×

Dabur
MG

सन्दर्भ : चुनावी तालमेल र समाजवादी केन्द्रको चर्चा

त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था आउन सक्छ, कांग्रेसले आफ्नो पनि ध्यान देओस्– गंगालाल तुलाधर [अन्तर्वार्ता]

'माओवादी वा एमालेसँग तत्काल एकता गर्ने पक्षमा छैनौं'

साउन १२, २०७९

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

सत्तारूढ पाँचदलीय गठबन्धनभित्रका वामपन्थी झुकाव राख्ने दलहरू मिलेर समाजवादी केन्द्र वा मोर्चाको रूपमा उप–गठबन्धन बनाउनेबारे नेताहरूबीच घनिभूत छलफल चलिरहेको छ । 

yONNEX
Sagarmatha Cement
Kumari

त्यसमा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा (एकीकृत समाजवादी)सँग पार्टी एकताको प्रस्ताव गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने गरी वाममोर्चा बनाउने तयारी भइरहेका बेला एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टी एकताको पहल गर्ने निर्णय पनि गरेको छ । 


Advertisment
Tezz
Berger
Pardeshi

यसै सन्दर्भका जानकार एव नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं पार्टीको केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरसँग लोकान्तरका लागि उद्धव थापाले कुराकानी गरेका छन् ।

Vianet communication
Laxmi Bank

प्रस्तुत छ, अन्तर्वार्ताको सम्पादित अंश :

नेकपा (एकीकृत समाजवादी)को पछिल्लो सचिवालय बैठकले पार्टी एकताको पहल गर्ने भन्ने निर्णय गरेको छ । पार्टी एकता माओवादी केन्द्रसँग कि नेकपा एमालेसँग गर्ने भनिएको हो ?

नेकपा (एकीकृत समाजवादी)को ३२ औं सचिवालय बैठकले गरेको निर्णय के हो भने वर्तमान ५ दलीय गठबन्धनलाई कायम राख्दै वामपन्थी एकताको निम्ति पहल गर्ने निर्णय गरेका छौं ।

त्यसो भनेको, अहिलेको पाँचदलीय गठबन्धन कायम नै हुनुपर्छ र यसलाई कुनै हालतमा भत्काउन हुँदैन भन्ने हो । त्यसो भए पाँचदलीय गठबन्धनभित्रको वामपन्थीहरू कि बाहिरको भन्ने प्रश्न आउँछ । पाँचदलीय गठबन्धनमा रहेका कांग्रेसबाहेक सबै वामपन्थी दलहरू नै हुन् । ती दलहरूको नाम फरक होला, त्यो भिन्नै कुरा हो । गठबन्धनभित्र रहेको चार दल एक ठाउँमा होऔं है भनेको हो ।

त्यसबाहेक, गठबन्धनभन्दा बाहिर रहेका दलहरू जस्तै, मोहन वैद्य, नेत्रविक्रम चन्दले नेतृत्व गरेका दलहरू छन् । एमालेभित्रै पनि असल मान्छेहरू छन् ।

दक्षिणपन्थी दलदलमा भासिएको केपी ओली प्रवृत्तिको वरिपरि घुम्ने तत्त्वबाहेक त्यहाँ पनि असल इमान्दारहरूको ठूलो पंक्ति छ । उनीहरूलाई पनि कुनै न कुनै रूपमा प्रभाव पार्नुपर्ने छ । हुन त त्यो त्यति सरल छैन । हामीले त विद्रोह गर्न आँट गर्‍यौं र छुट्टै पार्टीको अस्तित्वमा छौं । त्यहाँबाट वामपन्थी गठबन्धनमा आउनका लागि त त्यस्तै विद्रोह गरेर आउनुपर्ने हुन्छ । त्यहाँ विद्रोह गर्ने अवस्थामा रहेको समूह पनि छ । 

विद्रोह गरेर आएको हुनाले हामीले पहिलो दिनबाटै भन्दै आएका छौं कि वृहत्तर वामपन्थी एकताको निम्ति पहल गर्छौं । सबैभन्दा ठूलो पार्टी बनाएरै छाड्छौं भनेका छौं । त्यही उद्देश्यका लागि एकताको पहल गर्ने निर्णय भएको हो । 

पार्टी एकताका लागि तपाईंहरूले अहिले के–के काम गरिहनुभएको छ ? 

