×

NTC

धनुषा जिल्ला अदालतको फैसलामाथि गम्भीर प्रश्न

EXCLUSIVE : विवादास्पद फैसला– हतियारसहित रंगेहात पक्राउ परेका हत्या आरोपीलाई सफाइ !

असार २३, २०७९

IME BANK INNEWS
Sarbottam
Premier Steels
Marvel

दिनदहाडै गोली चलाएर मान्छे मारेको घटनामा आजीवन कैद सजाय माग गरिएका हत्या आरोपीलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको छ ।

yONNEX
Sagarmatha Cement

न्यायाधीश डा. परशुराम भट्टराईको इजलासले घटनालगत्तै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा हतियारसहित पक्राउ परेका हत्या आरोपी पंकज भनिने दामोदर चौधरीलाई सफाइ दिएको हो ।


Advertisment
RMC TANSEN
shivam ISLAND

उनलाई प्रहरीले २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । २०७६ मंसिर १ गते दर्ता भएको मुद्दामा न्यायाधीश भट्टराईले अभियोगको दाबी नपुग्ने भन्दै सफाइ दिएका हुन् ।


Advertisment
Kumari
MAW JCB

यो मुद्दामा व्यापक आर्थिक चलखेल गरेको आरोप लागेको छ । २०७६ कात्तिक ६ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या गरिएको थियो ।

Vianet communication
Laxmi Bank

शिव आयल पेट्रोल पम्प सञ्चालन गरिरहेका साह आफूले पाउनुपर्ने पैसा उठाउन जाँदा जनकपुरधाम उपमहानगरपालिका- १४ घर भएका पंकज भनिने दामोदरप्रसाद चौधरीले गोली हानी हत्या गरेको भन्दै जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घरमा गएका थिए । पैसा माग्दा विवाद उत्पन्न भएपछि हात हालाहालको स्थिति आएको थियो ।

त्यसैक्रममा गोली प्रहार गरी मनोजको हत्या गरेको आरोप पंकजमाथि लागेको थियो

घटनालगत्तै अमित भागेर प्रहरी चौकीमा पुगेका थिए । घटनास्थलबाट मुजेलिया प्रहरीचौकी जम्माजम्मी सय मिटरको दूरीमा छ ।

तत्काल घटनास्थलमा पुगेको प्रहरीले छिमेकीको घरमा लुकिरहेको अवस्थामा हतियारसहित पंकजलाई नियन्त्रणमा लिएको थियो ।

त्यसक्रममा घटनास्थलबाट अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली तथा पंकजको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउण्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउण्ड गोली बरामद भएको थियो ।

घटनास्थलमा भेटिएको पेस्तोल

पंकज चौधरी निर्माण व्यवसायी हुन् । ठेक्कापट्टाको काम गरिरहेका पंकजले मृतक साहले सञ्चालन गरेको पेट्रोल पम्पबाट उधारोमा डिजेल तथा पेट्रोल लिने गरेका थिए । त्यही उधारोको रकम ८ लाख रुपैयाँ भएको अवस्थामा पैसाको ताकेता गर्न जाँदा पंकजले उनको हत्या गरेको निष्कर्ष जिल्ला प्रहरी कार्यलय धनुषाका तत्कालीन प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले पत्रकार सम्मेलनका क्रममा सुनाएका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइरालाका अनुसार हत्या गर्ने दामोदरप्रसाद चौधरीलाई प्रहरीले वारदातस्थलबाट पेस्तोल र गोलीसहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा चौधरीले आफूले हत्या गरेको स्वीकारेको सरकारी वकिल कोइराला बताउँछन् ।

'आफूले पाउनुपर्ने रकम माग्न चौधरीको घरमै पुग्दा विवाद उत्पन्न भएको थियो । सोही क्रममा चौधरीले पेस्तोल झिकेर साहलाई गोली प्रहार गर्दा मृत्यु भएको कुरा चौधरीले अनुसन्धानका क्रममा स्वीकार गरेका थिए,' सरकारी वकिल कोइरालाले लोकान्तरसँग भने ।

घटनामा संलग्न भएको आरोप चौधरीका ड्राइभर ललित उराउमाथि पनि लागेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ५ घर भएका उराउले धनुषाकै मिथिलाबिहारी गाउँपालिका वडा नम्बर ३ का गौरी मण्डलबाट पेस्तोल खरिद गरेको खुलेको थियो ।

धनुषा जिल्ला अदालतमा मुद्दा अभियोजन गर्ने दिनसम्म उराउ र मण्डल दुवै प्रतिवादी फरार थिए ।

