साउन २८, २०७९
कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्ने नेपाली कपडा उद्योग यतिखेर बिस्तारै चलायमान हुन थालेको छ । महामारीका कारण ठप्प रहेको कपडा उद्योग बिस्तारै चलायमान हुँदा बजारमा नेपाली कप...
नेपालको सिमानाको कुरा गर्दा हामीमध्ये धेरैले भन्छौं पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म । तर, पूर्वको सीमामा पुग्दा मात्रै थाहा हुन्छ, मेची नदीभन्दा पारिपट्टि पनि नेपाल छ ।
सुदुरपूर्वको जिल्ला झापामा दुईवटा यस्ता बस्ती छन्, जुन भूभाग नेपालको हो तर, त्यहाँ बस्ने नेपालीलाई देशले भने पराई झैँ व्यवहार गरेको छ ।
मेचीभन्दा पारिको दुई बस्तीमध्ये एउटा मेचीनगर नगरपालिका र अर्को चाहिँ भद्रपुर नगरपालिकामा पर्छ ।
मेचीनगर नगरपालिको वडा नम्बर– १५ मा पर्ने झाडो बस्तीलाई मेचीपारिको नेपाल भनेर चिनिन्छ ।
भारतको बिहार र बंगालको सीमासँग जोडिएको उक्त बस्तीका नेपालीहरू वर्षायाम लागेपछि प्रशासनिक कामका लागि वडा कार्यालयसम्म पनि पुग्न सक्दैनन् । न त विद्यार्थीहरू विद्यालय नै जान पाउँछन् ।
उनीहरूले मेची नदीको पारिपट्टी पनि नेपालको भू–भाग रक्षा गरेका छन्, तर देशले भने विदेशीलाई जस्तो व्यवहार गरिरहेको छ ।
मेची नदीमा पानीको बहाव बढेपछि प्रशासनिक कामका लागि वडा कार्यालय पुग्न भारतीय बाटो हुँदै नेपाल–भारतको पूर्वी नाका काँकडभिट्टा पुग्नुपर्छ, जुन उनीहरूका लागि निकै मुस्किल छ । उक्त बस्तीमा सामान्य जीवनयापनका लागि न्यूनतम सुविधा पनि सरकारले पुर्याउन सकेको छैन ।
उनीहरूको मुख्य बजार भारत नै हो । आफ्ना उत्पादन बिक्री गर्न र तेल मसला खरिद गर्न भारतीय बजार नै जानुपर्छ । स्वास्थ्य उपचार र अन्य सेवाका लागि पनि भारत नै पुग्नुपर्छ ।
मेचीनगर नगरपालिकामा पर्ने यो बस्तीमा झाडो, ग्वाला र शिशौडाँगी टोल छन् । यी तीन टोलमा करीब ३८ घर परिवार छन् । ऐलानी जग्गामा बनेको बस्ती हो यो । तर, केहीले पनि जग्गाको लालपूर्जा पनि बनाएका छन् ।
राजवंशी र यादव समुदायको बसोबास, मैथिली भाषा
गाउँमा केही वर्ष अघि खुलेको विद्यालय छ । उक्त विद्यालयमा कक्षा २ सम्म मात्रै पढाइ हुन्छ । त्यहाँका सबैको जीविकोपार्जनको उपाय भनेकै पशुपालन र कृषि हो ।
ग्वाला बस्तीका स्थानीय मोतिलाल यादव गाउँका सबैको मुख्य पेशा कृषि र पशुपालन मात्रै भएको बताउँछन् ।
त्यहाँका नेपालीहरूलाई समस्या नै समस्या रहेको यादवले सुनाए ।
‘हाम्रा केटाकेटीहरू पढ्न पाएका छैनन् । कक्षा–२ सम्म मात्रै पढाइ हुने विद्यालय छ । वर्षाको बेलामा उनीहरूले पढ्न पाउँदैनन्’, यादवले भने ।
माथिल्लो कक्षा पढ्नका लागि मेची नदी तरेर आउनुपर्छ । उक्त बस्तीलाई जोड्ने पुल नहुँदा बालबालिकाहरू आवतजावत गर्न सक्दैनन् ।
कतिपय भने झाडो बस्ती छाडेर मेचीवारि नै आएर बस्न थालेका छन् । उनीहरू चियाबगानमा काम गर्छन् । तर, जसले पशुपालन र कृषि पेशा अपनाएका छन्, उनीहरूको लागि झाडो बस्ती नै सजिलो छ ।
यादव भन्छन्, ‘पशुपालनका लागि हामीलाई यहीँ सजिलो छ । पारि जाँदा गाइवस्तु पाल्न सकिँदैन ।’
यहाँका सबैजसोले गाई, भैँसीको दूध बिक्रीबाट आम्दानी गर्छन् । भारतीयहरू दूध खरिद गर्न गाउँमै आउँछन् । स्थानीयले दूध र तरकारी नेपालतिर बिक्री गर्न ल्याउँदा नेपाली प्रहरीले दुःख दिने गुनासो गरे ।
‘साइकलमा तरकारी लिएर गयो भने भारतबाट ल्याएको भनेर दुःख दिन्छन् । हरेक साइकलबाट १०० रुपैयाँ लिन्छन् र खल्तीमा हाल्छन्’, यादवले भने ।
प्रहरीले दुःख दिएको बेलामा स्थानीय जनप्रतिनिधिहरूलाई फोन गर्ने गरेको उनले बताए ।
