×

NMB BANK
NIC ASIA

उत्कृष्ट सहकारी पुरस्कृत

असार २१, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय सहकारी बैङ्क लिमिटेड दमौली शाखाले तनहुँका दुई सहकारी संस्थालाई व्यवसाय पुरस्कार प्रदान गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा बैङ्कमा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने एक÷एक  सहकारी संस्थालाई सोमबार दमौलीमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो ।

Muktinath Bank

उत्कृष्ट कारोबार विधामा शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नियमित विधामा दमौलीस्थित समृद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गरिएको हो ।     


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेल चौतारा सहकारीका अध्यक्ष हिमकुमार श्रेष्ठ र समृद्धि सहकारीका उपाध्यक्ष कृष्ण बहादुर भुजेललाई व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमा कुमारी जिसी९अञ्जु०, राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसी, बैङ्कका दमौली शाखा समन्वय उपसमितिका संयोजक अमर बहादुर कुंवर लगायतले पुरस्कृत गरे ।


Advertisment
Nabil box
Kumari

पुरस्कार वितरण कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय तहको समृद्धिका लागि सहकारीहरुसँगको सहकार्यमा जोड दिइएको बताए । सहकारी आम समुदायलाई आर्थिक रुपमा सबल बनाउने र सामाजिक रुपमा सक्षम बनाउने अभियान भएको भन्दै न्यौपानेले स्थानीय तह र सहकारी मिलेर समुदायमा आर्थिक सामाजिक गतिविधिलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय सहकारी महासङ्घका सञ्चालक हुमा कुमारी जिसी ९अञ्जु० ले सहकारीमार्फत समुदायको आर्थिक विकासका लागि सहकारी ऐन नियमको प्रभावकारी कार्यान्वयनसँगै समन्वय र सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x