पेस्तोल र गोलीसहित पक्राउ परेका तथा प्रहरी अनुसन्धानका क्रममा हत्या अभियोग स्वीकारेका चौधरीलाई जीवित रहुञ्जेलसम्म कैद सजाय माग गर्दै जिल्ला अदालत धनुषामा मुद्दा अभियोजन गरिएको थियो ।

सरकारी वकिल कोइरालाका अनुसार चौधरीको हकमा जीवित रहेसम्म कैद, ललित उराउको हकमा जन्मकैद र मास्टर भनिने गौरी मण्डलको हकमा हातहतियार तथा खरखजानामा ७ वर्ष कैद तथा ७० हजार रुपैयाँ जरिवानाको मागसहित मुद्दा दायर गरिएको थियो ।

चौधरीलाई जिल्ला अदालत धनुषाले २०७६ मंसिर ४ गते पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो ।

फरार प्रतिवादी मास्टर भनिने गौरी मण्डल २०७७ असोज २५ गते धनुषा जिल्ला अदालतमा हाजिर भएका थिए । जिल्ला अदालतले मण्डललाई पनि पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो ।

उक्त आदेशविरुद्ध पुनरावेदन गरेका मण्डललाई उच्च अदालत जनकपुरले २०७७ माघ ८ गते २० हजार धरौटीमा रिहा गरेको थियो । अर्का प्रतिवादी ललित उराउ भने हालसम्म फरार छन् ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले उक्त मुद्दामा अभियोग दाबीअनुसार प्रमाण नपुगेका कारण सफाइ दिइएको बताए ।

'अहिले फैसलाको पूर्णपाठ आएको छैन । राय किताबमा लेखिएको कुरा पनि खुलाउन मिल्दैन,' मिश्रले लोकान्तरसँग भने ।

स्रोतका अनुसार सफाइ दिने क्रममा अचम्मको ठहर गरिएको छ । 'मनोज साह (मृतक) ले प्रतिवादी (पंकज चौधरी)माथि गोली चलाउने क्रममा सेल्फ डिफेन्सका लागि हात मर्काउँदा आफैँलाई गोली लागि मृत्यु भएको ठहर फैसलामा गरिएको छ,' जिल्ला अदालत स्रोतले लोकान्तरसँग भन्यो ।

यस विषयमा प्रतिक्रिया माग्दा न्यायाधीश भट्टराईले प्रमाणको अभाव, अदालतमा प्रतिवादीको इन्कारी बयान आदि कारणले सफाइ दिएको जिकिर गरे ।

अदालतमा प्रतिवादीले इन्कारी बयान दिएको, प्रत्यक्षदर्शीका रूपमा पेश गरिएका व्यक्तिका साथै कागज गर्ने अन्य व्यक्तिले पनि अदालतमा बयान फेरेको लगायतका आधारमा सफाइ दिइएको न्यायाधीश भट्टराईले जिकिर गरे ।

जाहेरवाला (मृतकका बुवा) जिबछ साहको मृत्यु भइसकेकाले उनको बयान परीक्षण हुन नसकेको र प्रतिवादीले आफूले गोली नचलाएको बयान दिएको उनले बताए ।

'जाहेरवाला एवं मृतकको बुवा जिबछ साहको मृत्यु भइसकेको छ, उहाँ आउने कुरै भएन । मृतक आफ्नो पैसा लिनका लागि प्रतिवादी भनिएका चौधरीको घरमा जाँदा बन्दुक लिएर गएको बयान अदालतमा दिइएको छ,' न्यायाधीश भट्टराईले भने, 'आफूमाथि गोली प्रहार गर्नेक्रममा सेल्फ डिफेन्सका लागि साहको हात धकेल्दा उसैको हातबाट चलेको गोली लागेर मृत्यु भएको बयान प्रतिवादी चौधरीले दिएका छन् ।'

उनले प्रहरीले प्रमाणका रूपमा पेश गरेको र कागजमा उल्लेख गरेको पेस्तोल समेत मेल नखाएको जिकिर गरे ।

न्यायाधीश भट्टराईले थपे, 'फौजदारी मुद्दामा सरकारी वकिलभन्दा कागजहरू टेस्ट हुनुपर्छ । प्रमाण ऐन २०३१ को दफा १८ र ३२ ले भन्छ-फौजदारी मुद्दामा अभियोग पत्र अथवा अनुसन्धानमा उल्लेख गरिएका विषयको कागज गर्ने मानिसहरूले फेरि अदालतमा पनि आएर सोही किसिमको बयान गर्‍यो भने (मात्र)आरोप प्रमाणित हुन्छ ।'यस मुद्दामा अभियोग पत्र र अदालतमा दिएको बयान फरक परेको जिकिर उनको छ ।

मृतककी दिदीलाई सान्त्वना दिँदै जनकपुरका तत्कालीन मेयर लालकिशोर साह

५० लाख रुपैयाँ घुस लिएको आरोप !

