×

NMB BANK
NIC ASIA

मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरवीच शिष्टाचार भेट

साउन २०, २०७९

NTC
Premier Steels

भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शुक्रवार शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटघाटमा दुईदेशबीचको सम्बन्ध र एक–आपसमा भइरहेको सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको छ । 

Muktinath Bank

भेटमा मन्त्री श्रेष्ठले नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध विस्तार भएको छ दशक भन्दा लामो समयमा पारस्परिक सहयोग, सद्भावना, समझदारी र मैत्रीपूर्ण सम्बन्ध प्रगाढ भएको र द्विपक्षीय सम्बन्ध विकासका विभिन्न विधासँगै सहयोगका क्षेत्रमा विस्तार भएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले नेपाल सरकार भुमिको समुचित उपयोग गरेर सहकारीको माध्यमबाट उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्धि हासिल गर्नतर्फ लागिरहेको भन्दै इजरायलले सहकारीका माध्यमबाट गरेको समृद्धिबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए । 


Advertisment
Nabil box
Kumari

मन्त्री श्रेष्ठले यसवर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समेत उत्पादनलाई जोड दिएर वजेट व्यवस्था गरेको भन्दै यसमा प्रविधिलाई जोडेर अगाडि बढ्ने कुरामा सरकार लागिरहेको पनि बताए । मन्त्रालयले भूमि व्यवस्थापन, सहकारी र गरिवी निवारणका विविध क्षेत्रमा काम गरिरहेको भन्दै मन्त्री श्रेष्ठले यी तीनवटै क्षेत्रमा महत्वपूर्ण नीति तथा कार्यक्रमको शुरुवात गरेको र कृषि, भूमि व्यवस्थालगायतका क्षेत्रमा इजरायलले गरेको उत्कृष्ट र उदाहरणीय अभ्यासका विषयमा दुई देशबीच ज्ञान, सीप र अनुभव आदानप्रदान हुन सक्दा दुवै देशका लागि लाभ हुन सक्ने विश्वास लिएको बताए । 

Vianet communication

भेटमा इजरायली राजदूत हनान गोडरले नेपालको भुमि व्यवस्थापन र कृषि विकासमा प्रविधिको भूमिका महत्वपूर्ण हुने भन्दै नेपाल प्राकृतिक र कृषिमा धेरै सम्भावना भएको देश भएकाले इजरायलले गरेको प्रविधिको प्रयोग नेपालका लागि पनि उपयोगी हुने बताए । 

उनले नेपालको कृषि क्षेत्रको विकासमा प्रविधिको प्रयोग र जनशक्ति विकासमा इजरायलले सहयोग गर्दै आएको र नेपालको विकासमा सहयोग गर्दै दुई देशबीचको सम्बन्ध अझै सुमधुर बनाई राख्न आफूहरू लागिरहेको पनि बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x