पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विज्ञान र प्रविधिको विकास विना मुलुकको समृद्धि सम्भव नरहेको बताएका छन् ।
जनकपुरधाममा बिहीवारदेखि शुरू भएको युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले अहिलेको युगमा विज्ञान प्रविधिको विकास नै विकास र समृद्धिको मूलआधार भएकाले यसको विकास विना मुलुक समृद्ध हुन नसक्ने बताए ।
समाजमा व्यापक रहेको गरीबी र बेरोजगारीको अन्त्यका लागि प्राविधिक शिक्षा आवश्यक रहेकामा जोड दिँदै उनले विकास र समृद्धिका लागि प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए । विज्ञान र प्रविधिको विकासका लागि प्रदेश सरकारले आफ्नो क्षमताले भ्याएसम्म कामकाजलाई अघि बढाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले राज्यको केन्द्रिकृत मानसिकताका कारण विज्ञान र प्रविधिको यथोचित विकास हुन नसकेको आरोप लगाए ।
विज्ञान प्रविधिको विकासलाई गति दिन प्रदेश सरकारले १२ कक्षामा अध्ययनरत छात्रालाई ल्यापटप वितरण गर्न लागेको मुख्यमन्त्री राउतको भनाइ थियो ।
कार्यक्रममा मधेश प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहले विज्ञान र प्रविधिको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । राष्ट्रिय युवा परिषद्ले हरेक वर्ष गर्दै आएको राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन यसपटक मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरिएको छ ।
नयाँ वैज्ञानिक आविष्कार, अनुसन्धान र नवप्रवर्तनको क्षेत्रमा युवालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सम्मेलनमा ७ वटै प्रदेशका करीब १५० जना सहभागिता रहेकोे राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
जनकपुरधामको मुझेलियास्थित होटल राजदरबारमा २ दिनसम्म चल्ने सम्मेलनमा विभिन्न विश्वविद्यालय तथा कलेज र अनुसन्धानकर्ताको सहभागिता उपाध्यक्ष बस्नेतले बताए ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...