×

NMB BANK
NIC ASIA

उपसभामुख र उपाध्यक्ष पदमा महिला नहुनु लाजमर्दो भयोः वामदेव गौतम

असार २८, २०७९

NTC
फाइल तस्बिर
Premier Steels

राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर-जिम्मेवारीपनका कारण संघीय संसद्को उपसभामुख र उपाध्यक्षको पदपूर्ति हुन नसकेको बताएका छन् । 

Muktinath Bank

मंगलवार राष्ट्रियसभाको विशेष समयमा बोल्दै गौतमले प्रतिनिधिसभाको उपसभामुख र राष्ट्रियसभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताएका हुन् । ‘यदि पुरुष सदस्य पद रिक्त भएको खण्डमा दलहरुले तुरुन्तै पद पूर्ति गरिहाल्थे,’ उनले भने, ‘महिला नियुक्त गर्नुपर्ने भएकाले प्रतिनिधिसभामा ४ वर्ष र राष्ट्रियसभामा करिब ४ महिना यता पदपूर्ति हुन नसकेको छैन ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गौतमले संविधानको धारा ९२ मा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष भन्ने व्यवस्था गरेको भन्दै उपाध्यक्ष बिनाको अध्यक्षको परिकल्पना गर्न नसकिने उल्लेख गरे । उनले दुईमध्ये कुनै एक पदमा महिला अनिवार्य हुने कुरा संविधानले नै उल्लेख गरेको भन्दै पुरुष नभए पनि हुने तर महिला अनिवार्य हुनुपर्ने दाबी गरे ।


Advertisment
Nabil box
Kumari

उनले आफू संविधान निर्माता मध्येको एक भएकाले संविधानविपरीत भइरहेका गतिविधि सहन नसक्ने चेतावनी दिए । ‘म संविधान निर्माता पनि हो । मेरो हक हुन्छ कि, मैले निर्माण गरेको संविधानका हरेक विषयमा व्याख्या गर्ने अधिकार राख्छु,’ गौतमले भने । 

Vianet communication

उनले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला हुँदा पनि संविधानको भावनालाई असर नगर्ने बताए । रिक्त पद पूर्तिका लागि सरकार, राजनीतिक दल र संसदले नै चासो नदेखाउनु दुःखद् भएको गौतमको भनाइ छ । 

गौतमले राष्ट्रियसभाका ४ समितिमध्ये ३ वटामा सभापति नरहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, राष्ट्रियसभाका अध्यक्ष र कार्यव्यवस्था समितिको ध्यानाकर्षण गराए । सरकार र राजनीतिक दलहरुको लापरबाहीविरुद्ध महिला सांसदहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x