पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मतकुमार कार्कीले ‘ह्याट्रिक’ गरेका छन् । । प्रदेश प्रमुख परशुराम खापुङले उनलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेसँगै उनी तेस्रोपटक मुख्यमन्त्री बनेका हुन् ।
२०७९ पुस २४ मा एमाले नेता कार्की नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (जसपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूको समर्थनमा पहिलोपटक मुख्यमन्त्री बनेका थिए । त्यतिबेला केन्द्रमा एमाले–माओवादीको समीकरणबाट पुष्पकमल दाहाल प्रचण्ड नै प्रधानमन्त्री बनेका थिए । तर फागुन २७ मा भएको राष्ट्रपतिको निर्वाचनका कारण केन्द्रको समीकरण पुरानै गठबन्धनमा फकिएपछि त्यसको असर कोशीमा पनि परेको थियो । माओवादी र जसपाले साथ छाडेपछि हिक्मत अल्पमतमा परेका थिए । उनी २०८० असार १५ मा पदमुक्त बनेका थिए ।
हिक्मतपछि असार २१ मा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री बनेका थिए । सभामुखलाई पनि हस्ताक्षर गर्न लगाएर मुख्यमन्त्री बनेका थापालाई साउन ११ मा सर्वाेच्च अदालतले पदमुक्त गरिदियो ।
लगत्तै सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर साउन १६ मा थापा दोस्रोपटक मुख्यमन्त्री बनेका थिए । तर थापालाई मुख्यमन्त्रीबाट हटाउनका लागि हिक्मतले नै नयाँ योजना बनाएका थिए । भदौ ४ मा विश्वासको मत लिने दिन उपसभामुख सिर्जना दनुवार एकाएक बिरामी परिन् । त्यतिबेला एमाले र राप्रपाका जेष्ठ सदस्य प्रदेशसभाका अनुपस्थित भए । बैठकको अध्यक्षता कांग्रेसका इस्राइल मन्सुरीले गर्नेगरी उपसभामुख दनुवारले जिम्मेवारी थिइन् । बैठकको अध्यक्षता गरेका मन्सुरीले उद्धव थापालाई मत दिएका थिए । बहुमत पुर्याउनका लागि थापालाई मत दिएको भएपनि त्यो धेरै दिन भने टिक्न सकेन ।
सर्वाेच्च अदालतले थापाको नियुक्ति बदर गरेर संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश गरेपछि दोस्रो पटक हिक्मत मुख्यमन्त्री बनेका थिए । तर उनले विश्वासको मत लिन नसकेपछि राजीनामा दिएका थिए । पहिला माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका हिक्मत अहिले फेरि उसकै समर्थनमा ह्याट्रिक गर्न सफल भएका छन् ।
हिक्मतले आफ्नो दल एमाले र नेकपा (माओवादी केन्द्र)लगायतका गरी ५२ जनाको समर्थन पाएका छन् । कोशी प्रदेशसभामा ९३ जना सांसद छन् । ५२ जना बहुमत संख्या हो ।
हिक्मत दाबीमा जनता समाजवादी पार्टी (जसपा) सांसद निर्मला लिम्बू पनि सनाखतका लागि आएकी थिइन् । तर उनले हस्ताक्षर भने गरेको पाइएको छैन ।
सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री केदार कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिइ राजीनामासमेत दिन अस्वीकार गरेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।
नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले तीन दिनको समय दिएका थिए । तर केदार अदालत जाने भएपछि हतार–हतार गरेर हिक्मतलाई मुख्यमन्त्री नियुक्ति गरिएको हो । नियुक्त गर्नुअगाडि प्रदेश प्रमुखले सांसदहरूको सनाखत गराएका थिए ।
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...