×

NIC ASIA

फिजीमा कोरोना सङ्क्रमित ७ दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने

असार ३, २०७९

Prabhu Bank
NTC
Premier Steels

फिजीमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरू अबदेखि सात दिन मात्रै आइसोलेसनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसबाट सङ्क्रमित भएको सात दिनपछि बाहिर निस्केर पनि आफ्नो काम गर्न पाइने स्पष्ट पारेको छ ।

Muktinath Bank

मन्त्रालयका अधिकारीहरूले सात दिन भने कडाइका साथ आइसोलेसनमा बस्नु पर्नेमा जोड दिइएको जनाएका छन् । “कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम त चलिरहेको छ, तर सात दिनभन्दा बढी आइसोलेसनमा बस्न भने नपर्ने व्यवस्था गरिएको छ,” मन्त्रालयका एक अधिकारीले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न अध्ययन र अभ्यासका आधारमा चिकित्सकहरूले सात दिन पछि कोरोना भाइरसको सङ्क्रमण अरुलाई नसर्ने पुष्टि भएको बताएकाले आइसोलेसनमा पनि सात दिन मात्रै राख्ने निर्णय गरिएको मन्त्रालयको भनाई छ ।  मन्त्रालयका अधिकारीहरूले कोरोनाका कारण मृतकको सङ्ख्या भने निकै कम भएको पनि जनाएका छन् । उनीहरूका अनुसार खोप लगाएका र त्यस मध्ये पनि बुस्टर डोज लगाएकाहरूका भने निकै कम मात्रै समस्या देखिएको उनीहरूको भनाई छ । 


Advertisment
Nabil box
Kumari

सुरक्षाका लागि बुस्टर डोज लगाउनु अति उपयुक्त भएकाले बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ । मन्त्रालयका अनुसार १८ वर्षमाथिका ८० प्रतिशतभन्दा बढीले कोरोना भाइरस विरुद्धको खोपको अतिरिक्त मात्रा समेत लगाइसकेका छन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x