×

NMB BANK
NIC ASIA

अन्यत्र जेसुकै होस्, सिन्धुपाल्चोकमा मैले टिकट पाइन भने विद्रोह हुन्छः मोहन बस्नेत

असार २८, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले आगामी निर्वाचनमा आफूले सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यको टिकट पाउनुपर्ने दाबी गरेका छन् । 

Muktinath Bank

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै बस्नेतले अन्यत्र गठबन्धन भए पनि सिन्धुपाल्चोकमा आफूले टिकट पाउनुपर्ने दाबी गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारूढ गठबन्धनले चुनावी तालमेल गर्दा सभामुख अग्नी सापकोटालाई टिकट दिएर आफूलाई बञ्चित गर्ने डरमा रहेका बस्नेतले आफ्नो टिकट नखोस्न अहिल्यैबाट चेतावनी दिएका छन् ।


Advertisment
Nabil box
Kumari

सापकोटा र बस्नेतको निर्वाचन क्षेत्र एउटै हो । उनीहरू सिन्धुपाल्चोकको क्षेत्र नम्बर–१ बाट उम्मेदवार हुँदै आएका छन् । अघिल्लो पटक वाम तालमेल हुँदा सापकोटा विजयी भएका थिए भने बस्नेत दोस्रो भएका थिए । 

Vianet communication

केन्द्रीय समिति बैठकमा बस्नेतले भने, ‘म गठबन्धनको विपक्षमा छैन । प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि गठबन्धन गरौँ । तर, मेरो निर्वाचन क्षेत्र सिन्धुपाल्चोकमा मेरो सिट धरापमा प¥यो र म उमेदवार बन्न पाइनँ भने त्यहाँ विद्रोह हुन्छ ।’

बस्नेतले २०७४ मा निर्वाचन हारेदेखि नै उनले आगामी निर्वाचनको तयारी गरिरहेका छन् । उनी सोही निर्वाचन क्षेत्रबाट २०५४ र २०७० मा गरेर दुई पटक सांसद निर्वाचित भएका थिए । 

२०७० मा निर्वाचन जितेपछि उनी सञ्चारमन्त्री समेत बनेका थिए । २०६४ मा भने उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए ।

आगामी चुनावबाट बस्नेत कुनै पनि हालतमा सांसद बन्ने तयारीमा लागेका छन् । 

सिन्धुपाल्चोकमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेलेको प्रयास गरिरहेको छ । देशभर अन्यत्र जेसुकै भए पनि सिन्धुपाल्चोकमा भने वामपन्थी गठबन्धन बनाउने एमालेको प्रयास छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x