वृहत्तर वामपन्थी एकताका लागि निरन्तर काम भइरहेका छन् । कहिले हामी र माओवादी केन्द्रका बीचमा छलफल भइरहेको छ, कहिले बाबुराम भट्टराई र हाम्रो बीचका कुरा भएको छ ।

कहिले त्रिपक्षीय, कहिले द्विपक्षीय कुराकानी भइरहेका छन् । उपेन्द्र यादव, मोहन विक्रम, नेत्रविक्रम चन्द, मोहन वैद्य लगायतले नेतृत्व गरेका पार्टीहरूका बीचमा पनि कुराकानी गरिरहेका छौं । मूल प्रवाहमा आउन नसकेका कतिपय दलहरू, साना समूह व्यक्ति छन्, उनीहरूसँग पनि हाम्रो कुराकानी भइरहेकै छ । 

तपाईंहरू अहिले समाजवादी धारको एउटै पार्टी बनाउने भनेर घनिभूत छलफलमा हुनुहुन्छ । समाजवादी केन्द्र भन्ने पार्टी बनाउने काममा चाहिँ कत्तिको प्रगति भइरहेको छ ? 

समाजवादी केन्द्र हो कि समाजवादी मोर्चा बनाउने भन्ने कुराको निष्कर्षमा अहिल्यै पुग्ने बेला भएको छैन । अहिले कुरा भइरहेको छ, त्यो सकरात्मक दिशामा छ ।

वामपन्थी एकताको कुरा डङ्का पिट्ने वा नाङ्लो ठटाउने हिसाबले मात्रै गर्न खोजेको होइन । वामपन्थी पार्टीहरू मिलेर चुनावमा जाँदा कांग्रेसको अवस्था के हुन्छ भन्ने कुरा त कांग्रेसभित्रै चर्चा भएको छ नि ! कांग्रेस सभापतिले कम्युनिस्टहरू मिल्दा लौ त एकजना जितेर देखाऊ भन्ने अवस्था त्यसै आएको होइन । 

अहिल्यै निष्कर्षमा पुगिहाल्ने बेला भएको छैन । कम्युनिस्ट एकता केन्द्रको बारेमा पनि कुरा भएको छ । समाजवादी मोर्चाको बारेमा पनि कुरा भएको छ । वाममोर्चाको बारेमा कुरा भएको छ । चुनावमा जाँदा नेपाली कांग्रेस र वाममोर्चा सहकार्य गरेर चुनावमा जाने अवस्था पनि हुनसक्छ । यी विभिन्न विकल्पमा छलफल भइरहेका छन् । 

हामीले चाहेको चुनावसम्मका लागि मात्रै वाम एकताको कुरा होइन, पछिसम्म पनि वाम एकता कायम होस् भन्ने चाहना हो । पछिसम्मको कुरा हो । अहिले तत्कालैचाहिँ वामपन्थी एकता भएन भने के त भन्दा चुनावमा तालमेल, गठबन्धन, मोर्चा जुनसुकै रूपमा जान सकिन्छ । यसलाई सम्बोधन गर्नका लागि सबैलाई सुपाच्य हुने नाम समाजवादी केन्द्र पनि हुन सक्छ, वामपन्थी मोर्चा पनि हुनसक्छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तपाईंहरूलाई पटक–पटक पार्टी एकताको प्रस्ताव गर्नुभएको छ । माओवादी र एकीकृत समाजवादीलाई मिलाएर नेकपा समाजवादी केन्द्र बनाऊँ भन्ने उहाँको प्रस्तावमा तपाईंहरूको धारणा के हो ? 

