×

NMB BANK
NIC ASIA

बैंकहरूको बढ्दो नाफा

वाणिज्य बैंकहरूले कमाए ७४ अर्ब– लाभांशको सम्भावना एभरेष्टको अब्बल, कसको क्षमता कति ?

साउन २२, २०७९

NTC
Premier Steels

वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा तरलता अभाव र संकुचनकारी कर्जा विस्तारको नीतिका कारण पनि २३.१४ प्रतिशतले नाफा बढाउन सफल भएका छन् । सञ्चालनमा रहेको २६ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ को एक वर्षमा ७४ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यस्तो नाफा अघिल्लो वर्ष ६० अर्ब ६० करोड रुपैयाँ मात्रै थियो ।

Muktinath Bank

यो अवधिसम्ममा वाणिज्य बैंकहरूले ४४ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४० खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तो कर्जा विस्तार गर्दा बैंकहरूको खुद ब्याज आम्दानी १ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकहरूको यस्तो ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा २१.३५ प्रतिशतले बढेको देखिएको छ । ब्याज आम्दानी बढेकै कारण बैंकहरूको नाफा पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष १४ अर्ब १० करोड रुपैयाँले बढेको सम्बन्धित बैंकहरूले जारी गरेको गत आर्थिक वर्ष २०७८/७९ को अपरिस्कृत वित्तीय विवरणबाट देखिएको छ ।


Advertisment
Nabil box
Kumari

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा बढाउन भने सिभिल बैंक सफल भएको छ । यो बैंकको नाफा १६५ प्रतिशतले बढेको छ ।

Vianet communication

हिमालयन बैंकसँग विलय हुनेगरी सम्झौता गरेको यो बैंकले अरू सबै वाणिज्य बैंकलाई नाफाको वृद्धिदरमा पछाडि पारेको छ । नाफाको अंक ठूला बैंकसँगको तुलनामा थोरै भए पनि आक्रामक बजार विस्तारसहितको नीतिले नाफा बढाउनमा भने यो बैंक अब्बल ठहरिएको छ । सिभिलले नाफा ५२ करोड रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । 

हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता भइसकेको भए पनि एकीकृत कारोवार भने भएको छैन । नाफा बढाउनमा अब्बल बनेको सिभिलको तुलनामा हिमालयन बैंकले नाफाको वृद्धिदर भने निराशाजनक छ । 

हिमालयनको नाफा अघिल्लो आवको तुलनामा गत आव २०७८/७९ मा १७ प्रतिशतले घटेको छ । 

गत आवमा नाफा घट्नेमा ३ वटा वाणिज्य बैंक छन् । त्यसमा कृषि विकसपछि सबैभन्दा बढी नाफा घटेको बैंकमा छ भने त्यसपछि हिमालयन नै छ । हिमालयको नाफा २ अर्ब ९९ कारोडबाट घटेर २ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ ।

बैंकले एक वर्षमा साढे दुई अर्ब रुपैयाँ नाफा कमाएको भएपनि यस्तो नाफा अघिल्लो वर्षको तुलनामा अरू बैंकहरूको न्यूनतम ५.२ प्रतिशतदेखि १६५ प्रतिशतले बढ्दा हिमालयनको भने दोहोरो अंकले घटेको छ ।

नाफा घटेको अन्य दुई बैंकमा कृषि विकासको २३.६ प्रतिशत र सानिमा बैंकको ०.९ प्रतिशत रहेको छ । 

लाभांश क्षमता एभरेष्ट सबैभन्दा अब्बल

गत आर्थिक वर्षको नाफाबाट सबैभन्दा बढी लाभांश वितरण गर्न सक्ने क्षमता एभरेष्ट बैंकले बनाएको छ । यो बैंकको वितरण योग्य नाफा गत आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब ८९ करोड रुपैयाँ छ । 

यसको शेयर ९ अर्ब ४६ करोड रुपैयाँको छ । यो बैंकले आफ्ना शेयरधनीलाई दिन सक्ने लाभांशको क्षमता ४१.१५ प्रतिशत हुन आउँछ । यो लाभांश क्षमता अन्य सबै वाणिज्य बैंकको तुलनामा धेरै हो । ईपीएस करीब २७ को हाराहारीमा भए पनि रिजर्भ र ऋणपत्रको कमाइका कारण लाभांश क्षमता बढेको हो ।

