साउन २८, २०७९
भोजपुरी सिनेमासँग जोडिएको एक समाचार सार्वजनिक भएको छ । समाचारअनुसार दिल्ली प्रहरीले एक भोजपुरी सिनेमाका चर्चित गायकलाई लागुऔषध तस्करी गरेको आरोपमा पक्राउ गरेको छ । दिल्ली प्रहरीको नारकोटिक्स स्क्वाडल...
काठमाडाैं | असार १७, २०७९
बाँकेको जमुनाहा नाकाबाट नियन्त्रणमा लिइएको २५० बोरा शंकास्पद वस्तु भाँगोको गेडा भएको प्रहरीले जनाएको छ ।
भारततर्फ जाँदै गरेको भारतीय कन्टेनर शुक्रवार बिहान प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीका अनुसार बिहान नेपालबाट भारततर्फ जाँदै गरेको कन्टेनर शंका लागेर जाँच गर्दा उक्त वस्तु फेला परेको हो ।
‘गाँजाको बोटमा फल्ने गेडा फेला परेको हो । सामान्यतया यो अचार खान प्रयोग गर्ने भन्ने बुझिएको छ,’ एसपी अधिकारीले लोकान्तरसँग भने, ‘तर यो के हो ? केका लागि प्रयोग हुन्छ ? भन्ने कुरा परीक्षणपछि मात्र खुल्ला ।’
उनका अनुसार यो पहाडी जिल्ला बागलुङबाट ल्याइएको हो । कसरी त्यति ठूलो परिणाममा भारतसम्म पुग्छ भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बरामद भएको गेडाको बारेमा भन्सार विभागले पनि अनुसन्धान गरिरहेको छ ।
बरामद गेडाको बजार मूल्य ५० लाख र गाडीको मूल्यसहित १ करोडभन्दा धेरै मूल्य बराबरको सामान बरामद गरेको एसपी अधिकारीले बताए ।
उनका अनुसार भारतीय सीमानाकामै भएकाले चालक र सहचालक भारततर्फ भागेका छन् । भारतीय प्रहरीको सहयोगमा उनीहरूको खोजी भइरहेको उनले बताए ।
जाँचै हुँदैन !
भारतबाट सामान लिएर नेपाल आएका ट्रक, लहरी र कन्टेनर नेपालको भन्सारमा जाँच हुँदैन । त्यसको फाइदा उठाएर विभिन्न सामानहरू नेपालबाट भारत तस्करी हुने गरेको छ ।
शुक्रवार बरामद भएको भाँगोको गेडा पनि भन्सारले जाँच नगर्दा भारत जान लागेको थियो ।
‘सामान्यतया भारतबाट नेपाल सामान ल्याएर आएका ट्रकहरू फर्किँदा जाँच हुने गरेको छैन,’ एसपी अधिकारीले लोकान्तरसँग भने, ‘एकले अर्कालाई दोष लगाउनुभन्दा पनि तस्करहरूले यसको फाइदा उठाएर भारततर्फ तस्करी गर्ने गरेको देखिन्छ । ’
प्रहरी अधिकारीहरूका अनुसार नेपाली भन्सारको हेलचेक्य्राइँले गर्दा नेपालबाट भारततर्फ सामानहरू तस्करी हुने गरेको छ ।
भोजपुरी सिनेमासँग जोडिएको एक समाचार सार्वजनिक भएको छ । समाचारअनुसार दिल्ली प्रहरीले एक भोजपुरी सिनेमाका चर्चित गायकलाई लागुऔषध तस्करी गरेको आरोपमा पक्राउ गरेको छ । दिल्ली प्रहरीको नारकोटिक्स स्क्वाडल...
सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा उजुरी दिन पीडितहरूमा आह्वान गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि शुक्रवार...
संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनाका लागि सशस्त्र प्रहरी बलको टोलीलाई खटाउने तयारी भइरहेको छ । सन् २०२३ को जनवरीमा नै फौज कार्यक्षेत्रमा खटाउने गरी सशस्त्रले तयारी अघि बढाएको सशस्त्...
गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनमा म्यादी प्रहरीले मर्यादाका कायम राख्न नसकेको भन्दै निर्वाचन आयोगले आगामी निर्वाचनमा भुतपूर्व सुरक्षाकर्मीलाई खटाउन सुझाव दिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम...
कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढाक्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनीविरुद्ध ४४ हजार रुपैयाँ घुस लिएको अभियोगमा आइतवार मुद्दा ...
काठमाडौंको थापाथलीस्थित पुलबाट हाम फालेकी एक महिलाको तत्कालै प्रहरीले उद्धार गरेको छ । शनिवार अपराह्न पुलबाट बागमती नदीमा हाम फालेकी ति महिलाको प्रहरीले तत्कालै उद्धार गरेको हो । जिल्ला प्रहरी परिसर...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...