त्यस्तो प्रस्ताव पनि आएको छ । उहाँले हामीसँग बारम्बार पार्टी एकता गरौं भन्नुभएको छ । उहाँको त्यो प्रस्ताव हामीलाई अलि हतारो लागिरहेको छ । हामी तत्कालैचाहिँ माओवादी केन्द्र वा एमाले कुनैसँग पनि पार्टी एकता गर्ने पक्षमा छैनौं । हामीभित्र ती दुईवटै विचारले प्रवेश पाइरहेकै छ । एमालेसँग पार्टी एकता गर्न नसक्ने कैयौं कारणहरू छन् । 

हामीले विद्रोह गर्दाका कारणहरू तार्किक समाधानमा नपुग्दासम्म एमालेसँग एकताका लागि सोच्ने कुरै हुँदैन । एमालेसँगको विषयलाई लिएर काफी चर्चा हुने गरेको छ । म स्पष्ट गरौं, एमालेसँग तत्काल एकताको कुनै सम्भावना छैन । 

हामीले विद्रोह गर्नुको औचित्य पुष्टि गरेरै यहाँसम्म आइपुगेका छौं र पार्टी निर्माण गरिरहेका छौं । अब एमालेसँग मिल्न जाने भनेको अहिलेसम्मको हामीले गरेको सबै प्रयास धूलोमा मिसाएर केपी ओलीले भनेको मान्ने रूपमा  जाने हो र त्यो एक प्रकारको लम्पसारवाद नै हुन्छ । त्यस्तो काम किमार्थ गर्न सक्दैनौं । 

माओवादी केन्द्रसँग पनि तत्कालै एकता भइहाल्ने अवस्था छैन । उनीहरूका कतिपय विषयमा हामीले बहस गरिरहेकै छौं । 

तपाईंहरू एमालेमा हुँदा माओवादीसँग मिलेर एउटै पार्टी बनाएकै हो । अहिले पनि सहकार्यमै हुनुहुन्छ । नीति, एजेन्डा उस्तै देखिन्छन् । हिजो मिलिसकेको पार्टीसँग फेरि मिलेर एउटै पार्टी बनाउन के आपत्ति भयो र ?

जुन भिन्नताको आधारमा पार्टीबाट विद्रोह गरेका छौं, त्यो त हामीले पुष्टि गरिरहेकै छौं नि ! हिजो दुई पार्टी मिलेर नेकपा नै हुँदा पनि त हाम्रा मतभिन्नताहरू थिए । नवौं महाधिवेशनकै कुरा गर्ने हो भने नीति विचार हामीले राखेको पास भयो । धाँधली गरेर प्राविधिकरूपमा नेतृत्व केपी ओलीले हत्याएका हुन् ।

त्यहाँ भएको मत भिन्नतालाई साँघुरो बनाएर समाधानको बाटोमा जानुभन्दा केपी ओलीले आफूलाई सबैभन्दा अहंकारी, दम्भी, घमण्डी, अर्काको अस्तित्व नस्वीकार्ने प्रवृत्तिका रूपमा प्रस्तुत गरे । त्यसैकारण, हामीले विद्रोह गर्नुपर्ने अवस्था आयो । माओवादी केन्द्रसँग पनि कतिपय विषयमा हाम्रा मतभिन्नताहरू छन् । 

निर्वाचन नजिकिँदै गर्दा समाजवादी केन्द्रको चर्चा भइरहेको छ । चुनावकै लागि मात्रै समाजवादी केन्द्रको आवश्यकता परेको हो कि त्यसभित्र अरू कारणहरू पनि छन् ?

अहिले भइरहेको पाँचदलीय गठबन्धन त संविधान र लोकतन्त्र जोगाउने खास मिसनका लागि बनेको थियो । चुनाव त पछि समयक्रमसँगै जोडिएको कुरा हो । चुनावमा अग्रमणकारी शक्तिलाई विजयी तुल्याएर प्रतिगमनकारी शक्तिलाई पराजित गर्नका लागि तालमेल आवश्यक भयो । संघीयता, संविधान, गणतन्त्रलाई कमजोर पार्ने तत्त्वहरूले मुन्टो उठाउने अवस्था रहँदासम्म यो गठबन्धनको आवश्यकता रहन्छ । 

