×

NMB BANK
NIC ASIA

दुर्घटनाको जोखिम

मापदण्डको धज्जी उडाउँदै घरभित्र समेत पेट्रोल पम्प, ‘बम’जस्तै विस्फोट हुने खतरा !

असार ५, २०७९

NTC
Premier Steels

गत जेठ ९ गते रूपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको ‘डिपो’ मा इन्धन भरेर निस्किने तयारीमा रहेका दुई ट्याङ्करमा आगो लाग्यो । 

Muktinath Bank

घनाबस्तीको बीचमा रहेको निगमको ‘डिपो’भित्र आगलागी भएपछि तिलोत्तमा क्षेत्रमा त्रास फैलियो । भलै समयमै वारूणयन्त्र आएर आगो निभाउँदा ठूलो दुर्घटना हुन पाएन । ट्यांकरको इन्धन भण्डार गर्ने डिपोसम्म पुगेको भए कल्पनासेमत गर्न नसकिने खालको दुर्घटना हुने खतरा थियो । डिपोमा न्यूनतम सुरक्षा मापदण्ड समेत पूरा नगरेको पाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिद्धार्थ राजमार्गसँग जोडिएको आयल निगमको ‘डिपो’ स्थानान्तरण गर्न पटक–पकट कुरा उठ्दै आएको छ । सुरक्षाको हिसाबले भलवारीमा ‘डिपो’ हटाउन भन्दै तिलोत्तमा नगरपालिकाले तीन वर्षअगाडि नै नेपाल आयल निगममा पत्राचार गरेको निर्वतमान प्रमुख वासुदेव घिमिरे बताउँछन् । 


Advertisment
Nabil box
Kumari

‘खतराको घन्टी’ बजाइरहेको भलवारी डिपो स्थानान्तरण गर्न आयल निगमले रूपन्देहीको रोहणीमा जग्गा खरिद गरे पनि निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

Vianet communication

डिपोभित्रै एक वर्ष अगाडि पनि इन्धन बोकेको ट्यांकरमा आगो लाग्दा एक ट्यांकर पूर्ण रूपमा जलेको थियो । दिउँसोमा लागेको आगो डिपोभित्रै रहेको दमकलले नियन्त्रणमा लिएको थियो । ट्यांकरको क्याबिन पूर्णरूपमा जले पनि पेट्रोल भने जोगिएको थियो । 

भलवारी ‘डिपो’ २०३० मा स्थापना भएको हो । त्यो बेला कुनै बस्ती नभएको भलवारीबाट दैनिक १०० सय किलोलिटरबाट पेट्रोलीयम पदार्थ बाहिर पठाउने गरिएकोमा अहिले १ हजार किलोलिटर क्षमतामा पुर्‍याइएको छ ।

आयल निगमको डिपोले मात्र होइन बुटवल/रूपन्देहीका पेट्रोल पम्पहरूले ठूलो दुर्घटनाको जोखिम बढाइरहेका छन् । घरको सटरभित्र रहेका पेट्रोल पम्प ‘बम’ बन्ने खतरा छ । बुटवलको मुटु मिलनचोकको भारी आयल स्टोर घरको सटरभित्रै छ । बुटवल बजारको सडक ‘सिक्स लेन’ मा विस्तार गर्दादेखि पम्पलाई घरभित्र सारेर सञ्चालन गरिएको छ ।

उक्त पम्पले वरपरको बस्तीलाई नै खतरामा पारेको छ । जबकि भारी आयल विद्यमान ऐनले तोकेको मापदण्डविपरीत छ । 

भैरहवाको मुख्य बजारमा रहेको एभरेष्ट पेट्रोल पम्पमा पनि ६ महिनाअगाडि आगलागी भयो । त्यहाँ पनि संयोगवश समयमै दमकल आइपुग्दा ठूलो क्षति हुन पाएन ।

आयल निगम भलवारी डिपोका प्रमुख नवविनोद पोखरेलले स्थानीय स्तरबाट डिपो सार्नेदेखि मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्पहरूमा डन्डा चलाउन निगमबाटै नीतिगत निर्णय आउनुपर्ने बताए । 

‘घटना भएपछि यस्ता विषय उठछन्,’ प्रमुख पोखरेलले लोकान्तरसँग भने, ‘शुरूमा पेट्रोल पम्प सञ्चालनको लागि खासै मापदण्ड थिएन । यो व्यवसाय गर्ने मानिसहरू अति कम हुन्थे अहिले मापदण्ड पूरा गर्न सकेका छैनन् । यस्ता विषय बेलाबखत उठ्छन्, अनि त्यसै सेलाउँछन् ।’

