×

NIC ASIA

साढे १२ लाख मूल्यको भन्सार छलीको चिनी बरामद

असार २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

भन्सार छलेर भारतबाट नेपाल भित्र्याइँदै गरेको १२ लाख बढी मूल्यको चिनी प्रहरीले पश्चिम नवलपरासीको बर्दघाट बजारबाट बरामद गरेको छ । 

Muktinath Bank

पछिल्लो समय जिल्लाका सीमावर्ती नाकाबाट चिनी तस्करी हुने गरे पनि वास्ता नगरेको भन्दै आलोचना बढेपछि प्रहरीले सक्रियता बढाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीको सक्रियतासँगै दैनिकजसो चिनीसहितका अवैध सामान बरामद हुन थालेका छन् । 


Advertisment
Nabil box
Kumari

आइतवार बिहान मात्र ट्रकमा लोड गरी लैजाँदै गरेको तस्करीको चिनीलाई प्रहरीले बर्दघाटको टीसीएन चोकबाट बरामद गरेको हो । 

Vianet communication

ना ६ ख २३८८ नम्बरको ट्रकमा लोड गरी चितवनतर्फ लैजान लागेको ४१८ बोरा चिनीको तौल २० हजार ८९४ किलो छ । जसको मूल्य १२ लाख ५३ हजार कायम गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नायव उपरीक्षक (डीएसपी) प्रेमबहादुर शाहीले जानकारी दिए । 

नाकाहरूबाट दैनिक १० देखि १२ ट्रक चिनी तस्करी हुने गरेको आलोचनापश्चात लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी नलप्रसाद उपाध्यायले जिल्लासहित मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका थिए । चिनीसहित कपडा, खसी बोकालगायतको तस्करी बढेपछि प्रदेश प्रहरीले पनि छुट्टै निगरानी बढाएको प्रदेश प्रहरी स्रोतले बताएको छ ।

त्यसैगरी आइतवार नै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख २०१५ नम्बरको यात्रुवाहक बसबाट भन्सार छलेर ल्याएको एक लाख ५७ हजार बराबरको लेडिज सुट, जेन्स टिसर्ट, टप्सलगायतका कपडा बरामद भएको डीएसपी शाहीले जानकारी दिए । 

बरामद भएको ट्रकसहितको मालवस्तु आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x