×

X
Dabur
Nic Asia
Marvel

स्थानीय तहका प्राथमिकतामा पुरानै कुरा

महोत्तरी | असार ११, २०७९

TVS INSIDE

महोत्तरीका १० नगरपालिकामध्ये आठ र पाँच गाउँपालिकामध्ये तीनले आ–आफ्ना तहको गाउँ–नगरसभा सम्पन्न गरेका छन् । भव्य समारोहबीच सम्पन्न भएका यी कार्यक्रमबाट ‘हामीले के पायौँ ?’ भन्ने जिल्लाका आम किसानको चासो छ ।

IME BANK INNEWS
morang Auto yamaha

“अहिले व्यस्त खेतीको बेला छ, हामी मल नपाएर भौँतारिएका छौँ”, बर्दिबास नगरपालिका–९ पशुपतिनगरका किसान महेन्द्र महतो प्रश्न गर्दै भन्छन्, “के हाम्रो नगरपालिकाले नगरसभाबाट मल सहजै किन्न पाउने केही व्यवस्था गरेको सुन्नुभयो ?” बर्दिबासमात्र नभएर जिल्लाभरिकै आम किसानको मल चासो छ ।


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

जिल्लाका बर्दिबास, गौशाला, औरही, रामगोपालपुर, मनराशिशवा, जलेश्वर, बलवा र मटिहानी नगरपालिकाले तामझामबीच भर्खरै नगरसभा सम्पन्न गरेका छन् । त्यसैगरी पिपरा, एकडारा र सम्सी गाउँपालिकाको पनि गाउँसभा सम्पन्न भएको छ । “के यी गाउँ–नगरसभामा हाम्रो मलबारेको चासो कहीँ उल्लेख गरियो ?”, आम किसानको जिज्ञासा छ ।

जिल्लामा नगरपालिकाको सङ्ख्या १० भए पनि यहाँका अधिकांश बस्ती ग्रामीण परिवेशका छन् । आम जनताको घरगुजारा र आम्दानीको स्रोत खेतीपाती नै छ । “तर मुख्य व्यवसाय खेती भएको ठाउँमा न स्थायी सिँचाइका प्रबन्ध छन्, न ठिक समयमा मलखाद बीउविजन नै पाइन्छ”, जिल्लाको बलवा नगरपालिका–१० धमौरा बस्तीका ७५ वर्षीय हासिम कवारीले भने, “दुःख गरेर उब्जाइएको उत्पादनको सुनिश्चित बजार र भाउ केही छैन, अनि हामी कसरी उक्सनु ?”

Vianet communication
Maruti inside

खेतीपाती नै जीवनको मूल आधार भएको जिल्लामा यसले सुविधा पाउने गरी स्थानीय तहहरूले नीति नबनाएका आम गुनासो छ । “अधिकांश स्थानीय तहका नीति तथा कार्यक्रम अमूर्त छन्”, औरही–१ का बासिन्दा सरोज यादवले भने, “आम जनतालाई चासो नपर्ने कुराले नै नीति कार्यक्रम पुस्तिकाका पाना भरिएका हुन्छन् ।” 

अमूक ठाउँ नै तोकेर कृषि सामग्री पाइने, बेचबिखनको व्यवस्था मिलाइने वा सर्वसाधारण किसानले नीति तथा कार्यक्रम र बजेट सुन्दा ‘ए, हाम्रा लागि त यो रहेछ नि’ भनेर तत्काल बुझ्न सक्ने गरी उल्लेख हुन नसकेको यादवको भनाइ छ । “मैले गाउँ–नगरसभा भएका स्थानीय तहमध्ये अधिकांशको नीति तथा कार्यक्रम  र बजेट पढेँ, सबै लगभग एकै ढर्राका छन्”, यादवले भने, “धेरैजसोले पुरानै ढर्रा पछ्याउँदै ‘सडक, कुलो बनाइने छ, सुशासनको प्रत्याभूति गराइने छ’ उल्लेख गरेर बजेट स्वेच्छाचारी ढङ्गले खर्च गर्न पाउने गरी शब्दजाल बुनेकासम्म पनि कतिपय बौद्धिक जमातले अथ्र्याएका छन् ।”

