×

NMB BANK
NIC ASIA

सांसद देवको दाबीः नेपाल श्रीलंकाको बाटोमा छैन, यसबारे म ढुक्क छु

असार २८, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

नेपाली कांग्रेसका सांसद जितेन्द्र नारायण देवले नेपाल श्रीलंकाजस्तो आर्थिक संकटतर्फ नगएको दाबी गरेका छन् । 

Muktinath Bank

मंगलबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल श्रीलंकाजस्तो आर्थिक संकटतर्फ नगएको दाबी गरेका हुन् । यद्यपि, नेपालले पनि सतर्कता भने अपनाउनु पर्ने उनको सुझाव छ । ‘श्रीलंका के कति कारणले यहाँसम्म आइपुग्यो, त्यसको अध्ययन गर्न जरुरी छ,’ उनले भने, ‘म यो कुरामा ढुक्क छ कि नेपाल त्यतातिर भने गइराखेको छैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लोसमय प्रमुख राजनीतिक दलका नेताहरूले नै मुलुक श्रीलंकाको बाटोमा गइरहेको अभिव्यक्ति दिइरहेका छन् । सांसद देवले हल्ला गरिएजस्तो नेपाल श्रीलंकाको बाटोमा नरहेको भन्दै गैर जिम्मेवार अभिव्यक्ति नदिन सबैलाई आग्रह गरे । 


Advertisment
Nabil box
Kumari

उनले कोभिड तथा रसिया–युक्रेनको युद्धलाई देखाएर समस्याबाट पन्छिन खोज्नु मुर्खता भएको बताएका छन् । यो देशप्रति गद्दारी हुने उनको तर्क छ । 

Vianet communication

सांसद देवले श्रीलंकाले दुई दशकदेखि निरन्तर गलत आर्थिक नीति अपनाउँदै आएको दाबी गरेका छन् । त्यस्तै भ्रष्टाचार, कमिशनतन्त्र र परिवारवादको कारणले गर्दा श्रीलंकाको अहिलेको हालत भएको उनको भनाइ छ । 
उनले नेपालले कस्तो किसिमको ऋण लिने र कस्तो नलिने भन्ने विषयमा अर्थशास्त्री, राज्य सञ्चालक र मुख्य राजनीतिक शक्तिहरूका बीचमा बहस हुनुपर्ने बताए । सरकारले अहिले लिएको आर्थिक नीति सही भएको उनको दाबी छ । अहिलको नीतिले उत्पादन र निर्यात बढाउने तथा आयात घटाउने उनको विश्वास छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x