×

NMB BANK
NIC ASIA

राजधानीमा डरलाग्दो घटना

तारकेश्वर घटनाः श्रीमतीमाथिको शंकाले निम्त्याएको हत्याकाण्ड

साउन १६, २०७९

NTC
Premier Steels

तारकेश्वर ११ काभ्रेस्थलीमा भएको घटना पारिवारिक विवादले निम्तिएको पाइएको छ । पारिवारिक विवादका क्रममा ४१ वर्षीय दिनेश पाण्डेले छोरा र छोरीसहित श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको अनुमान गरिएको छ । 

Muktinath Bank

उनले ३५ वर्षकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र वर्ष ८ का छोरा आशिषको हत्यापछि आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

श्रीमतीको अन्य व्यक्तिसँग सम्बन्ध रहेको विषयमा यसअघि पनि पटकपटक विवाद भएको छिमेकीले बताएका छन् । छिमेकीहरूका अनुसार पाण्डे दम्पतीबीच श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको विषयमा पटक–पटक विवाद भएको थियो । दिनेशले श्रीमतीलाई परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउने गरेका थिए । उनकी श्रीमतीले भने उक्त आरोप अस्वीकार गर्दै आएकी थिइन् । यसअघि पनि पाण्डे दम्पतीबीचको विवाद बालाजु प्रहरी वृत्तसम्म पुगेको थियो । उनीहरूले प्रहरी वृत्तमा गएर छलफलसमेत गरेका थिए । 


Advertisment
Nabil box
Kumari

पाण्डेकी छोरी आर्मी स्कुलमा पढ्ने गर्थिन् । उनी बसमा स्कुल आउने जाने गर्थिन् । बस लिन आउँदा आशिका नआएपछि बसका चालकसहित विद्यार्थीहरू बोलाउन घरमै जाँदा घटनाको बारेमा थाहा भएको हो । झ्यालबाट भित्र हेर्दा सबैको शव देखेपछि उनीहरूसहित छिमेकीले प्रहरीलाई खबर गरेका थिए । 

Vianet communication

ढोकाभित्रबाट चुकुल लगाएको अवस्थामा रहेकाले हत्यामा अन्यको संलग्नता हुन नसक्ने प्रहरीको अनुमान थियो । ढोका फोडेर भित्र पस्दा पाण्डेले श्रीमतीसहित छोरा र छोरीको पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेर आफैंले पनि आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाले घटनामा अन्य व्यक्तिको संलग्नता हुननसक्ने लोकान्तरलाई बताए । 

उनीहरूको घर नजिकै पसलसमेत रहेको छिमेकीले बताएका छन् । श्रीमानको मोबाइल पसल र श्रीमतीको फेन्सी पसल रहेको बताइएको छ । पछिल्लो समय श्रीमती ‘सिजनल भिसा’मा बेलायत जाने तयारीमा थिइन् । उनले आफ्नो भिसा लागेको छिमेकीलाई सुनाएकी थिइन् ।

शंकाकै कारण बेलायत जाने तयारीमा रहेकी सुनितासहित उनका परिवारका सबै सदस्यको जीवन समाप्त भएको छिमेकीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x