पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
असार २४, २०७९
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरूले नेपाल नागरिकता (पहिलो संशोधन विधेयक २०७५ फिर्ता नलिन माग गरेका छन् । उनीहरूले ४ वर्षदेखि प्रतिनिधिसभामा विचाराधीन उक्त विधेयक फिर्ता लिने सरकारको निर्णय असंवैधानिक भएको पनि बताएका छन् ।
शुक्रवारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले उक्त विधेयक फिर्ता लिने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावको विरोध गर्दै एमाले सांसद कृष्णभक्त पोखरेलले विधेयक फिर्ता लिने निर्णय गरेर सरकारले संसदीय प्रणालीलाई नै चुनौती दिएको बताए ।
उनले विधेयक पारित गर्न हुन्छ कि हुँदैन भनेर हात उठाउँदा पारित हुने अवस्थामा रहेको दाबी गरेका छन् । अर्को विधेयक शून्य अवस्थाबाट शुरू गर्दा पारित हुने सुनिश्चितता नरहेको उनको भनाइ छ ।
सांसद पोखरेलले विधेयक फिर्ता लिने सरकारको निर्णयले नागरिकताको पर्खाइमा रहेका धेरै जनतालाई निराश बनाएको बताएका छन् । उक्त विधेयकबारे छलफल गर्न ३४ वटा औपचारिक बैठक र धेरै अनौपचारिक बैठक बसेको उल्लेख गर्दै उनले सरकारको निर्णयले संसदीय प्रणालीमै चुनौती थपेको बताए । उनले सरकार जनताको अधिकार सुनिश्चितता गर्ने दिशामा गम्भिर नभएको आरोप पनि लगाएका छन् ।
त्यस्तै, एमालेकै अर्का सांसद भीम रावलले विधेयक फिर्ता लिने प्रस्ताव संवैधानिक, कानूनी, लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासको प्रतिकूल रहेको बताएका छन् । उनले सरकारले नागरिकता विधेयकलाई राजनीतिक स्वार्थको हतियार बनाउन खोजेको आरोप लगाए ।
अर्का सांसद शेरबहादुर तामाङले नागरिकता विधेयक संसदबाट फिर्ता लिने प्रस्ताव अनुपयुक्त भएको टिप्पणी गरेका छन् । उनले विचाराधीन विधेयकलाई पारित गर्नुपर्ने बताए ।
नयाँ नागरिकता विधेयक ल्याउँदा सबै प्रक्रिया पूरा गरी पारित गर्ने समय नै यो संसदसँग नरहने उनको तर्क छ । विधेयक फिर्ता लिएर सरकारले संविधानको धारा १० को उल्लंघन गरेको तामाङको दाबी छ ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...