्ला आयुर्वेद स्वास्थ्य केन्द्रको समस्या समाधानका लागि सचिव समक्ष विषय राखिसकेकाले अब आजभोलि नै समस्या समाधान हुने बताए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रको अवस्था अस्तव्यस्त भएको हुँदा प्रदेश सरकारसँग पहल गरिएको छ । रासस

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x