माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
साउन ३, २०७९
प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट प्रहरी नायब उपरीक्षक (डीएसपी)मा एकैदिन बढुवा भएका बुवाछोरा अहिले चर्चामा छन् ।
प्रहरी प्रधान कार्यालयले साउन २ गते ३४ जनालाई डीएसपीमा बढुवा गर्दा जनपद प्रहरी समूहतर्फ कास्कीको माछापुच्छ्रे गाउँपालिकाका राजेन्द्र अधिकारी र प्राविधिक प्रहरी समूहतर्फ उनका कान्छा छोरा ध्रुव अधिकारी एकसाथ बढुवा भएका हुन् ।
आफूले प्रहरी सेवा थालेको २८ वर्षपछि छोरासँगै डीएसपीमा बढुवा हुन पाउँदा राजेन्द्रको खुशीको कुनै सीमा छैन ।
‘बाबुछोरा एकैचोटी बढुवा हुन पाउँदै निकै खुशी लागेको छ, त्यसको सीमा नै छैन,’ बुवा राजेन्द्रले लोकान्तरसँग भने, ‘प्रहरीमा प्रमोसन त्यसै पनि धेरै खुशीको कुरा हो, त्यो पनि एकैदिन बाबुछोरा बढुवा हुँदा कति खुशी मिल्ला आफैं अनुमान लगाउनुस् ।’
छोराहरूलाई इन्जिनियरिङ पढाएका राजेन्द्रका जेठा छोरा प्रोफेसर इन्जिनियर हुन् । कान्छा ध्रुवसँगै बढुवा भएका छन् ।
विगत सम्झँदै राजेन्द्र भन्छन्, ‘छोराले इन्जिनियरिङ गरेर नाम कमाउँला भनेर पढाएको थिएँ, थाहा नै नदिई प्रहरीमा भर्ना हुन फारम भरेछ, नाम निस्केपछि मात्र मैले थाहा पाएको थिएँ ।’
प्रहरी सेवामा रहेर काम गर्ने छोराको चाहनालाई आफूले सपोर्ट गर्दै आएको उनको भनाइ छ ।
राजेन्द्र २०५१ सालमा प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना भएका थिए । त्यो समयमा पोखरामा साथीभाइले असईमा विज्ञापन खुलेको बताएपछि साथीभाइसँगै बस चढेर काठमाडौं आएको स्मरण उनलाई छ ।
‘त्यो बेलामा सरकारी जागिर खाने इच्छा थियो । प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि पोखराबाट काठमाडौं आएर प्रहरी भएको हुँ,’ राजेन्द्रले लोकान्तरसँग भने ।
उनी २०५७ साल असोज ६ गते प्रहरी नायब निरीक्षक (सई), २०६७ पुस २८ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) र २०७९ साउन २ गते प्रहरी नायब उपरीक्षक (डीएसपी) भएका छन् ।
उनी आगामी २०८१ सालमा सेवा अवधिले अनिवार्य अवकाश जाँदैछन् ।
बुवाले प्रहरीमा रहेर देशको सेवा गरेको देख्दै हुर्किएका ध्रुव बुवासँगै डीएसपी हुन पाउँदा धेरै खुशी छन् ।
‘यो संयोग मान्नुपर्छ, बुवासँगै बढुवा हुन पाएँ, मैले आफूलाई भाग्यमानी ठानेको छु,’ ध्रुवले लोकान्तरसँग भने, ‘खुशी यति छ कि त्यसलाई शब्दमा बयान गर्नै सक्दिनँ ।’
बुवाले गरेको सेवा र समर्पण देखेर आफू प्रहरीमा भर्ना भएको उनले बताए ।
‘बुवाले प्रहरीमा रहेर सेवा गरेको सानैदेखि देखेको थिएँ र मलाई पनि सरकारी जागिर खाने इच्छा थियो, त्यसैले गर्दा प्रहरी सेवामा प्रवेश गरेको हुँ,’ ध्रुवले लोकान्तरसँग भने, ‘त्यो बेलामा बुवालाई नभनी सरप्राइज दिएको थिएँ ।’
प्रहरी प्रधान कार्यालय नक्साल भौतिक पूर्वाधार निर्देशनालयमा दरबन्दी रहेपनि उनी अहिले लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा कार्यरत छन् ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...