×

NMB BANK
NIC ASIA

राप्रपा महिला संगठनको बैठकमा कुटाकुट

असार २६, २०७९

NTC
Premier Steels

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महिला संगठनको बैठकमा कुटाकुट भएको छ । 

Muktinath Bank

आइतवार धुम्बाराहीमा बसेको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको बैठकमा कुटाकुट भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संगठनकी प्रवक्ता निर्मला न्यौपानेले सुनियोजित तरिकाले आफूहरूमाथि कुटपिट भएको बताइन् । 


Advertisment
Nabil box
Kumari

बैठक चल्दै गर्दा असन्तुष्ट पक्ष भनिएका कुमारी तामाङलगायतको समूह कुटपिटमा उत्रिएको उनको भनाइ छ । 

Vianet communication

‘महामन्त्री कुन्ती शाहीलाई पछि बोलाइयो, उहाँले तातो चिया महिलाहरूमाथि खनाउनुभयो, मलाई लछारपछार गर्नुभयो,’ न्यौपानेले लोकान्तरसँग भनिन्, ‘एक जना दाइ आएर मलाई जोगाउनुभयो, रविना शाहीलाई अझै बढी चोट लागेको छ ।’

उनका अनुसार महिला हिंसाविरुद्ध एवं महिला अधिकारका विषयमा गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने विषयमा छलफल भइरहेको थियो । सोही बेला कुटपिट भएको उनले बताइन् । 

‘अध्यक्ष अञ्जना शाह रावलले राप्रपामा भएका सबै महिला दिदीबहिनीहरूलाई बोलाएर सुझाव माग्नु भएको थियो, ज्ञापनपत्र बुझाउँदा र्‍याली गर्ने, सोलोगनहरू के-के लेख्ने विषयमा छलफल भइरहेको थियो,’ उनले भनिन्, ‘त्यही बेला बाहिरका मान्छेहरू ल्याएर सुनियोजित तरिकाले हामीमाथि आक्रमण भयो ।’

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले अञ्जना शाह रावललाई केही दिनअघि महिला संगठनको अध्यक्षमा चयन गरेका थिए । असन्तुष्ट पक्षले भने शाहलाई अध्यक्ष स्वीकार गरेका छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x