×

NMB BANK
NIC ASIA

एसपीपी विवाद

संसदमा प्रदीप ज्ञवालीको प्रश्न- कसको कमाण्ड र ब्यानरमा नेपाली सेना परिचालन गर्न खोजिँदै छ ?

असार १, २०७९

NTC
Premier Steels

सांसद तथा नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने गरी अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार्य भएको बताएका छन् । 

Muktinath Bank

बुधबार संसद बैठकको विशेष समयमा बोल्दै ज्ञवालीले एसपीपी सम्झौताको मस्यौदा सार्वजनिक भएपछि नेपाली समाज गम्भीर रुपले आशंकित र त्रसित भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ज्ञवालीले भने, ‘नेपाली सेनालाई एउटा देशको राज्यको मातहत हुने गरी राख्ने गरी सम्झौताको मस्यौदा सार्वजनिक भएको छ । हामीले प्रदेश प्रहरीको परिकल्पना गरेका छौं । कुनै देशको सेनाले नेपालको प्रदेश प्रहरीलाई साझा हैसियतमा स्वीकार गरेर सहकार्य गर्छ ?’


Advertisment
Nabil box
Kumari

अहिलेको सरकार यस्तो तहसम्म पुग्ला भनेर कसैले अपेक्षा नगरेको तर, सरकारले भने नेपालको राष्ट्रिय हितलाई संरक्षण र सम्वर्द्धन गर्ने मुलभूत दायित्वबाट पन्छिएको आरोप लगाए । 

Vianet communication

‘नेपाली सेना अमेरिकाको नेशनल गार्डको समकक्षी हो ? नेपाली सेनाको यो हदसम्मको अपमानको कुरा सरकारले कसरी परिकल्पना गर्‍यो ?,’ ज्ञवालीले संसदमा भने, ‘नेपालको संविधानले, नेपालको परराष्ट्र नीति र संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता र विश्व शान्तिको मान्यतालाई आत्मसाथ गरेको छ । अहिले कसको अण्डरमा, कसको कमाण्डमा, कसको व्यानरमा नेपाली सेनालाई प्रतिरक्षा र सुरक्षा साझेदारी बढाउँदै नेपाली सेनालाई अघि बढाउन खोजिएको हो ?’

संयुक्त राष्ट्र संघको आह्वानमा मात्रै नेपाली सेना द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनार्थ मात्रै खटिने गरेको भन्दै ज्ञवालीले नेपालको संविधान, स्वतन्त्र र तटस्थ परराष्ट्र नीतिको बर्खिलाप हुने गरी सम्झौताको लागि सरकार तयार भएको बताए । 

‘नेपालको भूभाग अरू देशका नेशनल गार्डलाई तालिमका लागि विमान चलाउन, स्थायी संरचना बनाउन, मेसिनरीहरू तैनाथ गर्न, युद्ध सामग्री तैनाथ गर्न दिनुपर्ने, नेशनल गार्डको सुरक्षाको जिम्मा नेपाल सरकारले लिइदिनुपर्ने र नेपालको एउटा छिमेकीको ढोकैनेर गएर यस्ता गतिविधिहरु गर्नुपर्ने, यो के गर्न खोजिँदै छ ?,’ उनले भने । 

उनले प्रश्न गरे, ‘अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षाको विषय जोडिन यस्ता गम्भीर विषय संसदलाई जानकारी हुनुपर्दैन ? संसद र जनता टेकन फर ग्राण्टेट मात्रै हुन् ?’

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x