×

NMB BANK
NIC ASIA

मकवानपुर गोल्डकप फाइनल : आर्मीको बर्चस्व यथावत

जेठ ३०, २०७९

NTC
Premier Steels

मकवानपुरको हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले जितेको छ । आज हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको फाइनल खेलमा घरेलु टोली एफसी विजय युथलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो पटक लगातार गोल्डकपको ट्रफी आफ्नो पोल्टामा पार्न सफल भएको हो । 

Muktinath Bank

निकै प्रतिस्पर्धात्मक भएको खेलको सुरुवाती १४ औं मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीको पासमा आर्मीका कप्तान भरत खवासले १ गोल गर्दै टिमको लागी अग्रता लिए । तर त्यो अग्रता धेरै समय भने टिक्न सकेन । आर्मीका डिफेन्डर योग्ध शाहीले डिबक्स भित्र विजय युथका विमल रानालाई फल गर्न पुग्दा विजय युथले पेनाल्टीको अवसर प्राप्त गर्यो । उक्त पाएको पेनाल्टीलार्ई डोना थापाले २५ औं मिनेटमा गोल गर्दै परिणत गर्दै खेल पुग्न बराबरीमा आयो । खेलको निर्धारित समयको पहिलो  हाफमा समान गोलको अवसर प्राप्त गरे पनि थप गोल हुन सकेन । त्यस्तै खेलको दोस्रो हाफको सुरुवाती ५ औ मिनेटमा कमलबहादुर थापाले डिबक्स बाहिरबाट गरेको प्रहार सोझै गोलमा परिणत हुँदा आर्मी २–१ गोल अन्तरले  अगाडी रह्यो । भने खेलको ५५ औं मिनेटमा विजय युथका कप्तान अशोक बरालले डिबक्स भित्र विपक्षी टिमका खेलाडी सन्तोष केसीलाई लडाउँदा आर्मीले पेनाल्टीको अवसर पायो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर दिनेश हेन्जनले हानेको पेनाल्टी बल  पोष्ट बार माथिबाट जाँदा थप गोल हुन सकेन । त्यो संगै खेलको निर्धारित समयमा थप गोल विजय युथले गर्न नसक्दा साविक विजेता समेत रहेको विभागीय टिम त्रिभुवन आर्मीले पुग्न दोस्रो पटक उपाधि जित्दा साविक उपविजेता रहेको विजय युथ पुग्न हार व्यहोर्न बाध्य हुन पुग्यो । यो संगै उपाधि विजेता टिम त्रिभुवन आर्मीले नगद १५ लाख रूपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र  गर्यो भने उपविजेता  विजय युथले नगद १० लाख रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र गर्यो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै  प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडी आर्मीका गोलरक्षक विकेश कुथु, डिफेन्डर विमल पाण्डे, मिडफिल्डर विवेक बस्नेत, फरवार्ड दिनेश हेन्जन घोषित भए । उनीहरुले जनही नगद २५ हजार रुपैया सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै उत्कृष्ट प्रशिक्षक तर्फ आर्मीका नवीन न्यौपाने घोषित भए उनले पनि २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त  गर्दा विजय युथको तर्फबाट भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी अशोक बराल घोषित भए । बरालले रोयल इनफिल्ड बाइक प्राप्त गरे । जेठ १९ गतेबाट जारी प्रतियोगितामा क्यामरुनी क्लब एभिनियर एफसीसहित राष्ट्रियस्तरका १२ क्लबहरूको सहभागिता थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x