कात्तिक १७, २०८०
काठमाडौं — गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको ...
अचेल व्यस्त जीवनमा मानिसलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्ने फुर्सद छैन । त्यसैले उनीहरू जंक फूडमा झुम्मिन्छन् । यस्ता फास्टफूड शरीरका लागि पटक्कै लाभदायक हुँदैनन् ।
यस्ता कुराको सेवनले छिट्टो बूढो भइन्छ । बूढो भएपछि दाँत र शरीर कमजोर हुन्छ, गालाभित्र घुस्छ अनि चाउरी पर्छ । अचेल युवाहरूमा पनि यी सब लक्षण देखिन्छन् । यहाँ हामी केही यस्ता कारण बताउँदैछौं जसकारण समयअगावै बुढ्यौली आइलाग्छ । त्यसबाट जोगिनुपर्छ ।
शारीरिक निष्क्रियता
अचेल मानिस शारीरिक मेहनत कम गर्छन् । पसिना बगाउनै चाहँदैनन् । यसकारण शरीरका कोशिकाहरूमा अवाञ्छित परिवर्तन आउँछ ।
धेरै पानी पिउँदा
धेरै पानी पिउँदा स्वस्थ भइन्छ भन्ने मानिसहरू ठान्छन् । तर धेरै पानी पिउँदा मिर्गौलामा दबाब पर्छ र उनीहरूले धेरै काम गर्नुपर्छ । पछि गएर उनीहरूको काम गर्ने क्षमता नै गुम्दै जान्छ ।
राति उठ्ने
मानिस राति उठ्छन् अनि दिउँसो सुत्छन् । राति ढिलोसम्म मोबाइल खेलाएर बस्ने मान्छेहरू छिटो बिरामी हुन्छन् । प्रकृतिले नै हाम्रो शरीरलाई छिटो सुत्न र छिटो उठ्न लगाउँछ ।
प्रकृतिको नियमलाई उल्लंघन गर्दा छिटो बूढो भइन्छ । राति ढिलोसम्म सुत्ने मानिसको आँखामुनि कालो घेरा देखिन्छ । यसले गर्दा दिमाग पनि थाकेको जस्तो हुन्छ ।
मसलायुक्त खानेकुरा
धेरै मसला हालेको खानेकुरा पचाउनका लागि शरीरले धेरै मेहनत गर्नुपर्छ । धेरै मानिस खानेकुरालाई ठीक तरिकाले चबाउँदैनन् । त्यसले गर्दा उनीहरूको आन्द्रामा अतिरिक्त भार पर्छ । शरीरको ऊर्जा धेरै खर्च भएर छिटै बुढ्यौली आउँछ ।
पिसाब वा दिसामा अनियमितता
केही मानिसहरू पिसाब वा दिसा रोकिबस्छन् । यसो गर्दा मिर्गौला र आन्द्रामा दबाब पर्छ । यो बानी पछि गएर गम्भीर रोगमा परिणत हुन्छ ।
डिप्रेसन, धेरै नुनको सेवन र नशाका कारण पनि छिट्टै बुढ्यौली आउँछ । -एजेन्सी
काठमाडौं — गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ । सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ । गोलभेंडामा भएको ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं — लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पु–याउँछ । यसको सबभन्दा धेरै असर गर्दनमा पर्छ । हामीले दिनमा जम्मा एकदुईचोटि गर्दन घुमाउ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...