×

NMB BANK
Dabur

सन्दर्भ : राजधानीको फोहोर व्यवस्थापन

काठमाडौंलाई सफा राख्ने भेलुबाजेको दमदार 'आइडिया'

जेठ २७, २०७९

NTC
Premier Steels

काठमाडौं शहरको फोहोरले मानिसको दिमाग समेत दुर्गन्धित बनाइसकेको छ। फोहोरका कारण मिस नेपालहरूले पनि नाकमुख थुनेर हिँड्नुपरेको छ । एक से एक विद्वानहरूले यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर बुद्धिविलास गरिरहेका छन्। 

Sagarmatha Cement
Muktinath Bank

जहाँका जनता फोहोरको डंगुरमा जेलिएका छन्, ती जनताले ज्ञानविज्ञानको बारेमा गन्थनमन्थन गर्न कहिले पाउँछन् ? सम्भवत: यो गम्भीर प्रश्न हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको फोहोर व्यवस्थापनबारे गुगले मास्टरहरू धेरैका कुरा सुनियो, बुझियो । जादुको छडीवालाका शैली पनि देखियो, तर कसैको विचार र कर्म फरक लागेन । उही कुरा घोट्या छ, घोट्या छ। यस्तोमा मैले पुरानो जमानाका भेलुबाजेलाई टेलिफोन गरेर सोधें- 'ए मेरा बाजे तपाईंले दुई-दुईपटक भ्रमण गर्नुभएको काठमाडौंको फोहोर व्यवस्थापन कसरी गर्नुपर्ला ?'


Advertisment
SBL

बाजेले यस्तो बताउनुभयो–

Vianet communication
Laxmi Bank

कतिपय मानिसहरू गर्वका साथ भन्छन्- कुहिने र नकुहिने फोहोर प्लास्टिक वा बोरामा जम्मा गरौं । यसो भनेको सुन्दा मलाई हाँसो लाग्छ, किनकी प्लास्टिक र बोरा आफैंमा खतरनाक फोहोर हो । क्यान्सरको मुख्य स्रोत हो । हामीले फोहोरको मुख्य स्रोत नै प्लास्टिक मानेका छौं भने प्लास्टिकमै फोहोर किन जम्मा गर्ने ? फोहोर प्लास्टिक वा बोरामा हैन, कन्टेनरमा जम्मा गर्नुपर्छ । 

अब यो कन्टेनर भनेको के हो? हावा कुरा गरेको भनेर धेरैलाई रिस उठेको हुनुपर्छ । कन्टेनर भनेको फलामको ठूलो भाँडो हो, जसमा संकलन गरिएको फोहोर 'घिर्नी सिस्टम'मार्फत सिधै ट्रकमा घोप्ट्याउन मिल्छ । एक घण्टामा सयवटा कन्टेनर घोप्ट्याउन सकिन्छ । सयवटा कन्टेनरले २० हजार जनसंख्याको फोहोर भण्डारण गर्न सक्छ । काठमाडौंमा यस्ता कन्टेनर १००० वटा जति भए धेरै सहज हुन्छ ।

अब प्रश्न उठ्न सक्छ यस्ता फलामका कन्टेनर त निकै महंगा हुन्छन् । सरकारले कसरी किन्न सक्छ? जनताले चन्दा उठाउन पनि सक्दैन । तर धन्दा मान्नुपर्दैन, यस्ता कन्टेनर घरबेटीहरू मिलेर किन्छन्, जसले करोडौंको घर बनाएका हुन्छन् । पाँच लाखको सोफा सेट र दुई लाखको फ्रिज किन्नेहरूले एउटा कन्टेनर किन्न मज्जाले सक्छन् ।

यस्तो कन्टेनर ठूला फलफूल तथा तरकारी पसल र फेन्सी स्टोरका लागि त अनिवार्य नै गर्नुपर्छ, किनकी सबैभन्दा धेरै फोहोर उनीहरू नै गर्छन् । उनीहरूको फोहोर प्लास्टिक वा बोरामा संकलन गर्न मिल्दैन। अहिले काठमाडौंको भेलबाढीमा बगेका फोहोर यिनैले थुपारेका हुन्। अब कन्टेनरविना यस्ता पसलहरू सञ्चालन गर्न अनुमति दिनु नै हुँदैन । त्यसो गरेमा व्यापारी तथा घरबेटीलाई कालोसूचीमा राख्नुपर्छ ।

