पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन नसकेको कारणबारे आफूलाई पनि थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
३ दिने भारत भ्रमणबाट आइतवार स्वदेश फर्किएका प्रचण्डले विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै मोदीसँगको भेट अन्तिम समयमा आएर सम्भव नभएको बताए ।
‘आज दिउँसो १ बजे उहाँसँग भेट हुने भनिएको थियो । हामी त्यसैअनुसार भारतीय जनता पार्टीको कार्यालयबाट निस्किएका थियौं । होटल जाँदै गर्दा बाटोमा उहाँसँग भेट सम्भव नभएको सन्देश आयो,’ प्रचण्डले भने, ‘किन भेट हुन सकेन भन्ने कुरा तपाईंहरूजस्तै मलाई पनि जानकारी छैन ।’
पार्टी अध्यक्षको निम्तोमा आएपछि अध्यक्षसँगको भेट नै क्लाइमेक्स हो भनेर पनि भेट नभएको हुनसक्ने चर्चा दिल्लीमा भएको उनले बताए ।
अर्कोतर्फ भारतमा धेरै ठाउँमा डुबान भएको, मोदी हिजो त्यसको निरीक्षणमा गएका र त्यसैकारण व्यस्त सेड्युल बनेर पनि भेट नभएको हुनसक्ने प्रचण्डले अनुमान गरे ।
उनी भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने बताइएको थियो तर आफूले भन्नुपर्ने कुराहरू भारतीय अधिकारीसँग भनेकाले भेट नभएकोमा आफूलाई कुनै गुनासो नभएको प्रचण्डले बताए ।
‘मैले भन्नुपर्ने कुरा सरकारका अधिकारी र पार्टीका नेताहरूलाई भनिसकेको थिए । भाजपाका अध्यक्षसँगै विशेष कुराकानी भइसकेको थियो,’ उनले भने ।
भारत भ्रमणको क्रममा सन् १९५० को सन्धि, ईपीजीको प्रतिवेदन सार्वजनिक गर्ने, व्यापार घाटा सन्तुलित गर्ने, इन्धनको मूल्य घटाउने लगायतका विषयमा कुराकानी भएको प्रचण्डले बताए ।
भारत भ्रमणको क्रममा आफूले भारतीय पक्षबाट न्यानो स्वागत पाएको पनि उनले बताए ।
‘म प्रधानमन्त्रीको रूपमा जाँदा र अहिले जाँदा उहाँहरूले गरेको स्वागतमा खासै भिन्नता थिएन । विमानस्थलदेखि नै न्यायो आतिथ्यता पाएँ,’ प्रचण्डले भने ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...