प्रतिवादीबाट ५० लाख रुपैयाँ घुस लिएर सफाइ दिएको आरोप न्यायाधीश भट्टराईमाथि लागेको छ । त्यस विषयमा प्रतिक्रिया माग्दा उनले आरोपको खण्डन गरे ।

आफूले पैसा नलिएको र आफ्नो नाम लिएर कुनै वकिलले पैसा उठाएको भए थाहा नभएको उनको जिकिर छ ।

यस्तो छ उनको जिकिर–

म कस्तो न्यायाधीश हो भनेर म आफैंले सफाइ दिनै पर्दैन । म त्यही न्यायाधीश हुँ,जसले रेशम चौधरीको फैसला गरेको हो । कुमारी आमा भनिने निहारिका सिंहको फैसला पनि मैले नै गरेको हो । अहिलेसम्म मलाई त्यस्तो लाञ्छना लागेको छैन ।

मेरो सिंगो परिवार नै जागिरमा छ । घरमा पनि अलि हुने खाने मान्छे नै हुँ । अर्को कुरा,पहिलेदेखि मेरै इजलासको मुद्दा थियो भने अलि शंका गर्न पनि सकिन्थ्यो,तर एक्कासि फैसला हुने दिन गोला लागेर मेरो इजलासमा आएको हो । यसअघि उक्त मुद्दा २ नम्बर इजलासमा थियो ।

सुनुवाइका क्रममा वकिलसा'बहरू सबै आउनुभयो । मुद्दा हटाउनु पनि भएन । सरकारी वकिलले पनि आएर बहस गर्नुभयो । मैले निर्धक्क भएर यो मुद्दामा सफाइ दिन मिल्छ भनेर नै सफाइ दिएको हुँ ।

घुस लिएको प्रमाण भए त मलाई जाँच गरे भइगयो नि ! बाहिर वकिलले मेरो नाममा पैसा खाएको हो भने मलाई त्यस विषयमा थाहा छैन ।

पढ्नुहोस्, सम्बन्धित समाचार :

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
मंसिर १२, २०८०

प्रधानमन्त्री संरक्षक रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषमा सदस्य सचिवदेखि सदस्यसम्मको नियुक्ति गैरकानूनी रहेको पाइएको छ । कोषको कार्यकारी प्रमुख समेत रहेका सदस्य सचिव शरदचन्द्र अधिकारीसहित सदस्यहरूको नियुक्ति गैरकान...

मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

जेठ ७, २०८०

नक्कली शरणार्थी प्रकरणका मुख्य राजनीतिक बिचौलिया बेचन झाबारे खुलासा भएपछि उच्चपदस्थ राजनीतिक व्यक्तित्वहरू समेत तानिन सक्ने देखिएको छ । उच्च स्रोतका अनुसार झा तिनै व्यक्ति हुन्, जसले तत्कालीन प्रधानमन्त्रीपत्नी आरज...

माघ २५, २०७९

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई सुरक्षा चुनौती दिइरहेको बसेरा बुटिक होटलको ११ तले भवन भत्काउनु पर्ने निष्कर्षसहितको सुझाव सरकारी छानबिन समितिले दिएको खुलासा भएको छ । तर, समितिले दिएको प्रतिवेदनला...

भदौ २२, २०८०

पछिल्लो ३ वर्षमा देशभरका सरकारी अस्पतालमा झण्डै २ अर्ब मूल्यका भेन्टिलेटर पुर्‍याइए पनि लापरबाहीका कारण सञ्चालनमै नआई अलपत्र परेको पाइएको छ । संघ, प्रदेश र स्थानीय सरकारले छुट्टाछुट्टै किनेका, अस्पताल आफैं...

भदौ ७, २०८०

उर्लाबारीबाट २०७४ चैत पहिलो साता एउटा टोली काठमाडौं आयो । जो पीडित छ, उसैलाई प्रहरीले ज्यान मुद्दा लगाएको भनी टोलीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’समक्ष अर्जी गर्‍यो । कुरा सुने...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x