×

NMB BANK
NIC ASIA

टिप्पणी

वामपन्थी एकताको ‘रसायन’ बन्ला चिनियाँ कम्युनिष्ट नेताको नेपाल भ्रमण ?

असार २५, २०७९

NTC
Premier Steels

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियान चाओ आइतवार (भोलि) काठमाडौं ओर्लिँदै छन् । 

Muktinath Bank

चार दिन काठमाडौंमा बिताउने गरी आउन लागेका लिउले नेपालका ठूला कम्युनिष्ट पार्टीका अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपतिलाई भेट्ने तय भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सीपीसीको विदेश विभाग प्रमुख नियुक्त भएलगत्तै लिउले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भर्चुअल संवाद गरेका थिए । 


Advertisment
Nabil box
Kumari

गत असार ९ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र असार १० मा नेकपा एमालेका अध्यक्ष ओलीसँग कुराकानी गरेका थिए । त्यसपछि भने उनले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग असार १६ मा भर्चुअल संवाद गरेका थिए ।

Vianet communication

चीनले नेपालका कम्युनिष्ट पार्टीमा विशेष चासोसहित प्राथमिकता दिँदै आएको छ । लिउको नेपाल भ्रमण नेपालमा रहेका कम्युनिष्ट पार्टीलाई जोड्ने ‘रसायन’ बन्न सक्ने सम्भावनाको रूपमा व्याख्या हुने गरेको छ । 

नेपालमा पश्चिमा देशहरूको प्रभाव बढेको र नेपालको कम्युनिष्ट शक्तिलाई एकत्रित गर्न सके त्यसैका बलमा नेपालमा चीनको उपस्थिति बलियो बनाउन सकिने बुझाइ चीनको रहेको चीन मामिला जानकारहरू बताउँछन् । 

पछिल्लो समय चीनले कम्युनिष्ट पार्टीहरूसँग मात्रै नभएर नेपाली कांग्रेससँग पनि उत्तिकै बलियो सम्बन्ध विस्तार गर्न चाहेको चीन मामिलाका जानकारहरूको दाबी छ । 

यसअघि नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी बन्दा पनि चीन फ्याक्टरको चर्चा हुने गरेको थियो । तर, दुवै पार्टीका नेताहरूले त्यसलाई नकार्ने गरेका थिए । 

नेकपाका तत्कालीन दुई अध्यक्ष केपी ओली र प्रचण्डको खटपट शुरू भएपछि त्यसलाई मिलाउन नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको दौडधुप र चिनियाँ अधिकारीहरूको काठमाडौंमा भएको बाक्लो आवागमनले नेपालको कम्युनिष्ट पार्टीमा उनीहरूको रूचि पुष्टि भएको थियो । 

एमाले र माओवादी केन्द्र एकीकृत हुने घोषणा गरेर २०७४ मा संयुक्त रुपमा चुनाव लडेका थिए । एउटै पार्टी बनाउने उनीहरूको घोषणालाई मतदाताले पनि अनुमोदन गरिदिएका थिए । 

नेकपा विभाजनपछि एमाले पनि एकीकृत रहन सकेन । माधव नेपालको नेतृत्वमा एमालेबाट छुट्टिएको टीमले एकीकृत समाजवादी गठन गरेको छ । एमालेमै तत्कालीन वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेका वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका छन् । 

दुईतिहाइ नजिकको मत ल्याएर नेकपाले एकलौटी सरकार बनाएको थियो । नेपालमा नेकपाको बलियो सरकार भएको बेला २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको दुई दिने राजकीय भ्रमण गरेका थिए । 

चीनबाट राष्ट्रपतिको तहमा २३ वर्षपछि सी चिनफिङ नै पहिलो पटक नेपाल भ्रमणमा आएका थिए । उनको भ्रमणले नेपालमा कम्युनिष्ट पार्टी बलियो बनेकोमा चीन खुशी भएको अर्थमा बुझ्न सकिन्थ्यो । 

तर, दुई पार्टी मिलेर बनेको नेकपा लामो समय टिकेन । नेकपाभित्रको कलह व्यवस्थापन हुन नसक्दा तत्कालीन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरिदिए । त्यसले नेकपामा स्पष्ट दुई धार देखियो ।

प्रचण्ड र माधव नेपालले ओलीविरुद्ध देशव्यापी आन्दोलन र प्रदर्शन गरे । २०७७ फागुन २३ मा सर्वोच्च अदालतको आदेशपछि एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा छुट्टिएपछि एकीकृत नेकपाको अस्तित्व बिलायो । 

अहिलेसम्म तत्कालीन नेकपा चार टुक्रामा विभाजित भएको छ । नेकपाबाट फर्किएर पूर्ववत् एमाले र माओवादी केन्द्र बन्यो । 

नेकपा विभाजनपछि एमाले पनि एकीकृत रहन सकेन । माधव नेपालको नेतृत्वमा एमालेबाट छुट्टिएको टीमले एकीकृत समाजवादी गठन गरेको छ । एमालेमै तत्कालीन वरिष्ठ उपाध्यक्षको भूमिकामा रहेका वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान गठन गरेका छन् । 

समाजवादी केन्द्रमार्फत् एउटै कम्युनिष्ट मोर्चा बनाउनेमा शीर्ष नेताहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहमत देखिएका छन् । 

नेकपाबाट छुट्टिएकामध्ये एमाले एक्लै छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी सत्ता सहयात्रामा छन् । वामदेव गौतम प्रचण्ड र माधव नेपालसँग निरन्तर संवादमा छन् । एमाले अध्यक्ष ओलीसँग भने प्रचण्ड र माधव नेपालको संवाद समेत हुने अवस्था छैन । 

