साउन २९, २०७९
इजिप्टको कोप्टिक चर्चमा आइतवार भएको आगलागीमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते छन् । इम्बाबाको घना बस्तीमा रहेको अबु सेफेन चर्चमा भयंकर आगलागी भएको हो । आगलागीको कारण...
काठमाडाैं | असार ११, २०७९
श्रीलङ्का सरकारले आवश्यक खाद्य वस्तुहरू आयात सङ्कटलाई टार्न सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएको छ । भारतले विस्तार गरेको एक अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट (एलओसी) बाट अर्को सात करोड अमेरिकी डलर प्रयोग गर्न अनुमति भारतले दिएको हो ।
श्रीलङ्काका व्यापार मन्त्री नलिन फर्नान्डोले भने, “यही सुविधाअन्तर्गत भारतबाट आयात भइसकेका १८ करोड अमेरिकी डलर मूल्यका खाद्य वस्तुहरूको अतिरिक्त यो सुविधा मिलेको हो । यो खरीदसँगै कम्तीमा पनि अर्को दुई महिनाको लागि चाहिने खाद्यवस्तुको भण्डारण गर्न हामीले पाउनेछौं ।”
श्रीलङ्काको डेली मिरर पत्रिकाले फर्नान्डोलाई उद्धृत गर्दै लेखेको छ, “निकट भविष्यमा खाद्य वस्तुहरू आयात गर्न हामीले सोही क्रेडिट सुविधाबाट भविष्यमा सात करोड अमेरिकी डलर प्रयोग गर्ने अनुमति पाएका छौँ ।”
स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेका श्रीलङ्कालाई एक दिन पहिले भारतले तीन अर्ब रूपैँयाभन्दा बढी मूल्य बराबरको मानवीय सहयोग उपलब्ध गराएको थियो ।
कोलम्बोस्थित भारतीय उच्च आयोगका अनुसार यस ढुवानीमा चामल, दूध पाउडर र आवश्यक औषधीहरू समावेश छन् ।
इजिप्टको कोप्टिक चर्चमा आइतवार भएको आगलागीमा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते छन् । इम्बाबाको घना बस्तीमा रहेको अबु सेफेन चर्चमा भयंकर आगलागी भएको हो । आगलागीको कारण...
भारतीय शेयर बजारमा ‘बिगबुल’ राकेश झुनझुनवालाको निधन भएको छ । ६२ वर्षको उमेरमा उनको मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा उनको आइतवार मृत्यु भएको हो । उनी २ हप्ता अगाडि मात्रै अस्प...
अवैध अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा अन्तर्राष्ट्रिय पक्राउ पूर्जी जारी गरिएका एक विवादास्पद चिनियाँ व्यवसायीलाई बैंककका अधिकारीहरूले हिरासतमा लिएको थाई प्रहरीले शनिबार पुष्टि गरेको छ । उनी चिनियाँ प्रहरीब...
अफगानिस्तानको वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । लोगार, वार्दाक र खोस्त प्रान्तमा मुसलधारे वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै सयौँ घाइत...
युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेको पेस्की शहरमा रुसी सेनाको पूर्ण नियन्त्रण कायम रहेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । त्यस शहरमा रहेका युक्रेनी सैनिकहरू आफ्नो पोजिसन छोडेर भागेका छन् । उनीहरू नीप्रोपे...
इन्डोनेसियाको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय (केपीके) ले कम्तीमा ३४ जनालाई पक्राउ गरेको छ । मध्य जाभा प्रान्तका एक जना जिल्ला प्रमुखलाई समेत पक्राउ गरिएको छ । सरकारी खरिदसम्बन्धी काममा उनीहरूले भ्रष्टाचार गर...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...