×

NMB BANK
NIC ASIA

भक्तपुर दुर्घटनामा बाँचेकाको त्रासदीपूर्ण अनुभव– 'एक्कासि झट्का लाग्यो, होश आउँदा अस्पतालमा'

साउन ८, २०७९

NTC
Premier Steels

भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ की १८ वर्षीय निशा निगल घाइते अवस्थामा भक्तपुरको इवामुरा अस्पतालमा उपचाररत छिन् ।

Muktinath Bank

उनको खुट्टा फ्याक्चर भएर प्लास्टर गरिएको छ भने हातमा लतपतिएको रगत देख्न सकिन्छ । सुकिसकेको रगत एक नर्सले सफा गरिरहेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुखाइ कम भएको छैन, उनी बेलाबेलामा चिच्याउँछिन्, रुन्छिन् पनि ।


Advertisment
Nabil box
Kumari

‘ट्युसन क्लास’ सकेर बागबजारबाट घर फर्किँदै गरेकी उनी भक्तपुरको सल्लाघारीमा निकै त्रासदीपूर्ण दुर्घटनाको शिकार बनिन् ।

Vianet communication

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेका अनुसार बिहान सवा १२ बजे भक्तपुर नगरपालिका– १ सल्लाघारीको चोगाँ गणेशमा सल्लाको रुख ढल्दा बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कूटरलाई किचेको थियो । दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् ।

बसमा सवार निगल घाइते भएपछि उनलाई उद्धार गरी अस्पताल पुर्‍याइएको हो । दुर्घटनामा परी बेहोश भएकी उनी होश आउँदा अस्पतालको बेडमा थिइन् ।

‘बिहान अतिरिक्त कक्षा लिएर काठमाडौंबाट भक्तपुर आउँदै थिएँ । बसमा निदाएको जस्तो लाग्छ, बिउँझिँदा अस्पतालको बेडमा रहेको पाएँ,’ घाइते निगलले भनिन्, ‘के भयो भन्ने अहिलेसम्म सम्झिन सकेकी छैन ।’

......

भक्तपुरको कमलविनायकका १८ वर्षीय ऋतिक बासुकला पनि इवामुरा अस्पतालको बेडमा छन् । उनको शरीरभरी चोट लागेको छ, छातिमा पट्टी बाँधिएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ जाँदै गरेका उनी बसको अन्तिम सिटमा बसेका थिए । एक्कासि झट्का लागेजस्तो हुँदा बेहोश भएको र होश आउँदा आफूलाई अस्पतालमा पाएको उनले बताए ।

‘म अर्धबेहोश जस्तो भएछु । कताकता लासहरू तानिराखेको देखेको अलिअलि याद आउँछ । त्यसपछि ब्युझिँदा अस्पतालको इमरजेन्सीमा थिएँ,’ बासुकलाले लोकान्तरसँग भने ।

......

बसका सह–चलाक सर्लाहीका नवराज वाइबाले एक्कासि अगाडि रुख आएको थाहा पाए ।

त्यसपछि उनी जसोतसो बाहिर निस्किँदा चालक होमबहादुर थापा मगरको खुट्टा गाडीले च्यापिराखेको थियो । उनलाई तानेर निकाले । खुट्टाको अवस्था के थियो थाहा पाएनन् । 

चालक मगरले 'गाडीभित्र बिलबूक र मोबाइल होला, लिएर साहुलाई फोन गर्नू' भनी अह्राए । तर उनले केही पनि भेट्टाएनन् । फोन र बिलबूक लिन जाँदा गाडीभरी रगतैरगत देखे ।

‘गाडीभित्र रगत नै रगत थियो । अरू के–के थियो अत्तोपत्तो पाइनँ,’ सहचालक वाइबाले लोकान्तरसँग भने, ‘त्यसपछि अरू गाडीका ड्राइभरहरू आएर भित्रका मान्छे निकाल्न थाल्नुभयो ।’

स्थानीयवासीका अनुसार हिजो त्यही ठाउँमा अर्को रुख ढलेको थियो । त्यसले कुनै मानवीय तथा भौतिक क्षति गरेन ।

तर, आज परेको पानीका कारण अर्को रुख ढलेर ठूलो क्षति पुर्‍याएको छ । बस र स्कूटर सँगसँगै आएकाले स्कूटरमा सवार दुवै जनाको मृत्यु भएको छ भने बसमा सवार एक जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार भक्तपुर नगरपालिका– २ बस्ने २५ वर्षीय विशेष खर्बुजा र अन्य २ जनाको घटनास्थलमै मृत्यु भएको थियो । ती दुईजना मृतकको सनाखत हुन बाँकी छ ।

प्रहरीले सडकमा रहेको रुख, दुर्घटनामा परेका सवारी साधन हटाइसकेको छ । 

घाइतेहरूको इवमुरा अस्पताल र भक्तपुर अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । 

डीएसपी पाण्डेका अनुसार अन्य १३ जनाको सामान्य घाइते भएर उपचार भइरहेको छ भने २ जनाको अवस्था गम्भीर छ ।

भिडियो हेर्नुहोस्

फोटो/भिडियो : विश्वास खनाल

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x