×

NMB BANK
NIC ASIA

एसपीपी नलिने निर्णयको पत्राचार नभएकोमा झलनाथको आक्रोश– क्याबिनेट बाहिर कहाँ छ कार्यकारी अधिकार ?

साउन ५, २०७९

NTC
Premier Steels

नेकपा एकीकृत समाजवादी (एस)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) अस्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णयबारे पत्राचार नभएकोमा आक्रोश व्यक्त गरेका छन् । 

Muktinath Bank

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा पूर्वप्रधानमन्त्री खनालले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा ढिलाई भएको भन्दै आपत्ति जनाएका हुन्  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मुलुकको राष्ट्रियताका सामू अनेकन खतरा मडारिएका छन् । हामीले एसपीपी लिन्नौँ भनेर सदनबाट भनेको र मन्त्रिपरिषद्ले निर्णय गरेको एक महिना भइसक्यो । चाँडोभन्दा चाँडो पत्र लेखेर रोक्छौँ भनेको हो’ खनालले भने, ‘अहिलेसम्म त्यो पत्र किन लेख्न सकिएन ? देशको क्याबिनेटभन्दा कतातिर छ कार्यकारी अधिकार ?’ 


Advertisment
Nabil box
Kumari

खनालले कार्यकारी अधिकार भएको क्याबिनेटको निर्णय अदृश्य शक्तिले रोकेको भन्दै आपत्ति जनाए । ‘मन्त्रिपरिषद्ले निर्णय गरेपछि फेरि पनि किन रोक्ने निर्णय भयो ? प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु, यो कुरालाई गम्भीरतापूर्वक लिइयोस् । चाँडोभन्दा चाँडो समाधान गरेर राष्ट्रको भावनालाई सम्बोधन गरियोस्’ खनालले भने ।

Vianet communication

एसपीपी अस्वीकार गर्ने निर्णयबारे अमेरिकालाई पत्राचार गर्न ढिलाई गरिएकोमा माओवादी मुख्य सचेतक देव गुरुङले पनि संसदमा आपत्ति जनाएका थिए । यसै विषयमा एमाले सांसद भीम रावलले हिजो संसद्को रोष्ट्रम कब्जा गरेका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x