×

NMB BANK
NIC ASIA

मध्यपुरथिमिमा घर–घर र चोक–चोकमा थुप्रियो फोहर, महामारी फैलने जोखिम

साउन १९, २०७९

NTC
फाइल तस्वीर
Premier Steels

मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी बिहार अगाडि दुई सातादेखि फोहर थुप्रिएको छ । धेरै वर्ष फोहर फाल्ने ठाउँको रूपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहर फाल्न मनाही गरेको थियो । 

Muktinath Bank

नगरपालिकाको त्यो व्यवस्था एक महिना पनि टिकेन । स्थानीयले साँझ बिहान बोरा र झोलामा ल्याएका फोहर त्यहीँ फाल्न थालेपछि नगरपालिका कार्यालयको नाकै अगाडि फोहर थुप्रिएको छ । सम्पदा क्षेत्रको रूपमा रहेको पाटी विहारमा तीन सातादेखि फोहरको डंगुर लाग्दा त्यस क्षेत्रमा अहिले दुर्गन्ध फैलिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एकातिर वर्षामा अविरल परेको पानीले दिनानुदिन कुहिएर गन्हाउन थालेको र अर्कोतर्फ भुस्याहा कुकुरले फोहरका बोरा र प्लाष्टिक च्यातेर सडकमा छरपष्ट गर्दा पैदल हिँड्नेले समेत सास्ती भोग्नुपरेको छ । ‘दुर्गन्धले बस्नै नसकिने भएको छ’, स्थानीय श्यामलाल बस्यालले भने । स्थानीयले दैलो अगाडि जथाभावी फोहर फाल्नु, नगरपालिकाले फोहरको डंगुरको व्यवस्थापन नगर्नु र ठेक्कामा प्रतिघर मासिक रु तीन सय ५० मा फोहर संकलन गर्दै आएको निजी क्षेत्र नेप्से म्याकले जिम्मेवारी बहन नगर्दा जनताले सास्ती खेप्नुपरेको छ । 


Advertisment
Nabil box
Kumari

उनी भन्छन्, ‘जथाभावी फोहर फाल्ने यहाँका जनता पहिलो दोषी हुन्, नगरपालिकाभित्रको फोहर व्यवस्थापन गर्न नसक्ने र निजी क्षेत्रलाई फोहर संकलनलाई दबाब दिन नसक्ने नगरपालिका अर्को दोषी हो, फोहर संकलन गर्ने जिम्मा लिएर उपभोक्तासँग मासिक रकम असुल्ने नेप्से म्याक पनि दोषी हो, यहीँ फोहरका कारण महामारी फैलिए त्यसको जिम्मेवारी कसले लिने ?’

Vianet communication

मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी क्षेत्रका बासिन्दा उत्तिकै पीडित छन् । यस क्षेत्रको फोहर उठाउने जिम्मेवारी लिएको नेप्से म्याकले विगत दुई महिनादेखि नियमित रूपमा फोहर संकलन गरेको छैन । सातामा दुई दिन फोहर संकलन गर्दै आए पनि दुई महिनायता सातादेखि १० दिनमा आउने गरेको थियो । तर, अहिले तीनसातादेखि फोहर संकलन गर्न नआउँदा फोहर स्थानीयले जथाभावी फाल्न थालेका हुन् । 

पछिल्लो समय कुहिने र नकुहिने फोहर छुट्याएर राखे पनि फोहर संकलन नै गर्न नआए पछि घरघरमै फोहर कुहिएर किरा परेर दुर्गन्ध फैलिन थालेको स्थानीय बताउँछन् । संगम कोलोनीका विष्णुप्रसाद पराजुलीले नेप्से म्याकले लापरबाही गरेको बताए । हरेक महिना पैसा लैजाने तर फोहर नलग्ने कार्य गलत भएको उनको भनाइ छ । कम्तीमा कुहिने फोहर संकलन गरेर मल उत्पादन गर्ने वा डम्पिङ गर्ने व्यवस्था गर्नुपर्नेमा उपत्यकामा फोहर उठेको छैन भन्दै नेप्से म्याक जिम्मेवारीबाट पन्छिने गरेको पराजुलीको गुनासो छ । 

कोठा कोठामा फोहर, घरघरमा फोहर, चोक चोकमा फोहर थुप्रिँदा गर्मी र वर्षा मौसमले रोगको महामारी फैलिन सक्ने मध्यपुरथिमिका चिकित्सक डा रामदास श्रेष्ठले बताए । फोहरको उचित व्यवस्थापन चाँडै नगरे यसबाट मानवीय स्वास्थ्यमा प्रतिकूल समस्या आउन सक्ने भन्दै उनले सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x