×

NMB BANK
NIC ASIA

एमाले सचिवालय बैठकको पूर्वसन्ध्यामा केपी ओली र नारायणकाजीको अर्थपूर्ण भेट

जेठ ३०, २०७९

NTC
Premier Steels

नेकपा विभाजनको डेढ वर्षपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठबीच घण्टौं लामो कुराकानी भएको छ ।

Muktinath Bank

ओली निवास बालकोटमा आइतवार २ नेताबीच भेटवार्ता भएको हो । आइतवार साँझ २ नेताबीच लामो कुराकानी भएको ओली निवास बालकोट स्रोतले पुष्टि गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा एमालेको सचिवालय बैठकको अघिल्लो दिन भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ । स्थानीय तह चुनावको समीक्षा र प्रतिनिधिसभा चुनावको रणनीति बनाउन एमाले सचिवालयको बैठक बस्नुअघि भएको भेटलाई एमाले र माओवादी केन्द्रका नेताहरू चासोपूर्वक सोधीखोजी गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

माओवादीभित्र नारायणकाजीले चुनावमा वामपन्थी तालमेल गरेर जानुपर्ने लबिङ गर्दै आएका छन् । ‘एकपटकको प्रतिगामी सधैं प्रतिगामी नहुने’ भन्दै सच्चिएर आए एमालेसँग सहकार्य गर्न सकिने भन्दै संसदमा श्रेष्ठले भाषण गरेका थिए । 

Vianet communication

आइतवार पनि श्रेष्ठले वामपन्थी तालमेल गरेर चुनावमा जान प्रस्ताव गरेको स्रोतको दाबी छ । 

माओवादीभित्र प्रचण्डसँग असहमति राखिरहेका श्रेष्ठले ओलीसँग भेटवार्ता गर्नुले पनि माओवादीभित्र तरङ्ग सिर्जना गरेको छ । 

ओलीसँगको भेटमा वामपन्थी एकताबाहेक परराष्ट्र सम्बन्धबारे पनि कुराकानी भएको बालकोट स्रोतले बताएको छ ।

सरकारले अमेरिकासँग बढाएको हिमचिम र नेपालमा भइरहेको चीन विरोधी गतिविधिका विषयमा २ नेताले समीक्षा गरेको बालकोट स्रोतले जानकारी दियो तर २ नेता बीचको छलफलमा कुनै निष्कर्ष भने नआएको बताइएको छ ।  

प्रतिनिधिसभा निर्वाचनको मितिबारे चर्चा भइरहँदा चुनावमा वामपन्थी तालमेल गर्न भित्रभित्रै प्रयास भएका छन् । नेकपा एसभित्र झलनाथ खनालले वामपन्थी तालमेलको वकालत गरिरहेका छन् । 

आइतवार नै नेकपा एमालेका एक उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी नेता वर्षमान पुनः बीच पनि छलफल भएको स्रोतको दाबी छ । वामपन्थी गठबन्धनका लागि भित्रभित्र गृहकार्य भइरहे पनि एमाले अध्यक्ष केपी ओलीले बाहिर तालमेल नहुने बताउँदै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x