अहिले ठिक धान रोपाइँका बेला किसानलाई मल यहाँ पाइन्छ भन्न नसकेपछि सर्वसाधारण किसानलाई नीति तथा कार्यक्रम र बजेट मन्तव्य ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भन्ने आहानजस्तै भएको भङ्गाहा–५ सीतापुरका बासिन्दा कृषिविज्ञ रामबहादुर भुजेलले बताए । कृषि क्षेत्रमा लामो सरकारी सेवामा रही सहसचिव पदबाट सेवा निवृत्त भएका भुजेलले मल, खाद, बीउबिजन र बजार व्यवस्थापनको पक्षमा अब स्थानीय तह जिम्मेवार नभएसम्म किसान उक्सन नसक्ने बताए । मलको कुरा आएपछि सङ्घीय सरकारका मन्त्रीले निधारको पसिना पुछ्दै ‘प्रयत्न गरिँदै छ’ भन्ने अवस्था अन्त्य गरी स्थानीय तहलाई यी विषयमा जिम्मेवार बनाउन आवश्यक कानुनी र अन्य उल्झन फुकाउनपर्ने भुजेलको सुझाव छ ।

किसानसँग सम्बन्धित विषय बजेट विनियोजनभन्दा समन्वयसँग बढी सम्बन्धित रहेका विज्ञहरूको मत छ । “किसानलाई त सुपथ मूल्यमा कृषि सामग्री किन्ने सुनिश्चित ठाउँ चाहिएको छ”, अर्का कृषिविज्ञ भङ्गाहा–६ सग्रामपुरका राजकिशोर यादवले भने, “यो बजेटभन्दा पनि समन्वयको कुरा हो, अब स्थानीय तहले सङ्घीय र प्रादेशिक सरकारसँग घनिभूत संवाद गरेर यो जिम्मेवारी लिनुपर्छ ।”

आमरूपमा कृषि व्यवस्थित नगरिएसम्म उत्पादन नबढ्ने र परनिर्भरता नहट्ने कुरा छर्लङ्ग हुँदाहुँदै यस दिशामा प्रभावकारी प्रयत्न जनप्रतिनिधिमूलक तह र निकायबाट नभएको आम गुनासो छ । बजेट बर्सेनिको विधिभन्दा पनि जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने ध्याउन्नको हुनपर्ने बुद्धिजीवी बताउँछन् । स्थानीय तहका प्रतिनिधिमा यो इच्छाशक्ति बढेमात्र जनताले छिटो फरक अनुभूति गर्ने अवस्था बन्नसक्ने जलेश्वर–६ का बासिन्दा पूर्वप्रशासक महेश्वर रायको ठम्याइ छ । रासस

TATA Below
NLIC
साउन २७, २०७९

वसन्तपुर डबलीमा अनसनमा बसिरहेकी ‘कुमारी आमा’ निहारिका राजपूतले शुक्रवार शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी छन् । पछिल्लोपटक एकहप्ता अगाडिदेखि अनसनमा बसिरहेकी उनले शुक्रवार राष्ट्रपति भवन शितल...

साउन २७, २०७९

वर्षाले हाल तीन पूर्ण र १२ सडक आंशिकरुपमा अवरुद्ध रहेको छ । कर्णाली राजमार्ग, साँफबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशुली–धुन्चे–स्याफ्रबेसी सडकका विभिन्न खण्डका सडक अवरुद्ध रहेका ...

साउन २७, २०७९

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागको तथ्यांकअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ । यो वर्ष जेठ १८ देखि साउन २६ (जुन ...

साउन २७, २०७९

जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कने क्रम जारी छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार करीब १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा प...

साउन २७, २०७९

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–५ उर्लेनीमा सुक्खा पहिरो जाँदा ११ घर उच्च जोखिममा परेका छन् । पहिरोले ११ घर परिवारलाई विस्थापित बनाएको छ भने अन्य धेरै घरहरू पनि जोखिममा छन् । उर्लेनीको बिसौनीबा...

साउन २७, २०७९

मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध अख्तियारमा उजुरी परेपछि कार्यालयले कागजपत्रहरू नियन्त्रणमा लिएको हो । विभि...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

ad
x