×

NMB BANK
NIC ASIA

परिवार सखाप भएको घटना

तारकेश्वर हत्या प्रकरणमा ९ पानाको ‘सुसाइड नोट’ : ‘मलाई खान दिइनस्, हेला गरिस्’

साउन १६, २०७९

NTC
Premier Steels

काठमाडौंको तारकेश्वर नगरपालिका–२ धर्मस्थलीमा आफ्नो परिवारको हत्या गरेर आत्महत्या गरेका दिनेश पाण्डेले लेखेको ९ पानाको सुसाइड नोट प्रहरीले फेला पारेको छ । 

Muktinath Bank

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनले आफ्नी श्रीमतीलाई गुनासो पोखेको सुसाइड नोट लेखेका छन् । उनले सुसाइड नोटमा श्रीमती सुनिता काप्री पाण्डेले अनावश्यक रूपमा घरेलु हिंसामा प्रहरीमा उजुरी दिएको जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सुसाइड नोटमा ‘२०७७ माघमा अनावश्यक रूपमा प्रहरीमा उजुरी दिइस्’ भनेर लेखेको प्रहरीले बताएको छ । उनले १२ वर्ष कुवेतमा बसेर श्रीमती र छोराछोरीका लागि कमाएको कुरा पनि नोटमा उल्लेख गरेको प्रहरी अधिकारीले बताएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रहरी अधिकारीका अनुसार उनले लेखेका छन्, ‘१२ वर्ष विदेशमा बसेर घरपरिवारका लागि कमाएको थिएँ । अहिले आएर मलाई हेला गरिस् ।’

Vianet communication

सबै कुरा घरपरिवारका लागि गर्दागर्दै पनि खाना नदिएको र परिवारले हेला गरेकोदेखि श्रीमतीसँग प्रेम गरेको समेत उनले नोटमा उल्लेख गरेको अनुसन्धान अधिकारीले बताए ।

पारिवारिक विवादका क्रममा ४१ वर्षीय दिनेश पाण्डेले छोराछोरीसहित श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

उनले ३५ वर्षीया श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षीया छोरी आशिका र ८ वर्षीय छोरा आशिषको हत्यापछि आफूले पनि आत्महत्या गरेका प्रहरीको प्रारम्भिक अनुमान छ । 

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूका अनुसार श्रीमती र छोराछोरीमाथि धारिलो हतियारले प्रयोग गरेर उनले अर्काे कोठमा गएर आत्महत्या गरेका छन् । उनी पहिला कोठाको पंखामा झुण्डिन खोजेको तर त्यो सफल नभएपछि आफूलाई नै चक्कुले प्रहार गरेर आत्महत्या गरेको देखिएको छ ।

श्रीमतीको अन्य व्यक्तिसँग सम्बन्ध रहेको विषयमा यसअघि पनि पटक–पटक विवाद भएको छिमेकीले बताएका छन् । छिमेकीहरूका अनुसार पाण्डे दम्पतीबीच श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेको विषयमा पटक–पटक विवाद भएको थियो । दिनेशले श्रीमतीलाई परपुरुषसँग सम्बन्ध रहेको आरोप लगाउने गरेका थिए । उनकी श्रीमतीले भने आरोप अस्वीकार गर्दै आएकी थिइन् । यसअघि पनि पाण्डे दम्पतीबीचको विवाद बालाजु प्रहरी वृत्तसम्म पुगेको थियो । उनीहरूले प्रहरी वृत्तमा गएर छलफल समेत गरेका थिए । 

पाण्डेकी छोरी आर्मी स्कूलमा पढ्ने गर्थिन् । उनी बसमा स्कूल आउने/जाने गर्थिन् । बस लिन आउँदा आशिका नआएपछि बसका चालकसहित विद्यार्थीहरू बोलाउन घरमै जाँदा घटनाबारे थाहा भएको हो । झ्यालबाट भित्र हेर्दा सबैको शव देखेपछि उनीहरूसहित छिमेकीले प्रहरीलाई खबर गरेका थिए । 

ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा रहेकाले हत्यामा अन्यको संलग्नता हुन नसक्ने प्रहरीको अनुमान थियो । ढोका फोडेरभित्र पस्दा पाण्डेले श्रीमतीसहित छोरा र छोरीको पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेर आफैंले पनि आत्महत्या गरेको निष्कर्षमा प्रहरी पुगेको छ । 

घरनजिकै उनीहरूले पसल समेत सञ्चालन गरेको छिमेकीले बताएका छन् । श्रीमान्को मोबाइल पसल र श्रीमतीको फेन्सी पसल रहेको बताइएको छ । पछिल्लो समय श्रीमती ‘सिजनल भिसा’मा बेलायत जाने तयारीमा थिइन् । उनले आफ्नो भिसा लागेको छिमेकीलाई सुनाएकी थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x