×

NMB BANK
NIC ASIA

नागरिकता विधेयक पारित गर्नमा सहयोग गर्न सांसदहरूलाई गृहमन्त्री खाँणको आग्रह

असार २९, २०७९

NTC
Premier Steels

गृहमन्त्री बालकृष्ण खाँणले संसदमा पेश गरिएको ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’लाई पारित गर्न सहयोग गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।

Muktinath Bank

लाखौं नेपाली नागरिकलाई नागरिकता पाउने अधिकारबाट वञ्चित हुन नदिन सरकारले संविधान अनुसार विधेयक ल्याएको उल्लेख गर्दै त्यसलाई पारित गर्न सहयोग गर्न उनले सांसदहरूलाई अनुरोध गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक मुलुकको सार्वभौमिकता प्रतिकूल रहेको भन्दै सांसदहरू डा. भीमबहादुर रावल, शेरबहादुर तामाङ र प्रेम सुवालले विरोधको सूचना पेश गरेका थिए । मन्त्री खाँणले संविधानको प्रावधान अनुसार अघि बढाएको विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटक–पटक दोहोर्‍याए ।


Advertisment
Nabil box
Kumari

गृहमन्त्री खाँणले संविधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित गराउन नमिल्ने व्यवस्था गरेको उल्लेख गर्दै सोही अनुसार विधेयक सरकारले ल्याएको बताए ।

Vianet communication

उनले भने, ‘संविधानको प्रावधान अनुसार नै सरकारले यो विधेयकलाई अघि बढाएको हो । त्यसकारण सरकारको नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ लाई अगाडि बढाएर यसलाई पास गर्न सकियोस् र पारित विधेयकलाई हामीले ऐन बनाउन सकौं । नागरिकता प्रदान गर्ने कामलाई हामीले अगाडि बढाउन सकियोस् उद्देश्यका साथ नै ल्याइएको कारणले म माननीयज्यूहरूलाई आफ्नो विरोधको सूचना फिर्ता गरेर त्यो नागरिकता विधेयकलाई अघि बढाउने र पास गर्ने क्रममा सहयोग पुर्‍याउन हार्दिक आग्रह गर्न चाहन्छु र अहिले यो विधेयकलाई अगाडि बढाइसकेपछि विधेयकमा भएका बुँदाहरूमा, दफाहरूमा छलफल हुने नै छन् । यसलाई एउटा परिस्कृत विधेयकको रूपमा संविधानको जे प्रावधान छ, नागरिक सम्बन्धी । हामी सबैले मिलरै बनाएको संविधान हो । लिखित संविधान छ । हाम्रो संविधानको नागरिकता सम्बन्धी प्रावधानमा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन नै भनिएको छ । त्यसैले बुवा पनि नेपाली, आमा पनि नेपाली तर लाखौं नेपाली नागरिकहरूले नागरिकता नपाएको अवस्था छ । त्यसैले कुनै पनि नेपाली नागरिक नागरिक प्राप्त गर्ने हकबाट वञ्चित नहुने भनेरै यो विधेयकलाई अगाडि बढाइएको हो । त्यसकारण विरोधको सूचना पेश गर्ने माननीयजीहरूले जुन विचारहरू राख्नुभएको छ, त्यसलाई संवेदनशील रूपमा लिँदै यो विधेयकलाई अगाडि बढाउने क्रममा उहाँहरूको पनि साथ र सहयोग प्राप्त होस् भन्ने सरकारको तर्फबाट म आग्रह गर्दछु ।’

मन्त्री खाँणले आफ्नो विरोधको सूचना फिर्ता गरेर पनि विधेयकलाई संसदबाट पारित गराउन सांसदहरूले सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x