माघ १५, २०७९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपतिको निर्वाचन, रवि लामिछानेको नारिकताका सम्बन्धमा सर्वोच्चको आदेशपछिको पर...
हेटौंडा | असार ९, २०७९
आधुनिकीकरण र बदलिँदो शिक्षा प्रणालीका बीच नेपालको पुरानो गुरुकुल शिक्षा अर्थात् संस्कृत विद्यालयहरू ओझेलमा पर्न थालेका छन् ।
हेटौंडा– १० स्थित गोरक्षेस्वर तटमा रहेको संस्कृत वेद विद्यालय पनि त्यसैगरी ओझेलमा परिरहेको छ । २०५६ सालमा स्थापना भई निरन्तर संस्कृत पठनपाठन हँुदै आएको विद्यालयमा अहिले बिहान–बेलुका खानाको व्यवस्था गर्न र बस्नकै लागि समस्या रहेको विद्यालयका शिक्षक विष्णुप्रसाद भट्टराईले बताए ।
विद्यालयमा हाल २१ जना विद्यार्थीहरू कक्षा ४ देखि ८ सम्म पढ्दै आएता पनि उनीहरूलाई व्यवस्थित खानपान एवं बस्नका लागि नै समस्या भएको भट्टराईले बताए ।
उनले भने, ‘२ वटा कोठा छ, २१ जना च्यापिएर सुत्नु तथा बस्नुपर्ने बाध्यता छ ।’
प्रचीनकालदेखि चलिआएको संस्कृत शिक्षाप्रति सरकारको खासै चासो नदेखाएको उनले बताए । विद्यालय ढलपल–ढलपल गर्दै सञ्चालन भइरहेको उनले बताए ।
विद्यालयका प्राध्यापक साधुराम पोखरेलले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले संस्कृत विद्याप्रति बेवास्ता गरेको बताए ।
पोखरेलले भने, ‘विद्यालयमा मुख्य समस्या भनेको नै खानपान रहेको हो । बिहान–बेलुकाको खाना, बिहान दिउँसोको खाजा पूर्णरूपमा अरूको भरमा छ । विद्यालयको आफ्नै अन्य कुनै आयस्रोत छैन ।’
सरकारले खानपान र व्यवस्थित बासस्थानका लागि सहयोग गनुपर्ने उनले बताए ।
संस्कृत विद्यालय अन्य विद्यालय जस्तो नरहेको र यसको आफ्नै छुट्टै मूल्यमान्यता एवं नियम रहेकाले विद्यालयको छात्रावासमै बस्नुपर्ने उनले बताए ।
अध्ययनका लागि आउने विद्यार्थीलाई समेत फिर्ता पठाउने पर्ने अवस्था आएको उनको गुनासो छ ।
विद्यालयमा संस्कृत भाषा, कर्मकाण्ड र पूजापाठसँगै सामाजिक, अंग्रेजी, गणित लगायतका ८ विषय पढाइ हुँदै आएका छन् ।
मकवानपुर जिल्लाको एक मात्र संस्कृत विद्यालयमा निजी स्रोतका ३ जना शिक्षक मात्र छन् ।
विद्यालयमा संस्कृत विषयका लागि २ जना शिक्षकको दरबन्दी भएपनि हालसम्म सरकारले शिक्षक पदपूर्ति गर्न सकेको छैन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट्न बालुवाटार पुगेका छन् । राष्ट्रपतिको निर्वाचन, रवि लामिछानेको नारिकताका सम्बन्धमा सर्वोच्चको आदेशपछिको पर...
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थगित भएको प्रदेशस्तरीय विस्तारित बैठक माघ २१ देखि सुरु हुने भएको छ । सभापति रवि लामिछानेको विषयमा अदालतले फैसला गरेपछि पार्टीले यसअघि माघ १४ देखि तय गरेको बैठक स्थगित गरेको थियो ...
राहदानी विभागले सेवा सहज बनाउन भन्दै पहल थालेको जनाएको छ । जसअनुसार विभागले माघ १६ गतेदेखि लागू हुने गरी एक महिनाको लागि प्रत्येक दिन १५०० का दरले अग्रिम अनलाइन आवेदन फाराम खोल्ने जनाएको छ । &n...
शहीद दिवस–२०७९ को अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले ज्ञात अज्ञात सबै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । आज शहीद दिवसको अवसरमा उनले सो श्रद्धाञ्जलि अर्पण गरेका हुन् । “जहानियाँ राणा शा...
राष्ट्रपति विद्यादेवी भण्डारीले आज शहीद दिवसले शहीदहरुले जनता र देशका लागि गरेको सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छन् । शहीद दिवसको अवसरमा सन्देश जारी गर्दै उनले सो कुरा बताएकी हुन् । “सहिद ...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– शनिबार नेपालका सबै सरकारी वेबसाइट डाउन भएका छन्। सबैजसो सरकार...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...