बटुवा हिँड्ने सडक किनारामा पनि प्रत्येक एक किलोमिटरको दुरीमा यस्तै फलामको कन्टेनर राख्नु पर्दछ। यो धेरै सिस्टमेटिक र व्यावसायिक देखिन्छ। यसले शहरको सोभा पनि बढाउँछ। विदेशीले हेर्दा पनि आहा कस्तो राम्रो फोहोर व्यवस्थापन गरेको भन्ने पर्छ । कन्टेनरमा कुहिने र नकुहिने वस्तु छिराउने दुईवटा प्वाल राख्नुपर्छ। कुहिने र नकुहिने फोहोर फरक-फरक डब्बाभित्र छिर्छन् । 

अर्को कुरा प्लास्टिकलाई प्रतिबन्ध नै गर्नुपर्छ । तर समान कसरी बोक्ने त? के हातमा समाउने त? छोटो दिमागमा यस्ता प्रश्न पनि उठ्न सक्छन्। हो समान हातमा नै समाउने हो, खुट्टाले समाउन त मिल्दैन। तर हातमा कपडाको झोला बोक्ने हो। त्यो यस्तो एउटा कपडाको झोला जुन झोला च्यातिन दश वर्ष लागोस् । र, झोलाको बाहिर लेखिएको होस्, 'सुन्दर देशको घटिया नेपाली हुँ, तर सुध्रिने प्रयास गर्दैछु ।'

अब धेरैको मनमा लागेको होला, यसरी त झ्याउ हुन्छ, कति दिनमा कसरी उठाउने फोहोर भन्ने लफडा हुन्छ । तर यस्तो केही हुँदैन । झन् जनशक्ति कम लाग्छ। एउटा ड्राइभरले नै सबै काम फत्ते गरिदिन सक्छ । तर फोहोर उठाउने काम हप्तामा एकपटक गर्नुपर्छ, किनकी एउटा कन्टेनरको आकार सय घरको फोहोरले पाँच दिनमा भरिनसक्ने खालको हुन्छ। र, फोहोर उठाउने काम रातको समयमा गर्नुपर्छ। फोहोर कता गयो, कसरी गयो कसैलाई पत्तै नहोस् । बिहान मानिसहरू उठ्दा कन्टेनरको फोहोर खाली, कता गयो कता ।

अब फलामको कन्टेनरको फोहोर त गाडीमा उठ्यो यसलाई कता लैजाने? के गर्ने? कहाँ राख्ने ? यही प्रश्नले बन्चरेडाँडामा हंगामा भएको छ। तर कुरा सिम्पल छ, फोहोरहरूको केन्द्रीकरण र विकेन्द्रीकरण गर्ने । त्यो भनेको के हो फेरि ? 

केन्द्रीकरणको उदाहरण- फोहोरमा पनि सबैभन्दा राम्रो फोहोर गन्ध नआउने खालको फोहोर हो- नकुहिने फोहोर । 

जस्तो कि प्लास्टिक, बोतल, कागज आदि फोहोरको त गन्ध आउदैन नि । त्यो गन्ध नआउने फोहोरलाई त हतारहतार कतै लैजानु पनि पर्दैन । गन्ध नआउने फोहोर लाई वर्गीकरण गरेर निश्चित समयका लागि फलाम, कपडा, प्लास्टिकदेखि छाला, काठसम्मका फोहोर राख्न काठमाडौंभित्रै ठाउँठाउँमा स्टोर बनाउन सकिन्छ। 

ठूल्ठूला स्टोर बनाएर के गर्ने त ? प्रश्न यो पनि उठ्छ । स्टोर बनाएपछि प्रहरी लिएर बञ्चरेडाँडातिर जनता तर्साउन, केटाकेटीको सातो खान जाने हैन, जाने कता हो त भन्दा भारत, बंगलादेश, चीनतिर जाने हो । त्यहाँ रहेका खेलौना कम्पनी, बोतल कम्पनी, कागज कम्पनीलाई भन्ने हो, 'लौ हेर्नुस्, हामीसँग यति धेरै मात्रामा सामान छन् । तिनलाई मज्जाले स्टोर गरेर राख्ने गरेका छौ । पुन: प्रशोधित हुन सक्ने गरी छनोट गरेर राखेका छौं । हरेक हप्ता दश हजार मेट्रिक टन सामान हामीसँग हुन्छन्, हामी तपाईंको कम्पनीलाई दिन्छौं, लिन आउनुहोस् ।' 

