×

NMB BANK
NIC ASIA

जिसस लमजुङमा एमाले विजयी

जेठ २६, २०७९

NTC
Premier Steels

लमजुङको जिल्ला समन्वय समितिमा नेकपा (एमाले) विजयी भएको छ । आज साँझ सम्पन्न मतगणनाअनुसार गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका मुरली कुमाललाई चार मतअन्तरले पछि पार्दै एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका हुन् । 

Muktinath Bank

मुख्य निर्वाचन अधिृकत शिवप्रसाद खनालका अनुसार एमालेतर्फबाट नवनिर्वाचित गुरुङले १० मत प्राप्त गर्नुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी गठबन्धनबाट कांग्रेसका कुमालले छ मत प्राप्त गरे । आज नै प्रमुख पदका लागि मतदान गरिएको थियो । मतगणना आजै गर्दै घोषणा गरिएको उनको भनाइ छ । समन्वय प्रमुख पदबाहेक उपप्रमुख लगायत आठ जना नै एमालेबाट निर्विरोध निर्वाचित भइसकेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो पदहरुका लागि गठबन्धनका दलहरुले उम्मेदवारी नै दिएका थिएनन् । उपप्रमुखमा बुनाकुमारी रिमाल, महिला सदस्य बबिता मजाकोटी सार्की, विमला खड्का, सारदा साखीँ, खुल्ला सदस्यमा केशरबहादुर खत्री, शेरबहादुर बोगटी र मोहनबहादुर गुरुङ र दलित तथा अल्पसङ्ख्यकबाट गमबहादुर दुरा निर्विरोध निर्वाचित भएका छन् ।


Advertisment
Nabil box
Kumari

स्थानीय तह निर्वाचनमा जिल्लामा एमालेले एक नगरपालिका र तीन गाउँपालिकामा प्रमुख तथा अध्यक्ष जितेको छ । त्यस्तै पाँच पालिकामा उपप्रमुख जितेको छ । कांग्रेसले चार पालिका प्रमुख जितेको छ । कांग्रेसले एक उपाध्यक्ष जितेको छ । नेकपा (माओवादी केन्द्र) ले दुई पालिकामा उपप्रमुख जितेको छ । गत स्थानीय तहमा कांग्रेस, माओवादी केन्द्रलगायतका गठबन्धन र एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । चार नगरपालिका र चार गाउँपालिका गरी आठवटा स्थानीय तह रहेको यस जिल्लामा प्रमुख तथा उपप्रमुख गरी १६ जनाले मतदान गर्न पाउनेमा सबैले मतदान गरेका थिए । 

Vianet communication

एमाले एक्लैको नौ भोट रहेको थियो भने गठबन्धनको सात भोट मात्र रहेको थियो तर गठबन्धनको मतदाता एक जनाले पनि एमालेलाई नै भोट दिएपछि थप एक भोट प्राप्त गर्दै १० भोट पाउन सफल भएको छ । यसअघिअर्थात् पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग मिलेर चुनाव लडे पनि अहिले कांग्रेससहितको गठबन्धनसँग मिलेर एमालेविरुद्धमा चुनाव लडेको थियो । जिल्ला समन्वयमा यसअघि पनि सबै एमालेकै रहेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x