गठबन्धनभित्र नेपाली कांग्रेस र वामपन्थी दलहरू छन् । त्यसैले यसलाई वाम–लोकतान्त्रिक गठबन्धन भन्ने गरिएको हो । वामपन्थीहरूको बीचमा स्वाभाविकरूपमा सरसल्लाह हुन्छ । सकिन्छ भने एउटै मोर्चा बनाएर जाऔं, सकियो भने एउटै चुनाव चिह्न बनाएर जाऔं भन्ने विषयमा विचार मिल्नेहरूको बीचमा कुराकानी हुनु अस्वाभाविक होइन । भलै, एउटै चुनाव चिह्नको कुरा गर्दा त्यसमा अन्य प्राविधिक कुराहरू पनि जोडिएर आउँछन् ।

सत्तारूढ गठबन्धनभित्र कांग्रेसले बढी नै पेल्न थाल्यो अब हामी नमिली हुँदैन भन्ने चेत विस्तारै पलाउन थालेकाले पनि गठबन्धनभित्रको वामपन्थी एकताको कुरा आएको होला हैन ?

यो आमसञ्चार जगत, बौद्धिक वर्ग र वामपन्थी धारमा रहेर सोच्ने व्यक्तिहरूले विश्लेषण गर्न सक्छन् । तर, हामीले त्यसो भन्न मिल्दैन । 

कांग्रेसका कतिपय उत्ताउला नेताहरूले हामीलाई उपल्लो छेउमा जाओस् भनेर विभिन्न टिप्पणी गरिरहेका छन् । समाजवादीलाई यति सिट, अथवा यति सिट पनि दिन सकिँदैन भन्ने जस्ता टिप्पणी गरेर ‘ह्युमिलेट’ गर्न खोजिरहेका छन् । अनि हामीले वामपन्थी एकताको कुरा गरेर उनीहरूले गरेको ‘ह्युमिलेट’को जवाफ दिन नमिल्ने भन्ने हुन्छ र ? वामपन्थी एकताको कुरा डङ्का पिट्ने वा नाङ्लो ठटाउने हिसाबले मात्रै गर्न खोजेको होइन । वामपन्थी पार्टीहरू मिलेर चुनावमा जाँदा कांग्रेसको अवस्था के हुन्छ भन्ने कुरा त कांग्रेसभित्रै चर्चा भएको छ नि ! कांग्रेस सभापतिले कम्युनिस्टहरू मिल्दा लौ त एकजना जितेर देखाऊ भन्ने अवस्था त्यसै आएको होइन । 

कतिपयले चाहिँ कांग्रेसलाई तर्साउनका लागि वामपन्थी गठबन्धनको कुरा आएको भन्ने चर्चा पनि गर्छन् नि ?

यही विषय मलाईचाहिँ मन परिरहेको छैन । अनि, कांग्रेसले तर्साइरहेको छैन ? कांग्रेसका नेताहरूले के–के बोलिरहेका छन् भन्नेचाहिँ याद गर्नुपर्दैन ? पाँचदलीय गठबन्धनभित्र हामी नहुने हो भने कांग्रेसको हालत के हुन्छ ? चुनावमा कांग्रेस एक्लै जाने आँट गरोस त् । यसै पनि एमाले एकातिर हामी एकातिर हुने अवस्था बनिसक्यो । कांग्रेस पनि एक्लै चुनावमा जाओस् न त । कांग्रेस एक ठाउँमा, एमाले एक ठाउँमा र अरू एक ठाउँमा भएर चुनाव लड्ने अवस्था आउँदा के हुन्छ भन्ने अवस्थाको आँकलन भएको छ कि छैन त ?

तपाईंले नै प्रसंग निकाल्नुभयो, आगामी चुनावमा तीनवटा पोल बनेर त्रिपक्षीय प्रतिस्पर्धा हुँदा समाजवादी केन्द्रको अवस्थाचाहिँ कस्तो हुने आकलन छ ?

