×

NMB BANK
NIC ASIA

‘परदेशी २’ फिल्मको ‘के वर मागी फर्क्यौ’ सार्वजनिक

साउन १६, २०७९

NTC
Premier Steels

दशैंमा प्रदर्शनमा आउने नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को पहिलो गीत ‘के वर मागी फर्क्यौ’ सार्वजनिक गरिएको छ । 

Muktinath Bank

सोमवार राजधानीमा एक कार्यक्र्रमबीच गीत सार्वजनिक गरिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रमेश पौडेलको रचना रहेको गीत नारायण रायमाझीको संगीत र रामभक्त जोजिजुको स्वरमा झण्डै २ दशकअघि सार्वजनिक गरिएको थियो । अहिले पनि उत्तिकै चर्चित गीतलाई चलचित्रका लागि रिमेक गरिएको हो । 


Advertisment
Nabil box
Kumari

श्यामश्वेत रसाईलीको एरेन्ज तथा मिक्सिङ रहेको रिमेक गीतमा युवा पुस्ताका गायक निशान भट्टराईले स्वर दिएका छन् । सार्वजनिक गीतको भिडियोमा चलचित्रमा मुख्य कलाकारहरू डेब्यू अभिनेता प्रकाश सपूत र अभिनेत्री केकी अधिकारी रोमान्टिक अवतारमा प्रस्तुत छन् ।

Vianet communication

गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् । ‘परदेशी २’ दशैंको अवसर पारेर असोज १४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । 

चलचित्रमा प्रकाश र केकीका अलावा वर्षा शिवाकोटी, दीलीप रायमाझी, प्रशान्त तामाङ, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ । राजेश बंशल र नारायण रायमाझीको लगानी रहेको चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । मानकृष्ण महर्जनको छायांकन रहेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
 
चलचित्रमा नेपाली विद्यार्थीमा रहेको विदेश मोहलाई मुख्य कथावस्तु बनाइएको छ । अध्ययनसँगै अन्य परिवेशमा परदेश पुगेकाहरूको कथा–व्यथालाई समेत चलचित्रमा प्रस्तुत गरिएको निर्माण टिमले जानकारी दिएको छ ।

चलचित्रलाई काठमाडौंमा डीसीएन र काठमाडौं बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x