पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र संघको चुनाव आगामी मंसिर पहिलो साता गर्ने गरी गठबन्धनमा छलफल भइरहेको बताएका छन् ।
बर्दिया पुगेका प्रचण्डले सोमवार पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्रीसँग र गठबन्धनका दलमा मंसिर पहिलो साता प्रदेश र संघको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताएका हुन् ।
‘गठबन्धनमा छलफल गर्दा र प्रतिपक्षको पनि मनसाय बुझ्दा कात्तिक अन्तिम वा मंसिरको पहिलो हप्तामा नै निर्वाचन गर्नुपर्छ भन्ने कुरा भएको छ । प्रधानमन्त्रीसँग र गठबन्धनमा छलफल हुँदा मंसिरको पहिलो हप्ता नै निर्वाचन हुने सम्भावना छ । हामी कोही पनि कन्फ्युजन हुनु पर्दैन चुनाव मंसिरमा हुन्छ,’ प्रचण्डले भने ।
आगामी चुनाव एकै चरणमा वा दुई चरणमा गर्ने भन्नेबारे पनि छलफल भइरहेको उनले बताए ।
‘चुनाव दुई चरणमा हुन्छ कि एक चरणमा भन्ने पनि छलफल छ । तर, जसरी स्थानीय तहको चुनाव एकै चरणमा देशभर गर्न सम्भव भयो भने प्रदेश र संघको अझ सहज हुन्छ । त्यसैले, एकै चरणमा चुनाव गर्ने कि भन्ने छलफल छ । सुरक्षालगायतका कारणले दुई चरणमा चुनाव गर्नुपर्छ भन्ने कुरा पनि आएको छ,’ प्रचण्डले भने ।
स्थानीय तहको निर्वाचनले संविधान र संघीयता कार्यान्वयनको लागि सहयोग पुगेको उनले बताए । निर्वाचनमा पार्टीहरूले कहिले धेरै र कहिले कम सिट जित्नु स्वभाविक भन्दै उनले निर्वाचन हुनु नै महत्त्वपूर्ण कुरा रहेको बताए ।
‘कुन पार्टीले कति जिते वा कति हारे भन्ने भन्दा पनि संविधानको कार्यान्वयनको सन्दर्भमा निर्वाचन सम्पन्न हुने कुरा महत्त्वपूर्ण छ । पार्टीहरूले कहिले अलि बढी जित्छन्, कहिले कम जित्छन् यो स्वभाविक हो,’ प्रचण्डले भने, ‘गत साल संविधान नै खतरामा पर्ने हो कि, समावेशी समानुपातिक प्रणाली नै समस्यामा पर्ने हो कि भन्ने ठूलो चिन्ता उत्पन्न भएको थियो । संविधान जोगाउन सफल भयौं ।’
स्थानीय तहको निर्वाचनबाट ७५३ स्थानीय तहमा नै पाँच वर्षको लागि नयाँ सरकार बनेको र यसले संघीयता सदृढ भएको प्रचण्डले बताए ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...