हामी त्यसको अन्तिम निष्कर्षमा पुगिसेका छैनौं । यस विषयको छलफलमा म धेरै सहभागी पनि छैन । हाम्रो पार्टीबाट एक जना उपाध्यक्ष र महासचिवले ती विषयमा छलफल गरिरहनुभएको छ ।

उहाँहरूले दिनुभएको जानकारी अनुसार उत्साहजनक छ भन्ने सुनेको छु । त्यो दिशातिर अग्रसर हुनु भनेकोचाहिँ हामीले सचिवालयमा सही निर्णय गरेका छौं । वर्तमान गठबन्धनलाई कायम नै राखेर वाम एकताका निम्ति पहल गर्ने भन्ने कुरालाई कार्यान्वयन गराउने जिम्मेवारी पनि हाम्रै हो । 

तपाईं वामपन्थी एकता र राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक पोलको कुरा गरिरहनुभएको छ । तर, एकीकृत समाजवादीभित्र नै एउटा पक्षचाहिँ एमालेतिर आँखा लगाइरहेको छ भन्ने चर्चा पनि सुनिन्छ नि ?

त्यो गलत हो । पार्टीमा त्यस्तो विभाजन छैन । हाम्रो पार्टीभित्र औपचारिक, अनौपचारिक विभिन्न छलफल हुने गर्दछन् । अनौपचारिक छलफलमा कसैलाई एमालेसँग मिले हुन्थ्यो जस्तो लाग्ला, त्यही अनुसार भन्नुहुन्छ, कसैलाई माओवादीसँग सहकार्य गर्न सहज हुन्छ भन्ने जस्तो लाग्ला, त्यही अनुसार भन्लान् ।

हामीले भर्खरै राजनीतिक, वैचारिक, देशको आर्थिक अवस्था र समस्या समाधानका सम्भावित उपायको बारेमा लामो छलफल गरेका छौं । त्यस्ता लामा र विस्तृत छलफलमा पनि यता वा उता जाने भन्ने बारेमा मतहरू व्यक्त भएका छैनन् । हाम्रो पार्टीभित्र पनि विभाजन कोर्न चाहनेहरूले त्यस्ता चर्चा चलाएका हुन सक्छन् । विभाजन ल्याउन सकिन्छ कि भनेर प्रयास पनि गरेका होलान् । 

चुनावमा सहभागी हुँदा पाँचदलीय गठबन्धनभित्र वा वामपन्थी मोर्चाभित्र एकीकृत समाजवादीले कति सीटमा दाबी गर्छ ?

हामीले अहिले सिटको हिसाब गरेका छैनौं । दाबी अहिले गरेका पनि छैनौं । र, अहिले भन्दा पनि भन्दैनौ । गठबन्धनमा रहेका दलहरूका बीचमा सम्मानजनक ढंगले सिटको बाँडफाँड हुनुपर्छ भन्ने पक्षमा छौं । स्थानीय चुनावको बेला केही कमीकमजोरी भएका छन् । हाम्रो विद्रोहको शक्ति, भावना र त्यागको सम्मान हुनुपर्छ कि पर्दैन भन्ने कुरा गरिरहेका छौं ।

अपमानकै खातिर कसैका लागि सहादत प्राप्त गर्नुपर्ने थियो भने त एमालेमै अपमान सहँदा भइहाल्थ्यो नि ! हामी अपमानित हुनका लागि जन्मिएका हैनौं । हाम्रो जे हैसियत हो त्यसको उपयुक्त ढंगले सम्मान र आदर हुनुपर्‍यो । कोही (कांग्रेस) दिन बसेका र हामी लिन बसेका जस्तो गरी व्यवहार हुनुहुँदैन । 

निर्वाचनको मिति घोषणा हुनुपर्ने समय घर्किसक्यो । गठबन्धनभित्र चाहिँ चुनाव सारेर फागुनमा गर्ने बारेको पनि चर्चा भइरहेको छ भन्ने सुनिन्छ । चुनावको मिति घोषणामा सरकारले किन अलमल गरिरहेको हो ? 

