×

NIC ASIA

एनआईसी एशियाको खातामा मेशिनबाट सोझै नगद रकम जम्मा गर्न सकिने

साउन १३, २०७९

Prabhu Bank
NTC
Premier Steels

एनआईसी एशिया बैंकका ग्राहकले अब नगद रकम मेशिनमार्फत सोझै आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन् । बैंकले नगद रकम जम्मा गर्न सकिने मेशिन जडान गरेको छ । उक्त सेवाको हालै आरम्भ गरेको बैंकले जनाएको छ । 

Muktinath Bank

उक्त सेवा प्रारम्भ भएपछि सेवाग्राहीले अब आफ्नो खातामा रकम जम्मा गर्नका लागि बैंकको काउण्टरमा लामो समयसम्म लाइन बस्न नपर्ने भएको छ । बैंकको काउण्टरमा लाइन बसेर नगद जम्मा गर्नुपर्ने बाध्यताबाट ग्राहकहरूलाई छुटकारा मिलेको बैंकले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप यो सेवा आरम्भ गरिएको बैंकका सूचना अधिकारी अर्जुनराज खनियाँले जानकारी दिए । उनका अनुसार यो रणनीतिअन्तर्गत सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गरिने छ । 


Advertisment
Nabil box
Kumari

यस मेशिनबाट १ हजार र ५ सय रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको बैंकले जनाएको छ । सूचना अधिकारी खनियाँका अनुसार एक जना ग्राहकको खातामा एक पटकमा अधिकतम ९९ हजार ५०० सय र दैनिक अधिकतम् ९ लाख ९९ हजार ५ सयसम्म नगद जम्मा गर्न सकिने छ । 

Vianet communication

मेशिनबाट नगद जम्मा गर्दा खाता नम्बर राखेपछि खातावालको मोबाइल नम्बरमा ओटीपी प्राप्त हुने र उक्त ओटीपी मेशिनमा उल्लेख गरेर भेरिफाई भएपछि रकम जम्मा हुने बैंकले जनाएको छ । उक्त मेशिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिने खनियाँले बताए । त्यसको जानकारी एसएमएस तथा रिसिप्ट मार्फत उपलब्ध हुने व्यवस्था बैंकले गरेको छ । 

बैंकले यो सेवा न्यूरोड बिशालबजार शाखाबाट शुरू गरिएको जनाएको छ । यो सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योेजना रहेको उनले बताए । 

एनआईसी एशियाले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ । एनआईसीले देशको कुल जनसंख्यामध्ये आर्थिक रूपमा सक्रिय करिब २५ प्रतिशत जनतालाई सेवा दिइरहेको दाबी गरेको छ । 

बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. १९ अर्ब ९२ करोडभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरेको बताएको छ । बैंकले गत आर्थिक वर्षमा मात्र करिब रू.३ अर्ब ४१ करोडभन्दा बढी राजस्व सरकारलाई बुझाएर वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रूपमा स्थापित भएको बताएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३१, २०८१

माछापुच्छ्रे बैंकले 'न्यू स्मार्ट तलब खाता' अन्तर्गत दुर्घटनामा परी मृत्यु भएकाको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।​​​​​​ वीरगन्जको आदर्शनगरस्थित बैंकको शाखामा ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख ३१, २०८१

कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x