×

NMB BANK
NIC ASIA

५ दलीय गठबन्धनको बैठक

मंसिर ४ को चुनावमा तालमेल गर्ने गठबन्धनको औपचारिक निर्णय, सीट बाँडफाँट गर्न कार्यदल

साउन २०, २०७९

NTC
Premier Steels

सत्तारुढ गठबन्धनले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको गठबन्धनमा आवद्ध दलहरूको बैठकले चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको सञ्चारमन्त्रीसमेत रहेका नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

Muktinath Bank

चुनावी तालमेलका लागि सीट बाँडफाँटका लागि कार्यदल बनाउने निर्णय भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा कार्यदल बनाउने  सहमति भएको अर्का एक नेताले जानकारी दिए ।  कार्यदलमा सबै दलबाट दुई/दुई जना सदस्य रहने बताइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूको सुझावका आधारमा शीर्ष नेताहरूले भदौ मध्यसम्म सीटको टुंगो लगाउने ती नेताले बताए । मन्त्री कार्कीले कार्यदल बनाउने सहमति भएको बताए पनि थप खुलाएनन् । 


Advertisment
Nabil box
Kumari

‘आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता-साझेदार दलहरूबीच चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय भयो’ कार्कीले भने, ‘तालमेलका लागि फेरि बैठक बस्छ । व्यवस्थित र न्यायपूर्ण तालमेल गर्ने सहमति भएको छ ।’ 

Vianet communication

तालमेल गर्ने औपचारिक निर्णयमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् । 

स्रोतका अनुसार बालुवाटार बैठकमा गठबन्धनमा रहेका बाहेक अन्य दलसँग तालमेल नगर्ने ‘भद्र सहमति’ भएको छ । सरकारले बिहीवार मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा गरेको थियो ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x