×

NMB BANK
NIC ASIA

बाँके हत्या प्रकरणः भाइ र बुहारीको हत्या गर्न दाजुले दिए १ लाख सुपारी रकम बैना !

साउन १०, २०७९

NTC
Premier Steels

परिवारकै सदस्यको योजनामा बाँकेको कोहलपुरका गडरिया दम्पतीको हत्या भएको खुलेको छ । बाँकेको कोहोलपुर नगरपालिका वडा नम्बर १४ पार्वतपुरका २५ वर्षीय कृष्ण गडरिया र उनकी २३ वर्षकी श्रीमती अञ्जलीको आफ्नै दाजु विजयको योजनामा हत्या भएको बाँके प्रहरीको अनुसन्धानले पत्ता लगाएको हो । कृष्ण र अञ्जली मंगलवार बिहान घरमै मृत अवस्थामा फेला परेका थिए । 

Muktinath Bank

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले १ लाख बैना दिएर भाइ र बुहारीको हत्या गर्न मान्छे परिचालन गरेको विजयले प्रहरी समक्ष स्वीकार गरेको लोकान्तरलाई जानकारी दिए । भाडामा प्रयोग भएका अभियुक्तहरूको बारेमा भने प्रहरीले खुलाएको छैन । उनीहरू फरार रहेकाले तत्काल नखुलाइएको प्रहरीको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही महिना अगाडि भाइ कृष्ण र बुहारी अञ्जलीले उक्साएर बुबा घिरनले आफूलाई पिटेका कारण हत्याको योजना बनाएको विजयले प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार भाइ र बुहारीको उक्साहटमा परेर बुबाले आफूलाई कुटेको रिसइबी साँध्न आफूले भाइ र बुहारीको हत्याका लागि मान्छे परिचालन गरेको उनले बताएका छन् । 


Advertisment
Nabil box
Kumari

१८ दिन अगाडि अञ्जलीलाई मार्न भनी सुपारी रकम दिएको उनले प्रहरीलाई बयान दिएका छन् । उनले साउन ९ गते राति बोलाई भाइ बुहारीलाई मार्ने योजना बनाएको प्रहरीलाई बयान दिएको प्रहरी प्रवक्ता न्यौपानले बताए । 

Vianet communication

हत्या भएको बखत विजय र उनकी श्रीमती सोही घरको छतमा सुतिरहेका थिए । 

विजयले १ लाख रुपैयाँ बैना दिएर भाइ कृष्ण र बुहारी अन्जलीको हत्या गर्न लगाएको प्रहरीसमक्ष स्वीकार गरेको बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए । 

मृतक कृष्णले नजिकैको स्टील उद्योगमा काम गर्दै आएका थिए । अञ्जली गृहिणी थिइन् । उनीहरूको एक वर्ष अगाडि मात्र विवाह भएको थियो । पछिल्लो समय लुम्बिनी प्रदेशमा अपराधका घटना बढ्दै गएका छन् ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x