×

NMB BANK
NIC ASIA

सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र प्रदान

असार १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

सशस्त्र प्रहरी परिवार महिला संघले आफ्नो २१औं वार्षिकोत्सवको पुनित अवसरमा शुक्रवार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा संघद्वारा आयोजित विशेष समारोहको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेकी छन् ।

Muktinath Bank

मन्त्री रेग्मीले संघले समाज सेवाको क्षेत्रमा सक्रिय रहँदै पुर्‍याएको योगदानको प्रशंसा गर्दै सबै मिलेर समाज सेवाको क्षेत्रमा कार्य गरेमा मुलुक तथा समाजको विकासमा टेवा पुग्ने बताइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले देश विकाससँगै समतामूलक समाज निर्माणको लागि महिला र पुरुष दुवैको महत्त्वपूर्ण भूमिका रहने चर्चा गर्दै राष्ट्रसेवामा समर्पित सशस्त्र प्रहरी कर्मचारीका परिवारको हकहित र सीप विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सशस्त्र प्रहरी परिवार महिला संघले खेलेको अहम भूमिका प्रशंसनीय रहेको बताइन् ।


Advertisment
Nabil box
Kumari

त्यसअवसरमा मन्त्री रेग्मीले विभिन्न निकायमा रहेर समाज सेवाको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने तथा संघको विविध क्रियाकलापमा सहयोग पुर्‍याउने महानुभावलाई कदरपत्र तथा प्रशंसापत्र प्रदान गरिन् ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी महिला राष्ट्रसेवक तथा नेपाल एपीएफ स्कूल कीर्तिपुरकी उत्कृष्ट महिला शिक्षकलाई प्रशंसापत्र प्रदान गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता अर्यालले धन्यवाद ज्ञापनको क्रममा समाजसेवाको कार्य एक मात्र व्यक्ति वा सस्थाको एकल प्रयासले मात्र नभई समाजमा क्रियाशिल विभिन्न संघसंस्थाबीच समेत हातेमालो र समन्वय आवश्यक रहेको चर्चा गर्दै समाज सेवामा आवद्ध संघसंस्थासँग सहकार्य तथा समन्वय गर्दै सशस्त्र प्रहरी परिवार महिला संघ आफ्नो स्थापनाकालदेखि नै निरन्तर समाज सेवामा क्रियाशिल रहँदै आएको बताइन् ।

त्यसै अवसरमा उनले नेपाल एपीएफ स्कूलका विभिन्न विद्यामा उत्कृष्ट ठहरिएका विद्यार्थी तथा वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीका जेहेन्दार सन्ततीलाई छात्रवृत्ति स्वरूप जनही नगद १० हजार र प्रशंसापत्र तथा सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवक कर्मचारीका सन्ततीमध्ये माध्यमिक शिक्षा परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई समेत जनही १० हजार रुपैयाँ राशीको छात्रवृत्तिसहित प्रमाणपत्र प्रदान गरिन् ।

कार्यक्रममा संघकी उपाध्यक्ष सावित्राकुमारी पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै संघले समाज सेवाको भावनामा ओतप्रोत रहँदै योगदान पुर्‍याइरहेको बताइन् ।

कार्यक्रममा संघकी सदस्य सचिव तुलमाया ठाडामगरले संघको गतिविधि र भावी योजनाबारे चर्चा गर्दै सशस्त्र प्रहरी परिवार महिला संघको नाम ‘सशस्त्र प्रहरी परिवार संघ’ राखिने र सशस्त्र प्रहरी कर्मचारीका श्रीमान वा श्रीमती दुवै संघमा आवद्ध हुने व्यवस्था मिलाउने योजना रहेको समेत जानकारी गराइन् ।

त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, विभिन्न संघ संस्थाका विशिष्ट महानुभाव, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी लगायत सशस्त्र प्रहरी कर्मचारीको उपस्थिति थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x