×

NMB BANK
NIC ASIA

पार्किङस्थल बन्दै हाटबजार

साउन ८, २०७९

NTC
Premier Steels

एक कुनामा उपल्लो तम्घास माध्यमिक विद्यालयको बस । अर्को कुनामा रेसुङ्गा नगरपालिकाको सवारी, अर्को कुनामा नगरपालिकाकै फोहर फाल्ने गाडी र अर्को कुनामा नगरपालिकाकै ट्र्याक्टर र डोरज । ग्राउण्डलाई चारैतर्फबाट सवारीले घेरेका छन् । यतिमात्र होइन, बीचमा व्याडमिन्टन खेल्ने ठाउँ र केही मोटरसाइकलसमेत छन् । गुल्मीको रेसुङ्गा नगरपालिकाका थप दुईवटा गाडी र सडक कार्यालयको एउटा गाडीसमेत त्यही ग्राउण्डमा पार्किङ हुने गर्दछ ।

Muktinath Bank

यसरी मैदानमा दैनिकजसो एउटा स्कुलबस, विभिन्न कार्यालयका पाँच गाडी, तीन ट्र्याक्टर, एउटा फोहर फाल्ने गाडी, नगरपालिकाकै खानेपानीको ट्र्याक्टर र १० वटा जति मोटरसाइकल हुन्छन् । उक्त स्थान झट्ट हेर्दा सवारी पार्किङस्थल र खेलमैदानजस्तो देखिन्छ । तर त्यो कुनै पार्किङस्थल नभई रेसुङ्गा नगरपालिकाको हाटबजार हो । नगरपालिकाले विगत दुई वर्षदेखि सञ्चालनमा ल्याएको हाटबजार केही महिनादेखि बन्द हुँदा पार्किङस्थलमा परिणत भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

झण्डै सात वर्षअघिबाट बनाउन सुरु गरिएको हाटबजार आर्थिक वर्ष २०७६÷७७ मा निर्माण सम्पन्न भयो । निर्माण भइसकेपछि पनि केही महिना सञ्चालनमा आएन । चौतर्फी दबाबपछि नगरपालिकाले नै हाटबजार सञ्चालन ग¥यो । हाटबजार सञ्चालनमा आउँदा कृषक र ग्राहकलाई राहत मिलेको थियो । तर अहिले बन्द हुँदा भने दुवैलाई निरास बनाएको छ ।


Advertisment
Nabil box
Kumari

“हाटबजार सञ्चालन हुँदा उत्पादित तरकारी लिन गाडी घरमै आउँथ्यो, मूल्य पनि राम्रै पाएका थियौँ”, रेसुङ्गा नगरपालिका–४ अर्खलेका कमलप्रसाद आचार्यले भने, “अहिले तरकारी बेच्नका लागि डोकामा बोकेर बजार डुल्नुपरेको छ ।” बिचौलियाका रूपमा प्रस्तुत हुने व्यापारीले सस्तोमा सामग्री राख्ने हुँदा आफूहरूले उचित मूल्यसमेत नपाएको उनले गुनासो गरे ।

Vianet communication

 सदरमुकाम नजिकका मात्र नभई तम्घास बजारलाई बजारीकरणको अपेक्षामा राखेर तरकारी तथा फलफूल उत्पादान गरेका अन्य ठाउँका कृषक पनि निरास बन्न थालेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका, गुल्मीदरबार, इस्मा र धुर्कोट गाउँपालिकाका साथसाथै अर्घाखाँचीको मालारानी र छत्रदेव गाउँपालिकाका कृषकसमेत हाटबजार बन्द हुँदा प्रभावित बनेका छन् । हाटबजार बन्द हुँदा व्यापारीले सस्तोमा खरिद गरेर उपभोक्तालाई महँगोमा बिक्री गर्दा कृषक र उपभोक्ता दुवै मर्कामा परेका छन् । 

हाटबजार निर्माणका लागि अहिलेसम्म पाँचवटा सरकारी कार्यालयले कूल रु एक करोड ३३ लाख ५० हजार लगानी गरेका छन् । साविकको जिल्ला कृषि विकास कार्यालयको रु १४ लाख, साविकको जिल्ला विकास समितिको रु आठ लाख, साविकको पशु सेवा कार्यालयको रु १० लाख र अन्य रकम लुम्बिनी प्रदेश सरकार र रेसुङ्गा नगरपालिकाको छ । हाटबजारको जग्गा भने साविक जिल्ला विकास समिति अर्थात् हालको जिल्ला समन्वय समितिको नाममा छ । शीतभण्डारसहित सञ्चालन गरिएको हाटबजार यसअघि पनि पटक–पटक बन्द हुँदै सञ्चालनमा आएको थियो । यसअघि कारोनाका कारण देखाएर बन्द गरिएको हाटबजार रेसुङ्गाले अहिलेसम्म पनि सञ्चालन गर्न सकेको छैन ।

रेसुङ्गा नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का अध्यक्ष राम्जी पन्थीले केही समयभित्रै हाटबजार सञ्चालनमा आउने दाबी गरे । नगरपालिकाले सञ्चालन गर्दा घाटा हुने भएकाले निजी क्षेत्रसँग समन्वय गरी लिजमा दिने तयारी भइरहेको उनले बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x