शेयरधनीलाई लाभांश बाँड्ने क्षमता बढाउनेमा नबिल बैंक समेत अब्बलकै सूचीमा छ । यो बैंकले गत वर्षको नाफाबाट ३९.९४ प्रतिशत लाभांश बाँड्न सक्छ । नबिल बैंक शेयरधनीलाई नाफा बाँड्ने अब्बल बैंककै सूचीमा पर्छ । यो बैंकले गत वर्ष पनि अघिल्लो वर्षको नाफाबाट ३५.२६ प्रतिशत लाभांश दिएको थियो । एभरेष्टको जस्तै नबिलको पनि रिजर्भ र ऋणपत्रको आम्दानीले लाभांश क्षमता बढाउन सहयोग पुगेको हो ।

यो वर्ष लाभांश कम दिनेमा सनराइज बैंक हुने भएको छ । यसको लाभांश क्षमता जम्मा २.५३ प्रतिशत रहेको छ । सनराइजले गत वर्ष जम्मा २५ करोड ५६ लाख रुपैयाँ मात्रै वितरणयोग्य नाफा कमाएको छ । यस्तो नाफामा यसका १० अर्ब १ करोड रुपैयाँको चुक्तापुँजी रहेकाले लगानीकर्तालाई दिन सक्ने लाभांश साढे २ प्रतिशत मात्रै हो ।

यस्तो लाभांश अन्य सबै बैंकहरूको तुलनामा कम हो । गत वर्ष जम्मा साढे ५ प्रतिशत लाभांश दिएको सिभिल बैंकले भने पहिलोपटक लाभांश क्षमता दोहोरो अंकमा पुर्‍याएको छ । यो बैंकले ११.०९ प्रतिशत लाभांश दिनसक्ने छ । हिमालयनसँग मर्जरको सम्झौता गरिसकेको भएपनि एकीकृत कारोवार नगरेकाले यो वर्षको लाभांश सिभिलले नै दिने छ ।  

लाभांश बढी दिने क्षमता भएकाले प्रति शेयर आम्दानीमा एभरेष्ट नै अगाडि छ । यसको प्रतिशेयर आम्दानी झण्डै २७ रुपैयाँ पुगेको छ । यस्तो आम्दानी गत वर्ष १९ रुपैयाँ मात्रै थियो । 

हेर्नुहोस्, कसको नाफा कति ?

राष्ट्रिय स्तरका विकास बैंकको नाफा ६ अर्ब ६२ करोड पुग्यो

गत आवमा राष्ट्रिय स्तरका विकास बैंकहरूले पनि करीब २६ प्रतिशतले नाफा बढाउन सफल भएका छन् । विकास बैंकहरूको नाफा ५ अर्ब २६ करोड रुपैयाँबाट ६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । 

यस्तो नाफा कमाउनमा सबैभन्दा अगाडि मुक्तिनाथ विकास बैंक छ । यो बैंकले गत आवमा १ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको छ । यसले गत वर्ष नै १ अर्ब १५ करोड रुपैयाँ नाफा कमाइसकेको थियो । विकास बैंकहरूमा दुईवटा बैंकको नाफा १ अर्ब नाघेको छ । 

एक अर्बभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक पनि रहेको छ । यसले गत आवमा १ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ । यसको नाफा अघिल्लो वर्ष जम्मा ८३ करोड रुपैयाँ मात्रै थियो । 

हाल ८ वटा राष्ट्रिय स्तरका विकास बैंकहरू सञ्चालनमा छन् । यी विकास बैंकमध्ये सबैभन्दा कम नाफा भने सांग्रिला विकास बैंकको ५९ करोड रुपैयाँ मात्रै छ । अरू विकास बैंकहरूमा महालक्ष्मीको ९५ करोड, ज्योतिको ७० करोड, लुम्बिनीको ६७ करोड, साइन रेसुङ्गाको ६४ करोड, कामना सेवाको ६३ करोड रुपैयाँ खुद नाफा रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x