राम्रोसँग कन्भिन्स गरेपछि, व्यावसायिक तरिका अपनाएपछि, स्टोरहरूको फोटो/ भिडियो देखाएपछि उनीहरू शत् प्रतिशत नेपाल आउँछन्, किनकी अहिले यहाँ खाली शिशीबोतल घरघरमा पुगेर १०, ५०, १०० रुपैयाँ दिएर त उठाइरहेका छन् । सरकारले नै संकलन गरेर दियो भने को आउँदैन ? अहिले घरघरमा साइकल लिएर आउनेहरू भोलि स्टोरमा ट्रक लिएर आउँछन् । राम्रोसँग धोइपखाली दियो भने पो आउलान् । टिप्परले उठाएर बञ्चरेडाँडामा डंगुर बनायो भने को आउँछ ? 

भारत नै आउनुपर्छ भन्ने पनि छैन। नेपालमै आएर चीन र बंगलादेशले कम्पनी नै खोल्न सक्छ । विदेशमा यस्ता कम्पनी धेरै छन्, कच्चा पदार्थको मूल स्रोत नै बोतल, प्लास्टिक फलाम, कागज लगायतको पुन: प्रशोधन हो । राज्यले नै जिम्मा लिएर व्यवस्थित रूपमा पुन:प्रशोधित कारखाना नेपालमै खोल्नका लागि त्यस्ता उद्योगी व्यापारीलाई कर छूट दिएर नेपालमै बोलाउनु पर्छ । तर एउटा कुरा याद राख्नुहोस्, अन्तर्राष्ट्रिय कम्पनीहरूले फोहोरको डंगुरबाट प्लास्टिक, कागज र फलाम उठाउँदैन।

अब कुहिने फोहोर के गर्ने त ? किनकी त्यसको त गन्ध आउँछ। बसिखानु हुँदैन। यो प्रश्नको सरल उत्तर छ, यसलाई विकेन्द्रीकरण गर्ने । के हो यो विकेन्द्रीकरण भनेको ? यसलाई तितरबितर पार्ने भनेर पनि बुझ्न सकिन्छ । कुहिने फोहोरलाई कुनै एक मानवबस्तीमा लगेर थुपार्नु मानवताविरोधी अपराध हो ।

विकेन्द्रीकरण कसरी गर्ने भन्दा कुहिने फोहोरलाई बञ्चरेडाँडामा हैन, सिधै जनताको खेतबारीमा लैजाने । को जनता, कहाँको जनता ?  यस्ता जनता जो कृषक हुन् । सरकारले कम्पोस्ट मल बनाएर खेती गर्नका लागि तालिम दिएको होस् । यहाँनेर सबैले बुझ्नुपर्ने एउटा महत्त्वपूर्ण कुरा छ, त्यो के भने काठमाडौंको सबै कुहिने फोहोर एकैठाउँमा जम्मा गरेको भएर पो त्यहाँ धेरै दुर्गन्ध भएको हो, व्यवस्थापनमा चुनौती देखिएको हो, जनता आक्रोशित भएको हो। तर अलिकति अलिकति फोहोर चारैतिर वितरण गरियो भने ? 

हो, सबै ठाउँको फोहोर एकै ठाउँमा थुपार्ने तरिका नै गलत छ । यसो गर्नु हुँदैन। फोहोरहरूको विकेन्द्रीकरण गर्नुपर्दछ । अलिकति-अलिकति फोहोर सबैतिर । अर्थात् खेतबारीतिर । सरकारले कृषिका लागि काठमाडौं वरिपरिको जिल्लालाई पकेट क्षेत्र घोषणा गर्नुपर्दछ । धादिङ, नुवाकोट, काभ्रेलगायत जिल्लामा कृषिको पकेट क्षेत्र बनाउने । यी बाहेक राजधानी नजिकका अन्य जिल्लालाई पनि घोषणा गर्न सकिन्छ। ती जिल्लाहरूमा सरकारले लगानी गरेर ठूलाठूला तरकारी फार्म खोल्नुपर्दछ । 