पम्प स्थानान्तरणका लागि व्यवसायीहरूलाई दबाब बढाएको पोखरेल बताउँछन् । 

मापदण्ड नपुगेका पम्पहरूको स्थानान्तरणका लागि आफूहरूले अनुमति दिने उनको भनाइ छ । पम्पहरू अन्तरजिल्ला मात्र स्थानान्तरण हुने पाउनेछन् । 

बुटवलको राजमार्ग चौराहानजिकै रहेको भैरव आयल स्टोर, पाल्पा बसपार्कमा रहेको ज्योति पेट्रोल पम्प, रामनगरमा रहेको मिलन ब्रदर्स, भैरव पेट्रोल पम्प, गोलपार्कमा रहेको व्यापारिक कर्पोरेसनलाई घरसँगै जोडिएर सञ्चालन गर्न निगमले अनुमति दिएको छ । 

पेट्रोलीयम पदार्थ विक्रेता विनियमवाली २०७५ अनुसार नगरपालिकाभित्र पेट्रोल पम्प सञ्चालन गर्न कम्तिमा ७५० वर्ग मिटर क्षेत्रफल जमिन चाहिन्छ । पेट्रोल पम्प मानव बस्तीबाट कम्तीमा ५०० फिट टाढा हुनुपर्छ । एउटा पम्पबाट अर्को पम्पबीचको दूरी ३०० मिटरभन्दा कम हुनुहुँदैन । 

अत्यधिक प्रज्वलनशील यस्ता इन्धन बिक्री गर्ने ‘डिपो’ सडकबाट २० मिटरको दूरीमा हुनुपर्छ । तर, रूपन्देही सहित तराईका धेरै आयल स्टोरले यो मापदण्ड अनुसार चलेका छैनन् । त्यस्तै शौचालय अपांगमैत्री, पुरूष महिलाका लागि छुट्टै, मुख्य राजमार्गबाट नदेखिने गरी २ मिटरको अग्लो स्क्रिन बाल निर्माण गर्नुपर्ने, चिया–कफी सप, एटिएम सुविधा, हावा भर्ने सुविधा, पार्किङ सुविधा लगायतका हुनुपर्ने मापदण्ड छ । 

पेट्रोलीयम डिलर एसोसिएसन, बुटवलका अध्यक्ष प्रेम न्यौपाने वि.स २०५३ सालअघि स्थापना भएका पम्प अहिलेको मापदण्डमा आउन नसकेको स्वीकार गर्छन् ।

‘पेट्रोल पम्प घरसँगै भएभन्दा पनि घरहरू पेट्रोल पम्पसँगै बनेका हुन् । पहिले स्थापना हुँदा त्यहाँ पम्प मात्र थिए, अहिले घर भरिएका हुन्,’ उनले भने ।  यही विनियमावलीमा राजमार्ग अनुसार फरक–फरक मापदण्ड छ । यो विनियमावली अनुसार हेर्ने हो भने नगन्यबाहेक अधिकांशले मापण्दण्ड पूरा गरेका छैनन् । 

तर, २०५३ पछि सञ्चालनमा आएका अधिकांश पम्प मापदण्डअनुसार नै सञ्चालन भइरहेको उनको भनाइ छ । ‘पुराना सीमित ठाउँमा भएका पम्पहरूलाई सुरक्षात्मक मापदण्ड अपनाउन हामीले निर्देशन दिएका छौं । सबैले यसको पालना गर्नुभएको छ । निगम पनि सुरक्षात्मक मापदण्ड कडाइका साथ पालना गराउनतर्फ लागेको छ । त्यसैले भवितव्य हुनसक्ने सम्भावित घटनालाई हामीले पनि गम्भीर रूपमा लिएका छौं,’ उनले भने । 

रूपन्देहीमा १८१ वटा पेट्रोल पम्पहरू सञ्चालनमा छन । १४५ साधारण, १ नमूना र ३५ अन्य हुन् । रुपन्देहीको मोतीपूरमा सहारा पेट्रोल पम्प एक मात्र नमूना पेट्रोल पम्प हो । भलवारी डिपोले रूपदेहीका १८१ सहित कपिलवस्तुका ७४, नवलपरासीका ४९, गुल्मीका ५, पाल्पाका १०, अर्घाखाँचीका ८, बाग्लुङका २ र स्याङ्जाका १२ वटा गरी कुल ३४१ पम्पलाई पेट्रोलीयम पद्धार्थ सप्लाइ गर्ने गर्दछ । यीमध्ये अधिकांशले मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पोखरेल स्वीकार गर्छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x