×

NIC ASIA

मकवानपुर गोल्डकप: उपाधि रक्षाको दबाबमा त्रिभुवन आर्मी, बदला लिने दाउमा विजय युथ

जेठ २९, २०७९

Prabhu Bank
NTC
Premier Steels

हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको सोमवार हुने फाइनल खेलमा साविक विजेता विभागीय क्लब त्रिभुवन आर्मी र साविक उपविजेता विजय युथ क्लब (मकवानपुर) आमनेसामने हुने भएका छन् । 

Muktinath Bank

जेठ १९ गतेबाट जारी प्रतियोगितामा क्यामरुनी क्लब एभिनियर एफसीसहित राष्ट्रियस्तरका १२ क्लबहरूको सहभागिता थियो । प्रतियोगिताको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले क्यामरुनी क्लब एभिनियर एफसीलाई पेनाल्टी सुटआउटमा ११–१० ले पराजित गर्दै पुनः मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनलमा आफ्नो सिट सुनिश्चित गरेको थियो । विजय युथ क्लबले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो यो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्रिभुवन आर्मी क्लब र विजय युथ क्लब फाइनलमा यसअघि पनि आमनेसमाने भइसकेका छन् । दुवै टोली अघिल्लो पटक भएको तेस्रो संस्करणको फाइनलमा भेट भएका थिए ।


Advertisment
Nabil box
Kumari

Vianet communication

अघिल्लो पटकको फाइनलमा त्रिभुवन आर्मीले १–० गोल अन्तरले रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ हालको (विजय युथ क्लब) मकवानपुरलाई पराजित गरेको थियो । उपाधि विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले जित्दा मकवानपुरको विजय युथ क्लब उपविजेतामै सीमित रहन पुगेको थियो । 

पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले जितेको भएता पनि अहिले जारी प्रतियोगितामा भने थ्रिस्टार क्लबले सहभागिता नै जनाएन । त्यस्तै २०७५ सालमा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । 

तेस्रो संस्करणको उपाधि त्रिभुवन आर्मीले जितेको थियो । त्यसैले पनि मकवानपुर अघिल्लो पटकको हारको बदला लिँदै उपाधि जित्ने रणनीतिका साथ मैदान उत्रिँदैछ । 

त्रिभुवन आर्मी आफनो वर्चस्वलाई निरन्तरता दिने रणनीतिका साथ मैदानमा उत्रिने निश्चित छ । सोमवार दिउँसो ३ बजे हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने फाइनल खेलबारे पत्रकार सम्मेलनमा बोल्दै त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासले घरेलु टोली विजय युथले घरेलु दर्शकको समर्थन पाउँदा र होम ग्राउन्डमा खेल्दा भोलिको खेल टफनै हुने बताए । 

त्यस्तै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले अघिल्लो पटक खेलको अन्तिम समयमा गोल खाँदै पेनाल्टी सुटआउटमा जानुपरेको स्थिति आएको बताउँदै त्यस्तो हुन नदिने बताए । उनले आफ्ना अनुभवी ९ जना खेलाडीहरू बाहिर रहे पनि नयाँ खेलाडीहरूले पनि राम्र्रो खेल प्रदर्शन गरिरहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताए । 

विजय युथका कप्तान अशोक बरारले विपक्षी टिमका राम्रा र अनुभवी खेलाडीहरू रहेता पनि जित्ने दाउका साथ उत्कृष्ट खेल खेल्ने बताए । विजय युथका प्रशिक्षक विजय श्रेष्ठले साविक विजेता टिमसँग निकै फाइनल पुग्न दोस्रो पटक भिड्न पाएको बताउँदै राम्रो टिम भए पनि उच्च मनोबलका साथ खेल्ने बताए । 

सोमवार हुने प्रतियोगिताको विजेता टिमले नगद १५ लाख रूपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इनफिल्ड बाइक प्राप्त गर्नेछन् भने अन्य विधागत उत्कृष्ट खेलाडीले नगद २५–२५ हजार रूपैयाँ प्राप्त गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x