अनि कन्टेनरबाट उठाएर कुहिने फोहोर बेकेका ट्रकहरू काठमाडौंबाट सिधै खेतबारीतिर लाग्छन् । जिल्ला-जिल्लामा पुग्छन् । जहाँ कम्पोस्ट मलका केन्द्रहरू छन्, त्यही लगेर घोप्ट्याउँछन् । जाँदा कुहिने फोहोर बोकेका ट्रक फर्किँदा हरियो सागसब्जी बोकेर फर्किन्छन् । लौ हेर्नुहोस् त डबल फाइदा । न कुनै एक निश्चित स्थानमा फोहोरको डंगुर भयो, न कसैलाई मुआब्जा दिनुपर्‍यो, न कसैको घरमा प्रहरी पसेर बाल बच्चा तर्साउनुपर्‍यो ।  

मुआब्जा दिने पैसाले त कृषिमा लगानी हुने भयो । हजारौँ युवालाई रोजगारी पनि मिल्यो । कसैलाई फोहोरका कारण क्यान्सर रोग लागेन, बरु आर्ग्यानिक तरकारीले सबै निरोगी बन्ने भए । विदेशी तरकारी रोकियो । ल हेर्नुहोस् त फाइदा कति छ । हामीले यतातिर सोच्ने हो अब । फेरि प्रश्न उठ्छ, यस्तो काम गर्न त समय लाग्छ, लफडा धेरै हुन्छ, हुँदैन हजुर, हुँदैन । 

सबैभन्दा सजिलो र छिटो समयमा सकिने काम नै यही हो । सरकारले चाह्यो भने एक महिनामा यो सबै योजना बनाउन सक्छ । बरु सल्लाहकारका रूपमा मलाई राख्न पनि सक्छ । ओ ! ना ना बाबा ठाकुरे, मलाई त राख्दैनन् होला । किनकी मलाई राख्यो भने त बञ्चरेडाँडामा म फूलबारी बनाइदिन्छु । 

व्यापार र व्यावसाय तथा उत्पादनका लागि यसरी फोहोरको केन्द्रीकरण र विकेन्द्रीकरण गरेपछि बल्ल महत्त्वपूर्ण चरण शुरू हुन्छ । त्यो चरण हो, घरेलु उत्पादन । तर यो घरेलु उत्पादनका लागि प्लास्टिकका 'पर्मानेन्ट डस्टबिन ' चाहिन्छ । अहिले पनि प्लास्टिकको बाल्टी प्रयोग त भइराखेको छ । 

के हो 'पर्मानेन्ट डस्टबिन' भनेको? साधारण अर्थमा बुझ्दा यो भनेको 'फ्रिज' हो । 

हामीले खाना धेरै भएर फ्रिजमा राख्छौं, त्यो फोहोर राखेको हो र ? त्यो त धेरै भएर पछि खानका लागि पो राखेको त । पर्मानेन्ट डस्टबिन जसबाट गन्ध पनि आउँदैन र बंगुरको खाना स्टोर पनि हुन्छ । मानिसले खान नहुने भएको खाद्य पदार्थ बंगुरका लागि साह्रै मीठो हुन्छ । बंगुरको मासु पनि मीठो हुन्छ । हाल बर्सेनि १ अर्बको बंगुरको मासु खपत हुन्छ । भारत, चीनबाट पनि आउँछ । तर हामीले आफैँ गर्‍यौं भने मासु धेरै भएमा जापान र कोरियातिर पठाउन सकिन्छ ।

अब यो पर्मानेन्ट डस्टबिनमा सरकारले लगानी गरेर भान्छामा बढी भएका खाना जम्मा गर्‍यो भने भोलि नै २० हजार युवालाई रोजगारी मिल्छ । फेसबूकमा उपदेश दिएर बस्नेहरूले बंगुरको दाना संकलन गर्ने काम पाउँछन् ।

देशको पैसा मासु किन्नकै लागि विदेश जाँदैन । हाम्रो फोहोर व्यवस्थापनमा ३० प्रतिशत राहत मिल्छ । कोरिया र जापानमा जस्तै सरकारले ठूल्ठूला बंगुर फार्म खोल्यो भने काठमाडौंको भान्छाबाट निस्किने सबै खाद्य पदार्थ बंगुरले खान्छ । बंगुरले यो मात्र खाँदैन अरू पनि खान्छ। र यो पनि सिधै खुवाउने हैन, खानेपानीमा 'फस्फोरस' हालेजस्तै निर्मलीकरण गरेर खुवाउने हो ।

