×

NMB BANK
NIC ASIA

विपद् व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न गृहमन्त्री खाँणको निर्देशन

साउन २१, २०७९

NTC
फाइल फोटो
Premier Steels

गृहमन्त्री बालकृष्ण खाँणले यस वर्ष सूचना तथा समन्वयका कारण मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण भएको बताएका छन् ।

Muktinath Bank

उनले आगामी दिनमा पनि जनधन जोगाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न निर्देशन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको अध्यक्ष समेत रहेका गृहमन्त्री खाँणले समितिको १४औं बैठकमा भने, ‘पूर्व तयारीका कारण नोक्सानी घटेको छ, भविष्यमा पनि नागरिकको जीवन तथा भौतिक सम्पत्ति जोगाउन सबै निकाय परिचालन गर्नुपर्ने दायित्व रहेको छ ।’


Advertisment
Nabil box
Kumari

मन्त्री खाँणले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई बाटो अवरुद्ध हुनेलगायत घटनामा सबै सरकारी तथा सुरक्षा निकाय एवं सरोकारवाला संस्थासँग एकीकृत रूपमा काम गर्न निर्देशन दिएको पनि जानकारी दिए । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, शहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङसहित विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो । 

Vianet communication

सुरक्षा अधिकारीहरूले उदयपुरको सप्तकोसी बाढी लगायत मनसुनजन्य विपद्का घटनाको सन्दर्भमा आफ्नो निकायले गरिरहेका कार्य तथा तयारीबारे जानकारी गराए । विश्व खाद्य कार्यक्रमका आपतकालीन संयोजक रतीन्द्र खत्रीले मानवीय सहायता केन्द्रमा रहेको आपतकालीन सामग्रीको मौज्दातको अवस्था, नेपाल रेडक्रस सोसाइटीका उपनिर्देशक रुद्र अधिकारीले सप्तकोसी बाढीबाट उदयपुरको वेलका नगरपालिकाका प्रभावितलाई उपलब्ध गराइएको राहतबारे जानकारी गराए ।

मनसुन प्रतिकार्य कमान्ड टोलीका संयोजक एवं गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले मनसुन शुरू भएपश्चात् विपद्का घटनामा परी ३५ जनाको मृत्यु भएका जानकारी दिँदै सप्तकोसीमा पानी कम भएकाले बेलका नगरपालिकाको अवस्था सामान्य हुँदै गएको बताए ।

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रहने केन्द्रीयस्तरको विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७९ लाई स्वीकृति दिएको छ । कार्यविधि स्वीकृत भएसँगै अब प्राधिकरणले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका तत्काल गर्नुपर्ने अत्यावश्यक कार्यका लागि कोषमा रहेको रकम खर्च गर्न सक्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x