स्थानीय तहको निर्वाचनका क्रममा राजनीतिक दलका प्रतिनिधिहरू मत माग्न पुगेका थिए । उनीहरूले पुरानै आश्वासन दोहोर्याएर फर्किएको स्थानीयले बताए ।
‘झोलुङ्गे पुल बनाइदिन्छु भनेको दुई वर्ष भइसक्यो, अहिलेसम्म बनेको छैन । हिउँदमा त बत्ती बल्छ तर वर्षामा खोलाले पोल बगाइदिन्छ र बत्ती बल्दैन । अहिलेको चुनावमा पनि उम्मेदवारहरू यही कुरा दोहोर्याएर गएका छन्’, यादवले भने ।
उक्त ठाउँलाई नेपाली भूभाग हो भनेर विस्तारै अरूले चिन्न थालेको यादव बताउँछन् । ‘पहिले त यो नेपाली भूभाग नै हो भनेर धेरैलाई थाहै थिएन । भर्खर चिन्न थालेका हुन् । प्रहरीहरूले नै भारतीय हो भन्थे । तर, अहिले चाहिँ उनीहरूलाई पनि थाहा भयो’, यादवले भने ।
सीमा सुरक्षामा रहेका शसस्त्र प्रहरीलाई अहिले पनि नेपालको सीमा कहाँसम्म हो भन्ने थाहा नभएको झाडो बस्तीका स्थानीयहरू बताउँछन् ।
झोलुङ्गे पुल मुख्य एजेन्डा
मेचीपारिको नेपाललाई राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनको एजेन्डा बनाएका थिए । निर्वाचन जितेमा स्कूल र विद्युत्को समस्या समाधान गरिदिने, मेची नदीमा पुल बनाइदिने आश्वासन उनीहरूको थियो ।
मेचीनगर नगरपालिकामा एमालेले निर्वाचन जितेको छ । एमालेका गोपालचन्द्र बुढाथोकी नगर प्रमुखमा र मीनाकुमारी पोखरेल उपप्रमुखमा निर्वाचित भएका छन् ।
मेचीपारिको बस्ती समेत पर्ने उक्त नगरपालिकाको वडा नम्बर–१५ को वडा अध्यक्ष भने कांग्रेसले जितेको छ । कांग्रेसका गुणराज भट्टराई अध्यक्षमा निर्वाचित भएका छन् ।
नगर प्रमुख निर्वाचित भएका बुढाथोकीले मेचीपरिको नेपालको विद्युत् समस्या समाधान गर्ने र मेची नदीमा झोलुङ्गे पुल बनाउने आफ्नो योजना रहेको बताएका छन् ।
‘नगरपालिकाको बजेटबाट भए पनि स्कूलमा शिक्षकको व्यवस्था गर्छौं । विद्युत्को समस्या सुल्झाउँछौं र मेची नदीमा झोलुङ्गे पुल बनाउँछौं’, बुढाथोकीले भने ।
पढ्नुहोस्, यो पनि :
कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्ने नेपाली कपडा उद्योग यतिखेर बिस्तारै चलायमान हुन थालेको छ । महामारीका कारण ठप्प रहेको कपडा उद्योग बिस्तारै चलायमान हुँदा बजारमा नेपाली कप...
रूपन्देहीको देवदहकी सरू अधिकारीको बुटवलमा १४६ सदस्यीय परिवार छ । अविवाहित सरू वृद्धवृद्धादेखि साना बालबालिकाकी अभिभावक/अभियान्ता हुन् । मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक अधिकारी सडकबाट उद्धार गरेर आश्...
विद्युत् वितरण तथा प्रसारणका लागि महत्त्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले प्रगति गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा कूल ७५३ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गर...
धरान घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईं बिहान ६ बजे फोहर संकलनका लागि निस्कन्छन् । विगत ३ वर्षदेखि उनको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथि...
सवारीसाधन चलाउने चालकको काम संवेदनशील हुन्छ । त्यसमा पनि विशिष्ट पदधारण गरेका व्यक्तित्व सवार हुने सवारीसाधन चलाउने चालकका लागि विशेष अनुशासन र संवेदनशीलता हुन्छन् । १ नम्बर प्रदेशमा भीआईपी मध्येकै पद मुख्य...
दरिलो अठोट र इच्छाशक्ति भएकी प्रतिमा पन्थले सफलताको शिखर चुमेकी छन् । रूपन्देहीको तिलोत्तमाकी पन्थलाई पाइला–पाइलाको तिरस्कारले झनै सफल बनाएको छ । पीडाको पहाड जितेर उनी सफलतामा पुगेकी हुन् । ति...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...