यी त भए फोहोरको विकेन्द्रीकरण र केन्द्रीकरण गरेर कम क्षतिमा धेरै फाइदा लिने आइडिया- फोहोरको स्टोरेज र व्यापार । अन्य केही फुटकर उपायहरू पनि छन् । जस्तो कि फोहोर किन हुन्छ ? किनकी फोहोर गरेर हुन्छ। बागमती नदी सफा गरिरहने कि फोहोर हुन नदिने ? यस्तो बहस उठ्न सकेको छैन । हाम्रो चेतनामा पनि पछौटेपन छ, त्यही भएर यस्ता कुरा बुझ्न गाह्रो छ । उदाहरणका लागि हामीले सडकमा फोहोर किन गर्छौं ? किनकी सडक अलरेडी फोहोर छ। हामीले विदेशका सडकमा फोहोर गर्दैनौं, बरु सफा गरेर हिँड्छौं, किन ? किनकी सडक अलरेडी सफा छ ।

यसकारण नगरपालिकाको काम भनेको फोहोर नगर, फोहोर नफाल भन्दै भाषण गर्ने हैन। शहर र सडकलाई अलरेडी सफा कसरी बनाउने ? फोहोर फाल्नै मन नलाग्ने कसरी बनाउने? त्यतातिर सोच्नु पर्छ। जस्तो कि नगरपालिकाका कर्मचारीले बिहान कुचो लिएर धूलो बढारिरहेको देखिन्छ। 

त्यसबाट उडेको धूलोले हावा प्रदूषित भइरहेको छ भने काम गर्नेहरूको फोक्सोभरी धूलो भरिएको छ । अरे, त्यसो गर्ने हैन नि बाबा । त्यो धूलो उड्ने सडक पिच गर्ने हो । दुबो उमार्ने हो । त्यसै त धुलोले वायु प्रदूषित भएको छ, झन् धूलो उडाउने ? त्यो ब्रुमर कि के भन्नेको पनि काम छैन। त्यो किन्ने पैसाले धूलो उड्ने सडक पिच गर्नुपर्छ ।

अरू के–के गर्नुपर्छ ? विदेशका धेरै सार्वजनिक स्थानहरू सफा हुन्छन् । हामीले नेपालमा फोहोर फालिरहेको जस्तो ठाउँमा त्यहाँ बगैँचा हुन्छ, खेल मैदान हुन्छ, बालबालिका डुलाउने चौर हुन्छ । अनि फोहोर फल्नै मन लाग्दैन । नेपालमा त त्यस्तो छैन । यसकारण मानिसहरूलाई फोहोर सडकमा फाल्न मनै नलाग्ने वातावरण बनाउनु पर्छ । बसपार्क एरियातिर गयो भने यस्तो लाग्छ, त्यो फोहोर संकलन गर्ने एरिया हो । तर त्यो एरियामा बगैँचा भयो भने कति राम्रो हुन्छ । कसैले फोहोर गर्दैन ।

सडकमा फोहोर फाले, घरवरिपरि फोहोर फाले वा घरको, होटल रेस्टुरेन्टको फोहोर राम्रोसँग व्यवस्थापन नगरे प्रतिव्यक्ति ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्नुपर्छ । जरिवाना नतिरेसम्म उसलाई सार्वजानिक अपराध गरेको ठहरमा सरकारी सेवामा प्रतिबन्ध लगाउनुपर्छ । त्यो पनि गर्न नसके रातिराति फोहोरको कन्टेनर उठाउने काममा ६ महिना विना तलब लगाउनुपर्छ।

के बगैँचा हुँदैमा फोहोर हुँदैन त ? यो प्रश्न उठ्न सक्छ। हो बगैँचा हुँदा पनि त्यहाँ फोहोर हुन सक्छ, किनकी सडक किनारमा राखेको फूल चोरेर घर लाने देशका नागरिक हौं हामी । हामीले सडकको किनारामा राखिएका ट्राफिक ऐनामा पनि ढुंगाले हान्छौं । पूजा गर्ने मन्दिर र नदीहरूमा फोहोर थुपारेका छौं । यस्तोमा के गर्ने त ? यसलाई नियन्त्रण गर्नका लागि कडा जरिवाना गर्नुपर्छ । अहिलेसम्म नेपालमा सडकमा फोहोर गरेर, घरमा फोहोर गरेर, सार्वजानिक स्थानमा फोहोर गरेर कसैले जरिवाना तिरेको वा सजाय पाएको छ जस्तो लाग्दैन। अब हामीले फोहोर गर्नु भनेको 'मानव अपराध' गर्नु हो भनेर कानून नै बनाउनुपर्छ । ९० प्रतिशत रोग फोहोरबाटै आएको छ अनि यो मानव अपराध भएन त ? 