यसमा मैले दुईवटा कुरा बुझ्छु, सरकारले चुनावको मिति घोषणाका लागि परामर्श र सम्पूर्ण तयारी गर्नुपर्छ, त्यसका लागि समय लागेको हुनसक्छ । आर्थिक र मानवस्रोत दुवैको व्यवस्थापन सरकारले गर्नुपर्छ । त्यसका लागि सरकारले पर्याप्त समय खोज्छ ।

वामपन्थीहरूको बीचमा स्वाभाविकरूपमा सरसल्लाह हुन्छ । सकिन्छ भने एउटै मोर्चा बनाएर जाऔं, सकियो भने एउटै चुनाव चिह्न बनाएर जाऔं भन्ने विषयमा विचार मिल्नेहरूको बीचमा कुराकानी हुनु अस्वाभाविक होइन । भलै, एउटै चुनाव चिह्नको कुरा गर्दा त्यसमा अन्य प्राविधिक कुराहरू पनि जोडिएर आउँछन् ।

हाम्रो निर्वाचन कानूनले पनि निर्वाचन आयोग र सरकारको परामर्शमा मात्रै चुनावको मिति घोषणा हुने व्यवस्था गरेको छ । अहिले उहाँहरू परामर्शमा हुनुहुन्छ । उहाँहरूको परामर्शकै आधारमा चुनावको मिति तोकिन्छ । 

दोस्रो कुरा, कानूनी र संवैधानिक जटिलताको विषयमा पनि ध्यान दिनुपर्छ । हामीले यो कुरा स्थानीय तह निर्वाचनकै बेलामा भनिदिएको हो । कानूनी जटिलता फुकाएर स्थानीय, प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव एकै चरणका हुने व्यवस्था गर्दा समय, खर्चको हिसाबले उपयुक्त हुन्थ्यो । 

एकै चरणमा चुनाव गरौं भन्दा हामीमाथि विभिन्न टिप्पणीसमेत गरिएको थियो । चुनावको मिति घोषणा गरेपछि अमूक कोही अदालतमा जाने र प्रश्न उठाउने कानूनी जटिलता फुकाएर चुनावमा जाँदा राम्रो हुन्छ भन्ने कुरा अहिले पनि हाम्रो छ ।

प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा जानका लागि त्यस्तो कानूनी जटिलता के छ र ?

कानूनी जटिलता छ नि ! मंसिर ४ र २१ गते दुई चरणमा गरेर चुनाव भएको थियो । फागुनको २१ गते सांसदले सपथ ग्रहण गरेका थिए । त्यसो हुँदा संसद्को कार्यकालको प्रश्न यसमा जोडिन्छ । हिजो स्थानीय तहको चुनावमा पनि यस्ता विषय आएका थिए ।

संविधानले स्थानीय तहका प्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्ने व्यवस्था हुँदा पनि कसैले डाँडामा बसेर कार्यकाल सकिनुभन्दा दुई महिनाअघि नै चुनाव हुनुपर्छ भनेर कौलासेका कारणले हाम्रा कुरा सुन्दै नसुनी चुनावमा जाने अवस्था बनेको थियो । त्यतिबेला प्रदेश सभा र प्रतिनिधि सभाको चुनावको कुरा पनि नउठेको होइन । हामीले त सबै चुनाव एकै चरणमा गरौ भनेका थियौं । 

प्रदेश सभा र प्रतिनिधि सभा चुनावको बारेमा कानूनी जटिलता आउने विषय हो भने को–को बस्नुपर्छ, छलफलमा बसेर टुंगोमा पुग्नुपर्छ । यसमा निर्वाचन आयोग, सरकारका प्रतिनिधिहरू बसेर छलफल गर्ने तयारीबारेको अनौपचारिक कुरा पनि मैले सुनेको छु । त्यस्तो छलफल नहुन पनि सक्छ ।

अबको क्याबिनेट बैठकले चुनावको मिति घोषणा गर्ने चर्चा पनि भइरहेको छ । तर, जहिले चुनाव भए पनि हामी प्रतिस्पर्धा गर्न तयार नै छौं । मंसिरको ४ होस् वा फागुन २४ गते चुनाव होस् त्यसमा हामीलाई केही आपत्ति छैन । कुनै पनि बेलामा हुने चुनावका लागि हामी तयार भएर बसेका छौं ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
बैशाख १८, २०८०

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन् । विसं २०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीति...

बैशाख १९, २०८०

मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

जेठ २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x