×

NMB BANK
NIC ASIA

बुद्ध र आकारको जोडीलाई स्वर्ण

जेठ १८, २०७९

NTC
Premier Steels

बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टले खेल्ने मिक्स स्पर्धामा बुधबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको सोही स्पर्धामा विकेश अधिकारी र गोपाल पौडेलको जोडी दोश्रो तथा अमिता श्रेष्ठ र प्रिता मल्लको जोडी तेश्रो भए ।

Muktinath Bank

फरक क्षमता भएका व्यक्तिहरुको लागि नेपाल बोसिया संघको व्यवस्थापनमा राखेपद्वारा आयोजित प्रतियोगिताको बीसी ४ को मिस्क टिम स्पर्धामा विष्णु घिमिरे, सुवेच्छा खतिवडा र निलम अधिकारी पहिलो, सुकुमाया लो, सविन तामाङ र जिज्ञासा अधिकारी दोश्रो तथा सीता ढकाल, सुरुजन रावत र विशाल श्रेष्ठ तेश्रो भए । बीसी ३ को मिक्समा आश्मा सिग्देल र रिदम क्षेत्रीले स्वर्ण, मर्यम नकर्मी र आयुष्मा अधिकारीले रजत तथा लिजा वज्राचार्य र सुभला राईले कांस्य जिते ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बीसी २ को मिक्स टिममा रुपेश लामिछाने, रोशनी खत्री र अशोक बस्नेत पहिलो, प्रताप बराल, सुमन पालिखे र गंगामाया कसलवत दोश्रो तथा सुलोचना, दीपा सुलु र मानबहादुर भुजेल तेश्रो भए । सिंगल मिक्स स्पर्धामा मौसम चौधरी पहिलो र लक्ष्मी मगर दोश्रो बने ।


Advertisment
Nabil box
Kumari

विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, फरक क्षमता भएका व्यक्तिहरुको लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमादेवी पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ५२ प्रतिस्पर्धी सहभागी थिए ।

Vianet communication

बोसियाको समापनसंगै पारा राष्ट्रिय खेलकुदले पनि बिट मारेको छ । पारा राष्ट्रिय खेलकुदमा विभिन्न १२ खेल समावेश थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x