अर्कोेतर्फ, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचन अगाडि नै माओवादी घटकहरू एक हुने बताउँदै आएका छन् । माओवादी घटकहरूबीच पार्टी एकता गर्ने र अन्य कम्युनिष्ट शक्तिहरू पार्टी एकता गर्न सहमत हुँदा एउटै पार्टी बनाउने र सम्भव नहुँदा समाजवादी केन्द्र बनाएर एउटै कम्युनिष्ट मोर्चा बनाउने बताउँदै आएका छन् । 

समाजवादी केन्द्रमार्फत् एउटै कम्युनिष्ट मोर्चा बनाउनेमा शीर्ष नेताहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहमत देखिएका छन् । 

असार १९ गते वामदेव गौतमकै पहलमा तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरू उपस्थित भएर सके पार्टी एकता गर्ने र नसके कम्युनिष्ट मोर्चा बनाउने बारेमा छलफल गरे ।

ललितपुरको सातदोबाटोको एक घरमा भएको नेताहरूको छलफलमा वामदेव गौतमले माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पार्टी एकता गर्न सल्लाह दिएका थिए । उक्त दुई पार्टी एक भएमा आफू पनि त्यसमा सहभागी हुने र एमालेसँग एकताको पहल गर्ने गौतमले नेताहरूलाई बताएको उनी निकट स्रोतले बताएको छ । 

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल आगामी निर्वाचनअघि नै कम्युनिष्ट पार्टीहरूको बीचमा मोर्चा बन्ने सम्भावनालाई नकार्दैनन् । ‘पार्टीहरूको बीचमा छलफल हुँदै जाँदा वामपन्थी मोर्चा बन्ने कुरा असम्भव छैन,’ भुसालले भने । 

माओवादी केन्द्रका नेताहरू पनि समाजवादी केन्द्र बनाउने कुरामा सकारात्मक छन् । माओवादी केन्द्रको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठक प्रचण्डले पेश गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा पार्टी एकता गर्ने र समाजवादी मोर्चा बनाउने कुरा उल्लेख गरिएको थियो । त्यसलाई बैठकले अनुमोदन गरेको छ । 

शिक्षामन्त्रीसमेत रहेका माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले माओवादी केन्द्रबाट छुट्टिएका डा. बाबुराम भट्टराईलाई समेत समेटेर समाजवादी केन्द्र बनाउने प्रयास भइरहेको बताउँछन् । तर, भट्टराईले भने कम्युनिष्ट पार्टीप्रति वितृष्णा व्यक्त गरेका छन् । 

सीपीसीमा भर्खरै विदेश विभाग प्रमुख नियुक्त भएको र छिमेकमा रहेका कम्युनिष्ट पार्टीहरूसँग सम्बन्ध सुधारमा लिउ जियान चाओको भ्रमण केन्द्रित छ । तर, कम्युनिष्ट पार्टीहरूलाई मिलेर अघि बढाउन उनले विशेष रुचिका साथ नेताहरूसँग संवाद गर्न सक्नेमा एमाले र माओवादी केन्द्रका नेताहरू सहमत छन् । 

चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीहरूले नेपालमा विशेष गरी एमाले र माओवादी केन्द्रका अध्यक्षहरूसँग निरन्तर संवाद गरिरहेका छन् । भर्चुअलरूपमा उनीहरूको संवाद हुने गरेको छ । 

तत्कालीन नेकपा विभाजनको संघारमा पुगेपछि सीपीसीका तत्कालीन विदेश विभाग उपप्रमुख कुओ येचौ नेतृत्वको चार सदस्यीय टोली नेपाल आएर नेताहरूबीचको विवाद समाधानको प्रयास गरेको थियो । 

२०७८ चैत ११ मा नेपाल भ्रमणमा आएका चिनियाँ विदेश मन्त्री वाङ यीले पनि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षलाई छुट्टाछुट्टै भेट गरेका थिए । 

नेपालले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता अनुमोदन गरेपछि नेपाल र चीनको सम्बन्धमा चिसोपना आएका बेला वाङ यीको नेपाल भ्रमण भएको थियो । 

एमसीसी अनुमोदनपछि नेपालमा बढेको अमेरिकी सक्रियतासँग पनि चीन सशंकित छ । अझ, नेपालको हिमाली क्षेत्रमा अमेरिकी सैनिकहरूले परेड खेल्ने गरी अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसीप प्रोग्रामसम्बन्धी सम्झौताको मस्यौदा सार्वजनिक भएपछि चीनले नेपालमा आफ्नो बलियो उपस्थिति बनाउन चाहेको चीनका लागि नेपालका पूर्वराजदूतहरू र चीन मामिलाका जानकारहरू बताउँछन् ।

त्यसका लागि उनीहरू नेपालको कम्युनिष्ट शक्ति नै बलियो रुपमा स्थापित होस् भन्ने चाहेको रुपमा बुझ्न सकिने चीन मामिलाका जानकारहरूको भनाइ छ । 

सीपीसीमा भर्खरै विदेश विभाग प्रमुख नियुक्त भएको र छिमेकमा रहेका कम्युनिष्ट पार्टीहरूसँग सम्बन्ध सुधारमा लिउ जियान चाओको भ्रमण केन्द्रित छ । तर, कम्युनिष्ट पार्टीहरूलाई मिलेर अघि बढाउन उनले विशेष रुचिका साथ नेताहरूसँग संवाद गर्न सक्नेमा एमाले र माओवादी केन्द्रका नेताहरू सहमत छन् । 

आइतवारदेखि बुधवारसम्म काठमाडौंमा हुने लिउको दौडधुपपछि मात्रै उनको भ्रमणको अन्तर्य खुल्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x