×

NMB BANK
NIC ASIA

पेट्रोलको मूल्य घटाउन माग गर्दै आयल निगममा अनेरास्ववियुको विरोध प्रदर्शन

साउन १८, २०७९

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

Muktinath Bank

बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु बागमती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनेरास्ववियुले विरोध प्रदर्शनसँगै स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न माग गर्दै निगमलाई ज्ञापनपत्र समेत बुझाएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आईओसीले नेपाललाई मूल्य घटाएर पठाउँदा समेत नेपाल आयल निगमले समायोजन नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।


Advertisment
Nabil box
Kumari

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष आरसी लामिछानेले पेट्रोलियम पदार्थको स्वचालित रूपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राखिने बताए । उनले अहिले सिंहदबारभित्र बसेर आयल निगम सक्ने गरी निजीकरणको तानामान बुन्दै गरेको बताए । लामिछानेले जनताको पक्षमा निर्णय गर्न चुक्न नहुने बताए ।

Vianet communication

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिबद्ध रहेको बताए । उनले निगमले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले माग पूरा गर्न नसकेको बताए ।

उनले विद्यार्थी संगठनले गरेको माग अनुसार आयल निगमको अवस्थाबारे बुधवार नै विज्ञप्ति सार्वजनिक गर्ने बताए । विरोध प्रदर्शनमा विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नुका साथै मूल्यवृद्धि फिर्ता गर, आयल निगमका दलालहरू होसियार, पेट्रोलियम पदार्थको मूल्यवृद्धि समायोजन गर, स्वचालित मूल्य प्रणाली कायम गर, जनताको चुलो निभाउन पाइँदैन, परमादेशी सरकार चाहिँदैन जस्ता नारा समेत लगाएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x