कात्तिक २२, २०८०
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई पूर्णता दिनुपर्ने माग गर्दै पार्टी सभापति शेरबहादुर देउवा इतर समूहले राजधानीमा भेला राखेको छ । नेविसंघको अध्यक्ष पदमा मात्रै सभापति देउवाले मनोनयन गरेर कच्चा काम गरेको उनीहरुको आरोप छ ।
सोमबार वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गमा भेलाको संयोजन गरेकी नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य एलिजा ढकालले नेपाल विद्यार्थी संघ नेतृत्वबिहीन बनेको भन्दै छिटो भन्दा छिटो पूर्णता दिन आह्वान गरिन् ।
ढकालले अध्यक्ष मात्रैले सिङ्गो संगठनको प्रतिनिधित्व गर्न नसक्ने बताइन् । नेपाल विद्यार्थी संघको सभापति भएर पटक–पटक पार्टी सभापतिका साथै प्रधानमन्त्री शेरबहादुर देउवाले नेविसंघको पूर्णतामा जाँगर नदेखाएकोमा दुख व्यक्त गरिन् ।
भेलामा नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री दिपक भट्टराई, नेविसंघ पूर्व केन्द्रीय सदस्य एलिजा ढकाल, सुशील तिमल्सिना, पुजन गन्दर्भ, प्रतिमा भट्ट, महाधिवेशन प्रतिनिधि पूजा फुयाँल, त्रिभुवन विश्वविद्यालयका सिनेट सदस्य पंकज क्षेत्री, नेविसंघ नेता किशोर गुरुङ, जगत शंकर पौडेल, राजेश्वर कमली,प्रबिण घिमिरे लगायतको उपस्थित थियो ।
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...