×

NMB BANK
NIC ASIA

महाभियोग सिफारिस समितिका सदस्यले सोधे- संवैधानिक व्यवस्थाको यसरी दुरुपयोग गर्न मिल्छ ?

असार ६, २०७९

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन माग गरेको छ । संविधानमा भएको महाभियोग प्रस्तावलाई यसरी अलपत्र पार्न नमिल्ने एमालेको दाबी छ । 

Muktinath Bank

सोमवार बसेको प्रतिनिधि सभा बैठकको शुरुमा सभामुखसँग समय लिएर एमालेका लालबाबु पण्डितले महाभियोगको प्रस्ताव कहाँ पुग्यो भनेर सभामुखसँग जानकारी माग गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म पनि महाभियोग सिफारिस समितिको सदस्य हो, हामीले कहिले काम पाउने हो ? प्रमुख प्रपिक्षीसँग छलफल नगरी ल्याइएको र पास हुन सक्दैन भने किन ल्याइएको ? महाभियोग प्रस्तावका प्रस्तावक नै हराइसक्नु भएको हो कि ? या प्रस्तावमा छानबिन गर्न तयार हुनुहुन्न ?,’ पण्डितले प्रश्न गरे । 


Advertisment
Nabil box
Kumari

महाभियोग सिफारिस समितिका सदस्य समेत रहेका सांसद पण्डितले महाभियोग प्रस्ताव दर्ता गरेर छलफलमा नल्याउनु संविधानको प्रावधानको दुरुपयोग भएको बताए । 

Vianet communication

‘संविधानमा महाभियोगको प्रस्ताव छ, यदि यसको दुरुपयोग भयो भने संविधानको यो प्रस्तावलाई जनताले कसरी बुझ्छन् ? भविष्यमा यस्ता संस्थाको जिम्मेवारी र दायित्व सभामुखको दायित्व हुन्छ कि हुँदैन ?,’ सांसद पण्डितले भने, ‘कहिलेबाट यो समितिले विषयवस्तु पाउने ? देश र जनताले उठेको जनताको जवाफ पाउने ? त्यो समितिको सदस्यको हैसियतले सभामुखको जानकारी जान्न चाहन्छु ।’ 

चोलेन्द्रविरुद्ध्र कांग्रेस र माओवादीका सांसदले गत फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेका थिए । महाभियोगबारे छानविन गर्न समिति गठन गरिए पनि काम शुरू भएको छैन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x