यसकारण सडकमा फोहोर फाले, घरवरिपरि फोहोर फाले वा घरको, होटल रेस्टुरेन्टको फोहोर राम्रोसँग व्यवस्थापन नगरे प्रतिव्यक्ति ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्नुपर्छ । जरिवाना नतिरेसम्म उसलाई सार्वजानिक अपराध गरेको ठहरमा सरकारी सेवामा प्रतिबन्ध लगाउनुपर्छ । त्यो पनि गर्न नसके रातिराति फोहोरको कन्टेनर उठाउने काममा ६ महिना विना तलब लगाउनुपर्छ।

त्यो पनि गर्न नसके ६ महिना जेलमा राखेर सरकारी भात खुवाएर पाल्नु पर्छ । त्यो पनि गर्न नसके उसको शरीरमा चिप्स झुन्ड्याउनुपर्छ । विदेशको यात्रामा प्रतिबन्ध लगाउनु पर्छ । किनकी विदेश गएर पनि बगैँचामा फोहोर गरेर नेपालको बदनाम गर्‍यो भने ? जापानमा रहेका नेपालीहरूले पोहोर साल बगैँचा नजिकैको पार्कमा गएर पिकनिक खाँदा कम्ता लफडा भएको थिएन । अहिले जापान सरकारले नेपालीलाई पार्कमा कार्यक्रम गर्न नै प्रतिबन्ध लगाइदिएको छ । चना-चटपटे खाएको कागज पनि त्यसरी बगैँचामा छाडेर हिँड्ने हो त ?

अर्को कुरा प्लास्टिकलाई प्रतिबन्ध नै गर्नुपर्छ । तर समान कसरी बोक्ने त? के हातमा समाउने त? छोटो दिमागमा यस्ता प्रश्न पनि उठ्न सक्छन्। हो समान हातमा नै समाउने हो, खुट्टाले समाउन त मिल्दैन। तर हातमा कपडाको झोला बोक्ने हो। त्यो यस्तो एउटा कपडाको झोला जुन झोला च्यातिन दश वर्ष लागोस् । र, झोलाको बाहिर लेखिएको होस्, 'सुन्दर देशको घटिया नेपाली हुँ, तर सुध्रिने प्रयास गर्दैछु ।'

यति धेरै आइडिया सुनाएपछि अन्तिममा भेलुबाजेले भन्नुभयो, 'नाति मसँग यस्ता आइडिया त कति छन् कति, तर सबै भन्दिनँ । फेरि मान्छेहरू बोहोश भएर ढल्लान् । नाति, मेरो यो कुरा काठमाडौंको मेयरले सुन्लान् वा नसुन्लान्, तर चाहिन् भने भरतपुरको मेयरले चाहिँ सुनेर लागू गर्न सक्छिन् । यो कुरा बेल्कुल सही हो नाति ।'

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

‘कुशासन’- पवित्रतालाई समेत छायाँमा पारेको एक बदनाम शब्दावली

फागुन १७, २०८०

हामीले सुन्दै आएको शब्द ‘कुशासन’को दुई फरक अर्थ हुन्छ । धेरैले राज्य शासनसँग जोडिएको घिनलाग्दो शब्द 'कुशासन' सुन्नुभएकै छ। पूजापाठ वा पवित्र कार्यमा बिछ्याइने कुशबाट बनेको चकटी वा आसनलाई प...

गल्ती दर्शनको सन्देश

गल्ती दर्शनको सन्देश

फागुन १२, २०८०

हामी प्रायः गल्ती गर्नु हुँदैन भन्छौँ, गल्ती हुन्छ कि भनेर डराउँछौँ । आफ्ना नानीहरूलाई पनि यस्तै शिक्षा दिन्छौँ । गल्ती गर्नु राम्रो होइन भन्छौँ, गल्ती गरे दण्ड पाइन्छ भन्ने गर्छौँ, तर गल्ती भन्ने कुरा नै त्यस्तै । नगरौँ...

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

फागुन ८, २०८०

भनिन्छ, राज्यलाई सधैँ इमान्दार मानिसहरूको खाँचो हुन्छ । सबैभन्दा इमान्दार मानिस राज्यलाई नै खाँचो हुन्छ, किनकि नागरिक हकहितका लागि गरिने काम, प्रयोग गरिने साधन र अभ्यास गरिने अधिकारमा इमान्दारिता देखिनुपर्दछ, ...

x